माघ १५, २०८२ बिहीबार | ०८:५२:३५
यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित

निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन

एनएसजेएफको नयाँ कार्यसमिति लगायत ।

‎काठमाडौँ । निरञ्जन अघिकारी नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । 

‎बिहीबार काठमाडौँमा भएको २०औं साधारण सभाले अघिकारीको नेतृत्वमा आगामी तीन वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिकारी अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्ष थिए । 

अधिकारी ४५ मतसहित अध्यक्षमा निर्वाचित भए । उनका प्रतिद्वन्दी प्रकाश तिमल्सिनाले ३५ मत प्राप्त गरे । 

‎यस्तै, प्रथम उपाध्यक्षमा प्रज्वल ओली, उपाध्यक्षद्वयमा सञ्जीव शिल्पकार र गोविन्द रेग्मी सर्वसम्मत चयन भए । 

महासचिवमा अन्जन खड्का ५१ मतसहित निर्वाचित भए । उनका प्रतिद्धन्द्धी राजु घिसिङले २९ मत पाए । 

गोविन्दराज नेपाललाई पछि पार्दै अनिल मल्ल ठकुरी ‎सचिवमा निर्वाचित भए । मल्लले ५१ र नेपालले २८ मत प्राप्त गरे । 

‎नमिता दहाल महिला सदस्यमा निर्विरोध चयन हुँदा  तीन पुरुष सदस्यमा रमेश सुवेदी, अभिनव जोशी र कविरस शर्मा निर्वाचित भए । सुवेदी सर्वाधिक ५७ मत पाए । यसैगरी  कविरसले ५४ र अनिवले ३९ मत प्राप्त गरे ।

सदस्यका उम्मेदवार भुपेश उपाध्यायले ३१ र विनयज्योती सापकोटाले २९ मत हासिल गरे ।

निर्वाचनमा कूल ८० मत खसेको थियो । अघिल्ला दुई कार्यकालमा दुर्गानाथ सुवेदी (देवेन्द्र) ले नेतृत्व गरेका थिए ।  

नवनिर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रमाणपत्र हस्तान्तरण  गरे । मुख्य निर्वाचन अधिकृत दाहालकै नेतृत्वमा तीन सदस्यीय समितिले निर्वाचन गराएको थियो ।

निर्वाचनअगाडिको बन्द सत्रले महासचिव प्रज्वल ओलीको सांगठनिक प्रतिवेदन र कार्यबहाक कोषाध्यक्ष मुना कार्कीको आर्थिक प्रतिवेदन सर्वसम्मत पास गरेको थियो । साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का टंकलाल घिसिङले गरेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।