चैत्र १७, २०८२ मंगलबार | १४:१९:०८
दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित

निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन

एनएसजेएफको नयाँ कार्यसमिति लगायत ।

‎काठमाडौँ । निरञ्जन अघिकारी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । 

‎बिहीबार काठमाडौँमा भएको २०औं साधारण सभाले अघिकारीको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिकारी अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्ष थिए । 

अधिकारी ४५ मतसहित अध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्वन्दी प्रकाश तिमल्सिनाले ३५ मत प्राप्त गरे । 

‎यस्तै, प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा सञ्जीव शिल्पकार र गोविन्द रेग्मी सर्वसम्मत चयन भए । 

महासचिवमा अन्जन खड्का ५१ मतसहित निर्वाचित भए । उनका प्रतिद्धन्द्धी राजु घिसिङले २९ मत पाए । 

गोविन्दराज नेपाललाई पछि पार्दै अनिल मल्ल ठकुरी ‎सचिवमा निर्वाचित भए । मल्लले ५१ र नेपालले २८ मत प्राप्त गरे । 

‎नमिता दहाल महिला सदस्यमा निर्विरोध चयन हुँदा  तीन पुरुष सदस्यमा रमेश सुवेदी, अभिनव जोशी र कविरस शर्मा निर्वाचित भए । सुवेदी सर्वाधिक ५७ मत पाए । यसैगरी  कविरसले ५४ र अनिवले ३९ मत प्राप्त गरे ।

सदस्यका उम्मेदवार भुपेश उपाध्यायले ३१ र विनयज्योती सापकोटाले २९ मत हासिल गरे ।

निर्वाचनमा कूल ८० मत खसेको थियो । अघिल्ला दुई कार्यकालमा दुर्गानाथ सुवेदी (देवेन्द्र) ले नेतृत्व गरेका थिए ।  

नवनिर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रमाणपत्र हस्तान्तरण  गरे । मुख्य निर्वाचन अधिकृत दाहालकै नेतृत्वमा तीन सदस्यीय समितिले निर्वाचन गराएको थियो ।

निर्वाचनअगाडिको बन्द सत्रले महासचिव प्रज्वल ओलीको सांगठनिक प्रतिवेदन र कार्यबहाक कोषाध्यक्ष मुना कार्कीको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको थियो । साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का टंकलाल घिसिङले गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो