दावा लामा

दावा लामा छुटे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो ।

सर्वोच्च अदालतबाट पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा छुटेका हुन् ।

सर्लाही घर भइ काठमाडौं बस्दै आएका लामालाई उच्च अदालत पाटनले २०६४ साल जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय र ५००० रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। अदालतको यो फैसलापछि उनी १६ वर्षदेखि फरार रहेका थिए ।