काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अटोग्राफ दिएपछि भारतका कप्तान रोहित शर्माको आलोचना भएको छ ।
समर्थकले सामाजिक सञ्जालमार्फत आलोचना गरेका हुन् । सन्दीप विगत एक वर्ष यता नाबालिक बलात्कारको मुद्दा खेपिरहेका छन् ।
गत सोमबार क्यान्डीको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा सम्पन्न एसिसी एसिया कप अन्तर्गत नेपालसँगको खेलपछि भारतीय क्रिकेटरले अटोग्राफ दिएका थिए ।
सामाजिक सञ्जाल ट्विटरमा रोहितले सन्दीपको जर्सीमा हस्ताक्षर गरिरहेको तस्विर सार्वजनिक भएको छ । सन्दीप र रोहित तस्बिर खिच्दा मुस्कुराउँदै देखिएका थिए । भारतविरुद्धको खेलमा नेपालले डकवर्थ लुइस पद्धतिको आधारमा १० विकेटको पराजय ब्यहोरेको थियो ।
सामाजिक साञ्जालमा समर्थकहरुले रोहितले सन्दीपलाई आटोग्राफ दिएको फोटो सेयर गर्दै कस्तो लाजमर्दो...कसैले रोहितलाई उसको बारेमा भनिदिनुहोस् । जसले बलात्कारको आरोपीलाई समर्थन गर्छ,त्यो मेरो कप्तान हुनै सक्दैन भन्ने जस्ता कमेन्टहरु गरेका छन् ।
यस वर्षको सुरुमा कीर्तिपुरमा भएको खेलपछि स्टल्याल्यान्डका खेलाडीले सन्दीपसँग हात मिलाउन अस्वीकार गरेका थिए । केही समर्थकले त्याे भिडियाे पनि सेयर गरेका छन् ।