चैत्र १०, २०८२ मंगलबार | १०:०८:१३
पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात

‘भारतलाई जित्न सक्छौं, तर धेरै मेहेनत चाहिन्छ’

  • हरी खड्का

काठमाडौं । बलियो प्रतिद्वनदी भारतसँग हामी आज भिड्दै छौं । सेमिफाइनलमा हामीले कस्तो खालको खेल खेल्छौं, त्यो किसिमको ‘स्ट्राटिजी’ मैले देखिँन । नेपालले श्रीलंकामाथि ६–० को नतिजा निकाल्यो । हामी त्यसअघि नै समूह विजेता भएर सेमिफाइनलमा पुगिसकेका थियौं ।

जुन नेपालको गेम हो । जुन ‘पोेजेसन’ राखेर खेल्नु पर्ने हो त्यसमा कमी देखेको छु । श्रीलंकाले डिफेन्सिभ खेलिरहेको छ । हामीले त्यसलाई तोड्न कुन–कुन रणनीति अपनाउने । के गर्ने भन्ने प्रशिक्षकको ‘कि पोइन्ट’ हुन्छ । त्यसलाई कहाँ–कहाँ लागू गर्ने भन्ने त्यसको कमी देखे । जहाँ श्रीलंकाले डिफेन्स खेलेको छ । त्यहीं बलहरु खेलाइरहेका थिए । त्यसमा पनि कमजोर देखे ।

हरी खड्का ।

नेपालको ‘ब्युटिफुल’ खेल खेल्न सकेको भए गोलहरु स्वतः निस्किहाल्थ्यो । पहिलो हाफमा नेपालले क्रसिङ र कर्नर किकबाट निकालेको तीन गोलहरु निकालेको थियो । त्यहाँ प्रशिक्षकले ‘कि पोइन्ट’ को प्रयोग गरे । दोस्रो हाफमा त्यसको कमी भयो । साथै एक–दुई वटा राम्रो ‘कम्बिनेसन’को भएको थियो । हामीले आजको खेलका लागि त्यसमा सुधार गर्नुपर्छजस्तो लाग्छ ।

फुटबल र जिन्दगी भनेको जहाँ जे पनि हुनसक्छ । जित्न सक्दैनौं भन्ने केही पनि छैन । विपक्षीको प्रदर्शनलाई अध्ययन गर्दा यतिको खेलले चाँहि पुग्दैन कि भन्ने हो । व्यक्तिगत रुपमा डेब्यु गरेका खेलाडीको आत्मविश्वास बढेको छ । श्रीलंकासँगको खेलमा अमिसा कार्कीले गरेको गोल राम्रो थियो । उसको स्ट्रेन्थ भनेको ‘स्पिड र पावर’ हो । त्यसलाई उसले प्रयोग गर्यो भने राम्रो हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गोल गरेपछि आत्मविश्वास बढ्छ । हामी प्रतियोगिताको हिसाबमा नराम्रो टिम होइनौं तर, त्यसमा हाम्रो स्पिडलाई ध्यान दिनुपर्छ ।

बंगलादेश र भारतले पनि नेपाल आयो भने गाह्रो हुन्छ भन्ने सोच्छन् । तर, नेपालभन्दा बंगलादेश र भारतको स्पिड धेरै छ । प्रत्येक प्रशिक्षकले खेलको रणनीति विपक्षीलाई हेरेर बनाउँछन् । कुमार (थापा) जीले पनि बंगलादेश र भारतको खेलपछि आफ्नो कमजोर पक्षलाई ढाक्ने र राम्रो रणनीति बनाउनु हुन्छ होला ।

हाम्रो गोर्खाली स्पिडलाई देखाउनै पर्छ । हाम्रो स्पिडभन्दा पनि फाइडिङ स्ट्राजिटी छ, त्यसलाई सेमिफानलको खेलमा देखाउनै पर्छ । भुटान र श्रीलंकासँगको खेलमा त्यो फाइटिङ देखिएको थिएन । सेमिफाइनलमा त्यो देखायो भने जित्न सकिन्छ ।

हामीले उपाधि घरमा नै राख्न सक्दैनौं भन्ने होइन तर, राख्नका लागि कति मेहेनत गर्छाैँ भन्ने हो । नेपाल, भारत र बंगलादेश तीनै दाबेदार टिम हुन् । त्यसमध्ये पनि भारतले महिला फुटबलमा धेरै लगानी र मिहेनत गरेको छ । र, अरु टिमभन्दा छुट्टै किसिमको खेल छ ।

खेलाडीले त प्रशिक्षकले जे भन्यो त्यहीं सिक्छन् । तर, फुटबलमा परिस्थितिअनुसार छुट्टा–छुट्टै रणनीतिलाई प्रयोग गर्नुपर्छ । त्यो खेलाडी आफैँमा पनि हुनुपर्छ । त्यसमा नेपाली टिम कमजोर छ । त्यसको लागि हामीले खेलाडीलाई अन्तर्राष्ट्रिय ‘एक्पोजर’ धेरै दिनुपर्छ । खेलाडीलाई त्यसको शिक्षा दिनुपर्छ । भारतीय टिममा प्रशिक्षकले दिएको रणनीति ब्लक भयो भने खेलाडी आफैंले बनाउँछन् । त्यो किसिमको ‘क्रिएटिभिटी’ भारतीय टिममा छ । नेपाली टिममा छैन ।

(२०७३ सालमा भएको साफ महिला च्याम्पियनसिपमा हरी खड्काले नेपाली टिमको प्रशिक्षण सम्हालेका थिए ।)


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो