असार १४, २०८२ शनिबार | १७:४९:१४
एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम एसियन कप अभियान : गीतामाथिको त्यो विश्वास जितको भोकसँगै ऐतिहासिक अवसर खोज्दै महिला फुटबलर ट्वान्टी-२० विश्वकपको लक्ष्यमा नेपाली टोली आत्मकथा शृंखला-६ः सबैले चल्तीका सबै खेल खेल्ने जमाना खेलाडी किनबेचमा व्यस्त च्याम्पियन लिभरपुल किंग्स कलेजलाई सायम फुटसलको उपाधी राष्ट्रिय महिला ह्यान्डबलः सेमिफाइनल समीकरण पूरा आफूमाथि लागेका आरोप झुटा र निराधार रहेको एनओसीको दाबी नेपालले अस्ट्रेलियामा अभ्यास गर्ने ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका लागि नयाँ पावर प्ले नियम

नेम्वाङलाई सर्वशक्तिमानको दम्भ नपलाओस्

काठमाडौं । भिरमा पुगिसकेको नेपाली फुटबलको गाडीलाई समथर राजमार्गमा फर्काउन नेतृत्वले अर्को एउटा अवसर प्राप्त गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले देशको फुटबललाई अन्तर्राष्ट्रिय गौरव र घरेलु व्यावसायिकताको राजमार्गमा दौडाउने मौका पहिलो पटक पाएका होइनन् ।

१७ महिनाअघि (असार २०७९ मा) भएको साधारणसभाबाट आफ्नो प्यानलको स्पष्ट बहुमतसहित अध्यक्षमा निर्वाचित हुँदा नेम्वाङले पहिलो पटक यस्तो मौका पाएका थिए । जसलाई उनले फिटिक्कै उपयोग गरेनन् । सम्पूर्ण रूपमा खेर फाले ।

क्यालेन्डरका सबै पाना सकिएर नयाँ क्यालेन्डरसमेत पुरानो भइसक्दा पनि नेम्वाङ नेतृत्वले मैदानभित्र लिगको एउटा साइकल नै पूरा गर्न सकेन । अघिल्लो कार्यसमितिको पालामै सुरु भएको महिला लिगलाई समेत पूर्णता दिन सकेन ।

नेपाली फुटबलको हितभन्दा पनि आफू र आफ्ना सीमित आसेपासेको स्वार्थलाई केन्द्रमा राखेर स्टेरिङ जथाभावी घुमाउँदा नेपाली फुटबल नराम्ररी भुमरीमा फस्यो । प्रचण्ड बहुमतसहित निर्वाचित भए पनि नेम्वाङको कार्यकाल थुप्रै विवाद, काण्ड र अकर्मण्य रूपमा अघि बढ्यो । आसेपासेका फोस्रा ढाडसबाट पलाएको घमण्डले घोर अलोकतान्त्रिक र अधिनायकवादी शैलीमा फुटबलको सवारी चल्न थाल्यो ।

निर्वाचित भएपछिको पहिलो बैठकबाट सुरु भएको फुट र गुटबन्दीले कहिल्यै विश्राम लिएन । अन्ततः निर्वाचित अध्यक्षले नेपाली फुटबल इतिहासमै पहिलो पटक बर्खास्तगी प्रस्तावको सामना गर्नुपर्ने स्थिति सिर्जना भयो । क्यालेन्डरका सबै पाना सकिएर नयाँ क्यालेन्डरसमेत पुरानो भइसक्दा पनि नेम्वाङ नेतृत्वले मैदानभित्र लिगको एउटा साइकल नै पूरा गर्न सकेन । अघिल्लो कार्यसमितिको पालामै सुरु भएको महिला लिगलाई समेत पूर्णता दिन सकेन ।

उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा टिम दर्ता गराउनुपर्ने चेत समेत नहुँदा नेपाली युवाहरू एसियाली स्तरको प्रतियोगिता खेल्नबाट वञ्चित भए । राष्ट्रिय लिग, एकेडेमीहरू त चुनावी नारामै सीमित भए । भ्रष्टाचार र कुशासनका आरोपहरू प्रत्येक दिन थपिँदै गए । चुनावअघि चर्को स्वरमा एक महिनाभित्र जारी गर्ने भनेको ‘श्वेतपत्र’को नामनिसान छैन । सामूहिक नेतृत्व र पारदर्शिताका नारालाई चर्को गुटबन्दी र अनियमितताका ठूल्ठुला विवाद अनि नेतृत्वको ढिपीले ढपक्कै ढाकेको छ । छोटोमा भन्ने हो भने यो डेढ वर्षको बीचमा एन्फाले नालायकीको नयाँ कीर्तिमान नै कायम गर्न भ्यायो ।

यी सबका बावजुद निर्वाचित भएको १५ महिनामै बर्खास्तगी प्रस्ताव सामना गरेका नेम्वाङले तिहारअघिको विशेष साधारणसभामा त्यसमाथि विजय प्राप्त गरेका छन् ।

विगतमा आफू र आसेपासेकै स्वार्थमा रुमल्लिँदा नेम्वाङ असफल भएका हुन् । आफूलाई चुनाव जिताउन दिनरात नभनी मरिहत्ते गरेकाको साथ उनले अध्यक्ष भएको एक साता पनि पाउन सकेनन् । अनि विदेश भ्रमण, भत्ता, पद र लाभका जिम्मेवारी जति आफ्ना आसेपासेमा मात्र केन्द्रित गर्दाको फल उनले भोगिसकेका छन् ।

बर्खास्तगीको प्रस्ताव दर्ता गराउने ४९ सदस्य थिए । तर, त्यो प्रस्तावको पक्षमा साधारणसभामा एउटै मत परेन । ३४ सदस्यले प्रस्तावको पक्षमा साधारणसभा बैधानिक नभएको भन्दै मतदान बहिष्कार गरे । ५३ सदस्यले मतदान गर्दा एक मत बदर भयो । बाँकी ५२ मत अध्यक्ष नेम्वाङको निरन्तरताको पक्षमा पर्यो । बर्खास्तगीको प्रस्ताव दर्ता गराएको मिति (भदौ २५) गतेबाट विशेष साधारणसभा भएको मिति (कात्तिक २३) बीचको दुई महिनाको समयमा प्रस्ताव गर्दा गराउने मध्येकै १५ जनाले कित्ता परिवर्तन गरिसकेका थिए ।

यसबीचमा नेम्वाङले आफ्नो पक्षमा बहुमत जुटाउन कति कसरत गरे भन्ने यसबाट प्रस्ट हुन्छ । आगामी दिनमा हुने एन्फाभित्र पदको भागबण्डा, विदेश भ्रमणका अवसर र आर्थिक लाभका जिम्मेवारीका बाँडफाँटले त्यसलाई थप प्रष्ट्याउने नै छ । जसरी भए पनि नेम्वाङले आफू स्पष्ट बहुमतमा रहेको पुनः प्रमाणित गरेका छन् । यसले उसै शक्तिशाली नेम्वाङलाई थप शक्तिशाली बनाएको छ ।

बहुमत सदस्यले राखेको बर्खास्तगी प्रस्ताव असफल बनाएपछि उनी ‘अल्पमतको नेतृत्व’ हुनुपर्ने खतराबाट टाढिएका छन् । तर, बहुमत प्राप्त गरेसँगै उनमा लिगबाट बाहिरिएको नेपाली फुटबलको सवारीलाई सही बाटोमा फर्काउने जिम्मेवारी पनि फर्किएको छ । जसमा सफल हुनका लागि उनले आफ्नै पछिल्ला १७ महिनाको गम्भीर समीक्षा गर्नुपर्छ र त्यसका कमजोरी पक्ष सुधार्नुपर्छ ।

नेम्वाङ कार्यकालको १७ महिना पूर्ण रूपमा असफल भन्न हिच्किचाउनुपर्दैन । तर चार वर्षे कार्यकाल सफल बनाउने ठाउँ अझै पर्याप्त बाँकी छन् । उनीसँग अझै साढे दुई वर्ष छ । जुन समय उनले नेपाली फुटबल परिवारलाई साँच्चै एकताको सूत्रमा बाँधेर मैदानभित्रको फुटबल गतिशील बनाउन उपयोग गर्नुपर्छ । मैदानभित्रको फुटबल गतिशील नभई अन्तर्राष्ट्रिय गौरव र घरेलु व्यावसायिकता कल्पना गर्न सकिन्न । र, मैदानभित्र फुटबल गराउन फुटबल परिवारलाई एकजुट नबनाई सम्भव हुन्न । यति कुरा त नेम्वाङले बुझेकै हुनुपर्छ ।

कार्यसमितिका प्रत्येक बैठकदेखि साधारणसभासम्म पनि ‘लिने र दिने’को खेल चलिरहेको छ । त्यही भएर होला, यो खेलका पात्रहरू आज एउटा त भोलि अर्को पक्षमा खुलेआम निर्लज्ज भएर प्रस्तुत भइरहेका छन् ।

विगतमा आफू र आसेपासेकै स्वार्थमा रुमल्लिँदा नेम्वाङ असफल भएका हुन् । आफूलाई चुनाव जिताउन दिनरात नभनी मरिहत्ते गरेकाको साथ उनले अध्यक्ष भएको एक साता पनि पाउन सकेनन् । अनि विदेश भ्रमण, भत्ता, पद र लाभका जिम्मेवारी जति आफ्ना आसेपासेमा मात्र केन्द्रित गर्दाको फल उनले भोगिसकेका छन् ।

‘दिएर कोही आफ्नो हुँदैन’ भन्ने पुरानो नेपाली भनाइ नेपाली फुटबलमा पनि लागू हुन्छ । केही दिएर बनाएको आफ्नो दिन छोडेकै समयबाट अर्काको हुन्छ भन्ने अनुभव पनि नेम्वाङले १७ महिनामा धेरै बटुलिसकेका छन् । कार्यसमितिका प्रत्येक बैठकदेखि साधारणसभासम्म पनि ‘लिने र दिने’को खेल चलिरहेको छ । त्यही भएर होला, यो खेलका पात्रहरू आज एउटा त भोलि अर्को पक्षमा खुलेआम निर्लज्ज भएर प्रस्तुत भइरहेका छन् ।

नेम्वाङले भने एन्फाको ढुकुटी प्रयोग गरेर अस्थायी रूपमा सधै बहुमतको खेल खेल्नुपरिरहेको छ । टाउको गन्ने गणितको ‘अब्बल विद्यार्थी’ बन्नु परिरहेको छ । अनि आसेपासेले कान फुकेको भरमा प्रभावित हुँदा चुनावअघिका सहयात्रीहरू उनीसँग पूर्ण रूपमा टाढिइसकेका छन् । त्यतिमात्र होइन, स्वयं आसेपासेकै साथ पनि मौसमी बनेको छ । आज छ तर भोलि छैन जस्तो ।

हेटौंडाको विशेष साधारणसभाले नेम्वाङलाई फेरि एकपटक र सायद अन्तिम पटक सुनौलो मौका दिएको छ नेपाली फुटबललाई सही बाटोमा फर्काउन । त्यसका लागि समय पनि उपयुक्त छ । भर्खर वर्षायाम सकिएर हिउँद सुरु भएको छ । अर्थात फुटबलको मौसम सुरु हुनैलाग्दा उनले साधारणसभाबाट विश्वासको मत लिएका छन् ।

साधारणसभाबाट बहुमत प्राप्त गरे पनि ‘फुटबल भनेकै म, म भनेकै फुटबल’ भन्ने अहंकार त्यागेर नेपाली फुटबल परिवारका असन्तुष्ट सदस्यका भावनालाई प्रतिक्रिया जनाउने होइन, सम्बोधन गर्नुपर्छ । 

अबको बाटो भनेको त्यो विश्वासको मत नेपाली फुटबलको हितमा प्रयोग गर्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिला सीमित आसेपासेको नभई समग्र नेपाली फुटबलको साझा नेताका रूपमा आफूलाई उभ्याउनुपर्छ । विभाजित भएका मनलाई एकताबद्ध बनाउन पहल थाल्नुपर्छ । विगतमा चुनाव जितेपछि पलाएको घमण्ड त्यागेर नरम नेताका रूपमा प्रस्तुत हुनुपर्छ । आफू र आसपासेका स्वार्थको बोझ फ्याँकेर नेपाली फुटबलको समग्र हितको पक्षमा आफूलाई समर्पित गर्नुपर्छ ।

साधारणसभाबाट बहुमत प्राप्त गरे पनि ‘फुटबल भनेकै म, म भनेकै फुटबल’ भन्ने अहंकार त्यागेर नेपाली फुटबल परिवारका असन्तुष्ट सदस्यका भावनालाई प्रतिक्रिया जनाउने होइन, सम्बोधन गर्नुपर्छ । आसेपासेले अहिले पनि ‘हामी बहुमतमा छौं । सर्वशक्तिमान हौं । पेलेर जाउँ’ भनेर भड्काउन सक्छन् । त्यसको संकेत देखिन थालिसकेको छ ।

साधारणसभा सकिएलगत्तै उनका आसेपासेहरू जितको उन्माद पोख्नमा व्यस्त छन् । तिहारको उल्लासमय समयमा शुभकामना आदानप्रदान गर्नुको साटो उन्मत्त भएर अर्को पक्षको मुटु घोच्ने गरी सामाजिक सञ्जालमा बर्बराउन थालिसकेका छन् । यस्ता बर्बराहटले असन्तुष्ट पक्षलाई थप भड्काउने काममात्र गर्नेछ ।

नेम्वाङले अबका दिनमा सबैभन्दा सचेत हुनुपर्ने भनेकै आफ्नै कित्तामा देखिएझै गर्ने यस्तै अनुदार आसेपासेबाट हो । किनकि इतिहासले प्रमाणित गरिसकेको छ, यिनीहरू कहिल्यै पनि कसैको हुँदैनन् । जता फाइदा उतै हुने हुन् ।

विद्रोहरूपी बारुदको गोलालाई सही सम्बोधनमार्फत मत्थर बनाउन अब ढिलो गर्नुहुन्न । नेम्वाङले विशेष साधारणसभाको म्यान्डेटपछि बुझ्नुपर्ने कुरा यही हो । आखिर सहमति, सहकार्य र एकताको पहल गर्नुपर्ने नेतृत्वले नै त हो ।

१०५ मध्ये ८९ मताधिकार प्राप्त सदस्य रहने संस्थाका ३४ मताधिकार प्राप्त सदस्यले औपचारिक रूपमा विद्रोह गर्नु भनेको सानो कुरा होइन । यो आगोको सानो फिलिंगोमात्र नभई ठूलै बारुदको गोला हो । त्यो विद्रोहरूपी बारुदको गोलालाई सही सम्बोधनमार्फत मत्थर बनाउन अब ढिलो गर्नुहुन्न । नेम्वाङले विशेष साधारणसभाको म्यान्डेटपछि बुझ्नुपर्ने कुरा यही हो । आखिर सहमति, सहकार्य र एकताको पहल गर्नुपर्ने नेतृत्वले नै त हो ।

धानको बाला भनेकै झुक्नका लागि हो । नझु्क्ने त भुसिएको बाला पो हो । भुसिएको (चामल नभएको रोगी) बाला बन्ने कि धानको बाला ? रोजाइ नेम्वाङकै । 


 

शनिबारको अन्य स्टोरीः 
अस्ट्रेलियाले भारतलाई रोक्न सक्ला ?
बाबर आजमः पूरा हुन बाँकी एउटा ‘लेख’
विश्वकप क्रिकेटः  सजिलो थिएन बलर सामीलाई
आइसिसी विश्वकप २०२३ का अविस्मरणीय क्षण


भिडियो
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3
पूर्व राष्ट्रिय खेलाडी PRALAYA RAJBHANDARI को प्रश्नः कहाँ गयो हाम्रो पालाको जस्तो फुटबल क्रेज ?
तास्केन्दमा नेपाली टोलीले थाल्यो प्रशिक्षण ll Nepal National Women's Football Team Training
यस्ता छन् AFC ASIAN CUP QUALIFIER खेल्ने NEPALI NATIONAL WOMENS FOOTBALL TEAM का खेलाडीहरु
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video