मंसिर ५, २०८२ शुक्रबार | १०:४३:३०
साश्वत राना माल्मोमा अनुबन्ध एनपिएलः पोखरा र सुदूरपश्चिम भिड्दै ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी साश्वत राना माल्मोमा अनुबन्ध एनपिएलः पोखरा र सुदूरपश्चिम भिड्दै ‘सी’ डिभिजन छनोटः नेपालगन्ज ११ र भक्तपुरको विजयी सुरुआत, दाजुभाई र लिखु भुजेको बराबरी चितवनविरुद्ध लुम्बिनीको प्रभावशाली जित घरमै बसेर एनपिएलका खेलहरु कसरी हेर्ने ? पावरप्लेमा लुम्बिनीले जोड्यो ५१ रन, रिजनले दुई खेलाडीलाई पवेलियन फर्काए भोपाराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४२ रनको लक्ष्य भोपाराको लगातार दोस्रो खेलमा अर्धशतक चितवनका दुबै ओपनर पवेलियन फर्किए, पावरप्लेमा जोड्यो ३२ रन चितवनविरुद्ध फिल्डिङ गर्दै लुम्बिनी
शनिबारको दिन काउन्टर अट्याक

एन्फाको चेत खुलोस्

नेपाली महिला फुटबलकी ‘गोलमेसिन’ सावित्रा भण्डारी (साम्बा)ले राष्ट्रिय टोलीका लागि खेल्न थालेको ९ वर्ष बितिसक्यो । यसक्रममा उनले नेपाली महिला राष्ट्रिय टोलीबाट ४१ अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् । 

४१ खेलमा ४३ गोल गरेको आँकडाले सावित्रा कस्तो स्तरकी खेलाडी हुन् भन्ने प्रस्ट पार्दछ । चोटका कारण शल्यक्रिया गर्नुपरेकाले झन्डै एक वर्ष उनी मैदान बाहिर रहिन् । अन्यथा सावित्राको तथ्यांक अझै समृद्ध हुन्थ्यो । 

नेपाली महिला फुटबल इतिहासले नै पाएको सर्वोत्कृष्ट खेलाडी हुन् उनी । सावित्रा मैदानमा हुनुपर्छ । जस्तोसुकै प्रतिद्वन्द्वी होस् । परिस्थिति जति कठिन किन नहोस् । नेपाली समर्थक गोल हुनेमा ढुक्क रहन्छन् । शारीरिक र प्राविधिक रूपमा बेग्लै स्तरकी सावित्राको क्षमतामा तीव्र गतिसमेत जोडिँदा जति बलियो विपक्षी भए पनि नेपालको स्कोरसिट खाली रहन्न । 

पेरिस ओलम्पिक २०२४ को एसियाली छनोटअन्तर्गत नेपालले बुधबार दशरथ रंगशालामा विश्वकप खेलिसकेको बलियो प्रतिद्वन्द्वी भियतनामको सामना गर्यो । फिफा विश्व वरीयताको ३८औं स्थानमा रहेको भियतनामले अपेक्षाअनुसार नै ५-१ को जित दर्ता गरायो । 

सुरुमा पाएका दुई अवसरमा गोल भएको भए खेलको कथा अर्कै पनि हुन सक्थ्यो । मध्यान्तरपछिको मात्र खेल मूल्यांकन गर्दा विश्व वरियताको एक सयौं स्थानको नेपालले दुई गोल खाए पनि त्यसविरुद्ध विपक्षी पोस्टमा एक गोल ठोक्यो

पहिलो हाफमा एकपक्षीय रूपमा भियतनाम हाबी हुँदा तीन गोल खाए पनि दोस्रो हाफमा नेपालले पुनरागमनको प्रयास गर्यो । सुरुमा पाएका दुई अवसरमा गोल भएको भए खेलको कथा अर्कै पनि हुन सक्थ्यो । मध्यान्तरपछिको मात्र खेल मूल्यांकन गर्दा विश्व वरियताको एक सयौं स्थानको नेपालले दुई गोल खाए पनि त्यसविरुद्ध विपक्षी पोस्टमा एक गोल ठोक्यो । त्यो गोल गर्ने ‘बहादुर चेली’ सावित्रा नै थिइन् । 

भियतनामसँग नेपालको हार स्वभाविक थियो । पराजय अन्तर पनि अनुमानभन्दा धेरै फरक थिएन । कसैले योभन्दा बढी अन्तरको हार हुने अनुमान गरेका थिए । कोही भने खेल प्रतिस्पर्धात्मक हुने र नेपाल कम अन्तरले हार्नेमा आशावादी थिए । इमान्दार भएर भन्दा कसैले पनि खेलअघि नेपालले जित्ने आशा गरेका थिएनन् । यो चाहिँ साँचो हो । 

महिला फुटबलका लागि ढंगको घरेलु संरचना भएको र विश्वकप खेलिसकेर खारिएको भियतनामविरुद्ध नेपालले जित्ने सपना देख्नु पनि कसरी ? जहाँ महिला फुटबलका लागि ढंगको लिग कल्पना बाहिरको विषय भयो, नियमित एउटा प्रतियोगितासमेत छैन । जुन देशमा फुटबल विकासका ठूल्ठुला नारा घन्काउने ठेकेदारहरु नै फिफाको बजेटमा बन्न लागेको महिला एकेडेमीको निर्माण रोक्न अदालतमा मुद्धा हाल्छन् । जुन देशको फुटबल संघले महिला फुटबलमा आधा भएको लिगलाई बीचमै रोकेर विजेता घोषणा गर्छ । नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरी बललाई छोड्ने हो भने एउटै स्थायी महिला टिमसमेत छैन । नियमित अभ्यास महिला खेलाडीका लागि कल्पना बाहिरको कुरा हो । मानौं, सेवासुविधाको सपना देख्नेसम्म अधिकार महिला फुटबलरको भाग्यमा छैन । 

यस्तो परिस्थितिमा घिस्रिइरहेका महिला खेलाडीहरूबाट भियतनामजस्तो योजनाबद्ध तरिकाले तयार गरिएको सुगठित टोलीमाथि जितको अपेक्षा गर्नु भनेको उनीहरूमाथि थप अन्याय गर्नु हो । सामाजिक, आर्थिक, मानसिक र शारीरिक अभाव र दबाबहरू चिर्दै आफ्नै बलबुतामा अगाडि बढेका चेलीहरूले फुटबल प्रशासनको यस्तो उदासीनताको अवस्थामा यहाँभन्दा ठूलो नतिजा कसरी दिनु ?

खरो भएर भन्ने हो भने आफूभन्दा कमजोर विपक्षी भुटान र लाओसलाई बोलाएर मञ्चन गरिएको थ्री नेसन्स कपको नाटकमा ठूलो संघर्षपछि पुरुष टोलीले जितेको उपाधिभन्दा महिला टोलीले भियतनामसँग भोगेको हारमा गर्व गर्ने ठाउँ बढि छ । कम्तीमा नेपाली फुटबलप्रेमीका लागि ।

नेपालले गरेको तयारी, महिला फुटबलले पाएको महत्व र स्वयं एन्फाले देखेको सपनाअनुसार वास्तवमै भियतनामविरुद्ध महिला टोलीको प्रदर्शन तारिफयोग्य थियो । खरो भएर भन्ने हो भने आफूभन्दा कमजोर विपक्षी भुटान र लाओसलाई बोलाएर मञ्चन गरिएको थ्री नेसन्स कपको नाटकमा ठूलो संघर्षपछि पुरुष टोलीले जितेको उपाधिभन्दा महिला टोलीले भियतनामसँग भोगेको हारमा गर्व गर्ने ठाउँ बढि छ । कम्तीमा नेपाली फुटबलप्रेमीका लागि । 

समर्थकको भावनाले सन्तुष्टि माने पनि खेलाडी र प्रशिक्षकलाई भियतनामविरुद्धको नतिजाले चित्त बुझाउन सकेको थिएन । खेलाडी मन न हो, बुझोस् पनि कसरी । यही कारण हो, बुधबार खेल सकिएपछि पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापा र स्ट्राइकर सात्रिवा भण्डारीले लामै दुखेसो पोखे । 

सावित्राले ‘नेपालको अवस्था र तयारीअनुसार आफूहरूले गरेको प्रदर्शनमा गर्व गर्नुपर्ने’ भनिरहँदा महिला फुटबलमाथि गरिएको नियोजित विभेदप्रति गुनासो थियो । आफूभन्दा माथिल्लो स्तरको टिमसँग खेल्न नपाएकामा आक्रोश थियो । अनि नेपाली महिला फुटबलको प्रचुर सम्भावना हुनाका बावजुद दक्षिण एसियाली घेराभित्र खुम्च्याइएकोप्रति निराशा पनि थियो । 

उनी भन्दै थिइन्, ‘हामीसँग महिला फुटबल दक्षिण एसियाभन्दा बाहिर लैजाने योजना नै छैन । मैले सुरु गरेदेखि यही हो, मभन्दा सिनियर दिदीहरूले सुरु गर्दा पनि त्यस्तै थियो । भोलिका दिनमा पनि त्यही होला । यत्तिको मिहिनेत, यत्तिको लगानी, यत्तिको तयारी र यत्तिको महत्वमा हामीले राम्रो नतिजा दिएजस्तो लाग्छ ।’

नेपालले दक्षिण एसियाभन्दा बाहिरका बलिया टिमसँग खेलेको इतिहास निकै पातलो छ । कम्तीमा वर्तमान पुस्ताले दक्षिण एसियाली बाहेकका प्रतिद्वन्द्वीसँग खेलेको भनेकै म्यानमार, उज्वेकिस्तान, फिलिपिन्स र यही भियतनामसँग नै हो ।

सावित्राले भनेजस्तै नेपालले दक्षिण एसियाभन्दा बाहिरका बलिया टिमसँग खेलेको इतिहास निकै पातलो छ । कम्तीमा वर्तमान पुस्ताले दक्षिण एसियाली बाहेकका प्रतिद्वन्द्वीसँग खेलेको भनेकै म्यानमार, उज्वेकिस्तान, फिलिपिन्स र यही भियतनामसँग नै हो । 

‘भियतनामसँग खेल्नुअघि हामीले त्यस्तै स्तरको टिमसँग मैत्रीपूर्ण खेल खेल्नुपर्थ्यो । त्यो खेलमा हारेको भए पनि हामी त्यहाँबाट केही सिक्न सक्थ्यौं र यो हारबाट जोगिन सक्थ्यौं भन्ने लाग्छ । हामी दक्षिण एसियाभन्दा माथि हेर्दैनौं । भिजन साफभन्दा माथि भए पो साफ जित्छ त । साफकै मात्र भिजन राखेपछि, साफमै अल्झिइरहेपछि हामीले कुनै पनि प्रतियोगिता जित्न सक्दैनौं । त्यसैले साफभन्दा फरक स्तरलाई प्राथमिकता दिएर प्रतियोगिताहरू गराइयो भने मात्र हामीले साफमा अरू देशलाई डोमिनेट गर्छौं । यही पारा हो भने भोलिका दिनमा त्यो पनि हुँदैन,’ सावित्राको आक्रोश यत्तिमै सीमित थिएन । 

उनीसँग अन्तर्राष्ट्रिय फुटबलमा प्रगति गर्ने रोडम्याप पनि थियो । महिला फुटबलले एन्फाबाट थोरैमात्र महत्व पाए पनि छोटो समयमै दक्षिण एसियामै एक नम्बर हुनेमा सावित्रा विश्वस्त थिइन् । दक्षिण एसियामा राज गरेपछि त्यसभन्दा माथि उठ्ने सम्भावना उनले देखेकी छन् । 

दक्षिण एसिया बाहिरका बलिया टिमसँग तुलना गर्न खोज्दा उनी भन्छिन्, ‘उनीहरूको भिजन विश्वकप छ, हाम्रो साफ च्याम्पियनसिप छ । त्यसैले उनीहरू हामीलाई हेपेर खेल्छन, हाम्रो चाहिँ कन्फिडेन्स नै हुँदैन । फिलिपिन्ससँग एक गोलको अग्रता लिनाका बावजुद पछि अन्तिम समयमा दुई गोल खाएर २-१ ले हार्यौं । त्यो बेला नेपालको सम्भावना हेरेर त्यहीअनुसार तयारी गरेको भए आज हामी पनि उनीहरूजस्तै विश्वकपमा हुन्थ्यौं ।’

अन्तर्राष्ट्रिय फुटबलमा नेपाली महिला टोलीको सम्भावना अपार छ । तर, त्यसका लागि अलिकति मिहिनेत, अलिकति लगानी, अलिकति प्राथमिकता चाहिँ बढाउनै पर्छ । घरेलु फुटबलको स्थायी संरचना बनाउनै पर्छ । घरेलु संरचनामा व्यस्त भइरहने कम्तीमा आठ/दश स्थायी टिम हुनुपर्छ ।

सावित्राले भनेजस्तै अन्तर्राष्ट्रिय फुटबलमा नेपाली महिला टोलीको सम्भावना अपार छ । तर, त्यसका लागि अलिकति मिहिनेत, अलिकति लगानी, अलिकति प्राथमिकता चाहिँ बढाउनै पर्छ । घरेलु फुटबलको स्थायी संरचना बनाउनै पर्छ । घरेलु संरचनामा व्यस्त भइरहने कम्तीमा आठ/दश स्थायी टिम हुनुपर्छ । यस्तै रामभरोसामा चल्ने हो भने भोलिका दिनमा दक्षिण एसियामै पनि स्थायी महारथी भारत र उदाउँदो शक्तिका रूपमा अगाडि आएको बंगलादेशले नेपाललाई तेस्रो नम्बरमा झार्नेछन् । 

सावित्राको रोदन नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले सुन्नुपर्ने हो । तर, सुन्नका लागि खासगरी महिला फुटबलप्रति निकै अनुदार एन्फा नेतृत्वको कान टालिएको छ । सम्भावना देख्न आँखा छोपिएको छ । योजना बनाउने सोचमा बिर्को लागेको छ । 

फुटबल नेतृत्वको चेत खुलोस् । शक्तिसंघर्ष र आपसी स्वार्थको लडाइँ जति लडे पनि मैदानभित्रको फुटबलमा ध्यान पुगोस् । अनि महिला फुटबलमाथिको चरम विभेद अन्त्य गरियोस् । हिजो नेतृत्वमा अरू हुँदा आफैंले मुद्दा हालेर रोकेको रौतहटको फिफा महिला टेक्निकल सेन्टर निर्माणको ग्यारेन्टी गरियोस् । समग्रमा भन्दा कान, आँखा र सोचमा लागेका पर्दाहरू हटाउन ढिलो नगरियोस् । भियतनामविरुद्ध दोस्रो लेगका लागि महिला टोली मैदान उत्रनुअघि त्यसको संकेत प्रत्येक खेलाडीमा सञ्चार गराउन सक्यो भने आजैको खेलमा दशरथ रंगशालामा फरक खेल र फरक नतिजा सम्भव छ ।