सिड्नी । अचेल हरेक विषयमाथि छलफल र बहस हुने ठाउँ सामाजिक सञ्जाल हो । विश्व वा नेपाली खेलकुद यसबाट अछुतो छैन । पछिल्ला केही वर्षयता नेपाली खेलकुदको हकमा क्रिकेटले फुटबलभन्दा बढी ‘सोसियल मिडिया एटेन्सन’ पाएको यथार्थ हो । यसो हुनुको एउटै कारण क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता र घरेलु गतिविधिमा बढी सक्रियता हो ।
यद्यपि पछिल्ला केही दिनयता यी दुवै खेल र यिनका नियमक निकायबारे सामाजिक सञ्जालमा बराबर चर्को बहस भइरहेको छ । नेपाल क्रिकेट संघ (क्यान) घरेलु लिग नेपाल प्रिमियर लिग आयोजनाका विषयमा र अखिल नेपाल फुटबल संघ (एन्फा) महिला राष्ट्रिय फुटबल टिमबारे बहसको विषयमा जेलिएका हुन् । यस आलेख भने फुटबलमा केन्द्रित रहनेछ ।
जुन महिनाको अन्तिम साता नेपाली महिला टिम एएफसी महिला एसियन कपको छनोट खेल्न उज्वेकिस्तान पुगेको थियो । मध्य एसियाको उज्वेकिस्तानमा नेपाल सुरुआती दुई खेलमा सजिलै विजयी भए पनि अन्तिम खेलमा घरेलु टिम उज्वेकिस्तानसँग पराजित भयो । पेनाल्टीमा उज्वेकिस्तानसँग हारेपछि नेपालको एसियन कपमा खेल्ने सपना पूरा हुन सकेन । सुरुका दुई खेलमा लाओस र श्रीलंकाविरुद्ध १७ गोल गरेको नेपालले उज्वेकिस्तानलाई निर्धारित समयमा ३ गोल त फर्काएर बराबरी त ग¥यो । तथापि पेनाल्टीमा नेपाल अभागी साबित भयो ।

यत्तिको महत्त्वपूर्ण खेलमा हार, त्यो पनि पेनाल्टीमा । त्यसले नेपाली महिला खेलाडी विक्षिप्त भएको अनुमान गर्न गाह्रो छैन । तर उनीहरूको मानसिक पीडा यतिबेला मैदानबाहिरको जुँगाको लडाइँले ओझेलमा पारेको छ ।
यो एक खेल जितेको भए नेपाली महिला टिम पहिलो पटक महादेशीय प्रतियोगितामा छनोट हुन्थ्यो । जुन नेपाली महिला फुटबलको इतिहासमै सर्वाधिक ठूलो सफलता बन्थ्यो । यत्तिको महत्त्वपूर्ण खेलमा हार, त्यो पनि पेनाल्टीमा । त्यसले नेपाली महिला खेलाडी विक्षिप्त भएको अनुमान गर्न गाह्रो छैन । तर उनीहरूको मानसिक पीडा यतिबेला मैदानबाहिरको जुँगाको लडाइँले ओझेलमा पारेको छ ।
छनोट यात्रा टुंगिएसँगै खेलाडीसहितको नेपाली टोली र मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड उज्वेकिस्तानबाटै छुट्टिए । महिला टोली काठमाडौं आइपुग्यो भने वाइल्ड सम्भवतः आफ्नो घर बेल्जियम उडे । एकै लक्ष्यका साथ संयुक्त यात्रामा निस्किएका नेपाली खेलाडी र प्रशिक्षकका लागि उज्वेकिस्तान छुट्टिने बिसौनी बन्यो । छनोटपछि वाइल्डले दिएको विस्फोटक अन्तरवार्ता र एन्फाबाट आएको प्रतिक्रियाले यही संकेत गर्छ ।
वाइल्डले काठमाडौं पोस्टलाई दिएको अन्तरवार्तामा एन्फाले खेलाडीका लागि आधारभूत आवश्यकता व्यवस्थापन गर्नसमेत नसकेको आरोप लगाएका थिए । अभ्यास दौरान आवश्यक पर्ने प्रविधि, खेलाडीको खानपान र बसोबास व्यवस्थापनमा हेलचेक्र्याइँका विषयमा उनको गुनासो रह्यो । खेलाडीको रिकभरीका लागि चाहिने आइससम्म व्यवस्थापन गर्न एन्फा चुकेको वाइल्डको दाबी छ । वाइल्डले जे–जे गुनासो गरे, त्यसलाई अविश्वसनीय मान्नुपर्ने केही कारण छैन । किनभने नेपाली फुटबल नियामक संस्थाले आधारभूत जिम्मेवारी पूरा गरेको उदाहरण कमै छन् ।

हरेक क्षेत्र देशको आर्थिक र सामाजिक अवस्थाले निर्देशित हुन्छन् । खेलकुद पनि यसबाट अछुतो रहन सक्दैन । तर, आधारभूत जिम्मेवारी पूरा नगर्न देशको आर्थिक–सामाजिक अवस्था बलियो बहाना होइन । उदाहरणका लागि नेपालमा ४० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउन सजिलै सम्भव नहोला । तर खेलाडीको ‘रिकोभरी’का लागि आवश्यक पर्ने ‘आइस’को व्यवस्थापन गर्न असम्भव छैन । विदेश खेल्न गएका खेलाडीको बसोबास र खानपान मिलाउन पनि असम्भव छैन । तसर्थ, युरोपमा जन्मिएका, हुर्किएका, फुटबल प्रशिक्षण गराउँदै संसार घुमेका वाइल्डका लागि एक महिने नेपाल अनुभव ‘वाइल्ड’ नै भएको हुनुपर्छ ।
हरि खड्काले भनेझैं फुटबल संघको सल्लाहमा । एकै फुटबल संघ र उसले नियुक्त गर्ने प्रशिक्षक एकै ‘पेज’मा भएपछि निर्णय आपसी समझदारीमै हुन्छ । तर नेपाली महिला टिमको हकमा कप्तान नियुक्तिको विषय जुँगाको लडाइँ बनेको देखियो ।
उज्वेकिस्तानबाट गुनासो मात्र होइन, विवाद पनि काठमाडौं आइपुग्यो । विवाद टिम कप्तान नियुक्तिको हो । फुटबलमा चलिआएको सामान्य चलन के हो भने टिमको कप्तान प्रशिक्षकले नै नियुक्त गर्ने हो । हरि खड्काले भनेझैं फुटबल संघको सल्लाहमा । एकै फुटबल संघ र उसले नियुक्त गर्ने प्रशिक्षक एकै ‘पेज’मा भएपछि निर्णय आपसी समझदारीमै हुन्छ । तर नेपाली महिला टिमको हकमा कप्तान नियुक्तिको विषय जुँगाको लडाइँ बनेको देखियो ।
नेपाली महिला टिम यसपालि बिना कप्तान उज्वेकिस्तान उडेको थियो । सधैं कप्तानी गर्दै आएकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा टिममा भए पनि उनको नाम कप्तानका रूपमा उल्लेख थिएन । एन्फाका अनुसार प्रशिक्षक वाइल्डले अन्तिम समयमा मात्र आफ्नो कप्तानी रोजाइ सुनाएका थिए । उनले समयमा कप्तानको नाम नदिँदा प्राविधिक कठिनाइ भएको एन्फाको भनाइ छ । जसलाई नाजायज मान्न मिल्दैन ।

कोही खेलाडीलाई खेलाउने, नखेलाउने अन्तिम निर्णय प्रशिक्षकको नै हो । प्रशिक्षकलाई यसो गर्न छुट छ । उनलाई जसरी निर्णय लिन छुट छ, त्यसरी नै अरूलाई उनले लिएको निर्णयबारे बहस गर्न छुट छ । यसकारण समर्थकका लागि उनले लिएका हरेक निर्णयलाई प्रश्नले घेर्न छुट छ ।
वाइल्डले लामो समयदेखि नेपाली टिमको गोलपोस्टको जिम्मेवारी सम्हाल्दै आएकी एन्जिलालाई यसपालि बेन्चमै राखे । सर्वाधिक महत्त्वपूर्ण प्रतियोगिताका लागि अनुभवी गोलकिपर, त्यसमाथि पनि भर्खर युरोपमा पूरा सिजन व्यावसायिक फुटबल खेलेर फर्किएकीलाई बेन्चमा राखिँदा समर्थकबीच चर्चा चल्नु स्वाभाविक थियो ।
कुनै पनि कप्तान सुरुआती एघारमै नपर्ने भएपछि कप्तानीबाट हट्नु सामान्य हो । एन्जिलाका अनुसार प्रशिक्षकले उनलाई नखेलाउनुको कारण दिएका छैनन् । खेलाडीलाई नखेलाउनुको कारण दिने वा नदिने यो प्रशिक्षकको स्वाभावमा भरपर्ने कुरा हो । यसलाई अन्यथा मान्न मिल्दैन ।
प्रशिक्षक वाइल्डको यो धारणामाथि प्रश्न जरुर उठ्छ, किनभने खेलाडीको नेतृत्व गर्ने क्षमता उसले खेल्ने पोजिसनले निर्धारण गर्दैन । फेरि विश्व फुटबलका कयौँ महान् टिम गोलपिकरले नेतृत्व गरेको, उपाधि जिताएको प्रशस्त उदाहरण छन् ।
यद्यपि एन्जिला र एन्फा पदाधिकारीको दाबीलाई पत्याउने हो भने, वाइल्डले एउटा अमिल्दो कुरा भने गरेका छन् । उनीहरुका अनुसार, वाइल्डले गोलकिपर कप्तानका लागि सही छनोट नहुने बताएका थिए । प्रशिक्षक वाइल्डको यो धारणामाथि प्रश्न जरुर उठ्छ, किनभने खेलाडीको नेतृत्व गर्ने क्षमता उसले खेल्ने पोजिसनले निर्धारण गर्दैन । फेरि विश्व फुटबलका कयौँ महान् टिम गोलपिकरले नेतृत्व गरेको, उपाधि जिताएको प्रशस्त उदाहरण छन् । तथापि यसलाई टिम नेतृत्वको दर्शनको रुपमा लिएर मुख थुन्न सकिएला । फेरि विश्व फुटबलमा राम्रा प्रशिक्षकहरुसँग आफ्नै सोच र कार्यशैली हुन्छन्, अनि उनीहरु त्यसैबाट मात्र निर्देशित हुने गर्छन । वाइल्डको हकमा पनि यसो हुनु स्वभाविक हो ।

यतिबेला एन्फा वाइल्डले उठाएका जायज गुनासाबारे घोत्लिनु पर्ने हो । किनभने एउटा फुटबल संघमाथि खेलाडीलाई आवश्यक पर्ने आइससम्म जुटाउन नसकेको आरोप लाग्नु लज्जास्पद हो । खानपिन, होटल व्यवस्थापन त परका कुरा भए । तर एन्फा नेतृत्व प्रतिक्रियास्वरुप आफैले एक महिनाअघिसम्म गज्जबका भनेर ब्राण्डिङ गरेका प्रशिक्षकको कुरा काट्नेमै शक्ति खर्चिइरहेको छ । एन्फा नेतृत्वले वाइल्डले लगाएका आरोपबारे पत्रकार सम्मेलन गरेरै दिएको प्रतिक्रिया उमाथि लागेको आरोपको तुलनामा निक्कै फिक्का र निश्प्रभावी छ ।
एन्फाले आफैले नियुक्त गरेका प्रशिक्षकको गुनासोमाथि जसरी प्राविधिक निर्देशक, सहायक प्रशिक्षकहरु र टिम व्यवस्थापनलाई पत्रकार सम्मेलन गर्न लगाएर सुरुमै गल्ती गरिसकेको थियो । सर्वोच्च निकायले अभिभावकको भूमिका निर्वाह गर्नुपर्थ्यो । त्यो भनेको आफूअन्तर्गतका कर्मचारी वा अरु कोही सरोकारवालाले उठाएका कुरामा सम्बोधन गर्नुपर्थ्यो, त्यस्तो हल्का र अपरिपक्व प्रतिक्रिया होइन ।
यद्यपि प्रतिक्रिया आधारभूत आवश्यकताको अभावलाई लिएर लगाइएको आरोपबारे भन्दा कप्तानीका विषयमा केन्द्रित छ । जबकि कप्तान चुनिनु, फेरिनु एक टिमका लागि सामान्य कुरा हो । कप्तान नियुक्तिमा अल्झिनु ‘कोर विषय’ लाई विषयान्तर गर्नु हो । एन्फाले गर्न खोजेको पनि त्यही देखिन्छ । अझ अली रुखो भएर प्रशिक्षकको आरोप र प्राविधिक निर्देशक, टिम व्यवस्थापन तथा सहायक प्रशिक्षकसहितको पत्रकार सम्मेलनमाथि टिप्पणी गर्ने हो भने भन्न सकिन्छ, ‘प्रशिक्षकले एन्फाको धोती फुस्काइदिएका थिए, त्यही धोती कस्न पत्रकार सम्मेलन गर्दाको ढंग नपुग्दा उनीहरुले बाँकी रहेको लगौटी पनि फुस्काए ।’

श्रेष्ठ र तामाङको कुरा सुन्दा लाग्थ्यो, वाइल्ड प्रशिक्षक मात्र होइनन्, एक तानाशाह हुन् । यी दुईले पत्रकार सम्मेलनमा वर्णन गरेको वाइल्डसँगको अनुभव एक बच्चाले आफ्नी आमासँग विद्यालयमा आफूभन्दा बलियो साथीले ‘बुली’ गरेकोबारे सुनाएको अनुभव जस्तै ‘बिचरा’ थियो ।
वाइल्डको अन्तरवार्ताले बिच्किएको एन्फा नेतृत्व उनी फर्किऊन् भन्ने चाहँदैन । एन्फाका प्राविधिक निर्देशक हरि खड्काले पत्रकार सम्मेलनमा दिएका जवाफले यसको संकेत गरेका छन् । खड्काबाहेक पत्रकार सम्मेलनमा महिला टिमको हेड अफ द डेलिगेट्स भएर उज्वेकिस्तान पुगेकी सरिला श्रेष्ठ र सहायक प्रशिक्षक राजेन्द्र तामाङ पनि बोलेका थिए । श्रेष्ठ र तामाङको कुरा सुन्दा लाग्थ्यो, वाइल्ड प्रशिक्षक मात्र होइनन्, एक तानाशाह हुन् । यी दुईले पत्रकार सम्मेलनमा वर्णन गरेको वाइल्डसँगको अनुभव एक बच्चाले आफ्नी आमासँग विद्यालयमा आफूभन्दा बलियो साथीले ‘बुली’ गरेकोबारे सुनाएको अनुभव जस्तै ‘बिचरा’ थियो ।
खैर यतिबेला हाम्राअगाडि वाइल्डले अखबारलाई दिएको त्यो अन्तरवार्ता, एन्फाका प्रतिनिधिले पत्रकार सम्मेलनमा दिएको प्रतिक्रिया र अन्जिलाले खेलाडी डटकमलाई दिएको भिडियो अन्तरवार्ता छन् । वाइल्डले विगतमा अन्य सबै प्रशिक्षकले जस्तै एन्फा गैरजिम्मेवार रहेको आरोप लगाएका छन् । एन्फा प्रतिनिधिको दाबी वाइल्डले आफूहरुलाई त्रासमा राखेको भन्ने छ । उता अन्जिलाको गुनासो छ, प्रशिक्षकले सही व्यवहार गरेनन् ।
यी तमाम आरोप र गुनासाबीच एक महत्त्वपूर्ण तथ्य हराएको छ । त्यो हो, नेपाली महिला टिमले गुमाएको ऐतिहासिक अवसर । र यो अवसर गुमाएसँगै नेपाली महिला फुटबलको सम्भवतः सबैभन्दा प्रतिभाशाली पुस्ता खेर जाने तय छ । खेर यो अर्थमा कि, बेजोड प्रतिभा हुँदाहुँदै पनि यो टिमले कुनै महत्त्वपूर्ण उपाधि जित्न सकेन । यो पुस्ता सधैँ सफलताको नजिक पुग्यो, तर सफलताबाट वञ्चित रहँदै आयो । मात्र एक जित, एक निर्णयक गोल वा बचाउ, वा ‘फाइनल पुस’ । कमी यिनकै रह्यो । र यी कमीको कारण खेलाडी थिएनन् । कमी अन्तै कतै थियो, अरु कसैको थियो । भर्खरै वाइल्डले संकेत गरेजस्तै कमी आधारभूत आवश्यकताकै थियो ।