चैत्र ४, २०८२ बुधबार | ००:३९:०५
नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

ओलम्पियन धाविका सन्तोषीलाई दाजुको प्रश्नः ओलम्पिक दौड पूरा गरेको खुट्टालाई कस्तो छ नानी ?’

ओलम्पिक स्वर्ण विजेता सिफान हसन र सन्तोषी

प्रिय नानी, प्रिय धावक, प्रिय ओलम्पियन-हाम्री गोल्डेन गर्ल,

 स्वर्ण विजेता खेलाडीले दूरी ३३ मिनेटसम्म पर्खेर तिमीलाई अँगालो हाल्नु नै तिम्रो जित हो ।

न्यानो अँगालो सामान्य होइन, यो सहृदयीता, स्नेह, प्रेम र सम्मान तिमीले कमाएको खेलजीवनका उत्कृष्ट उपहार हुन् । यसलाई प्रेमले आफ्नो हृदयमा जीवनभरी सजाएर राख्नु । तिम्रो प्रेरणा, तिम्रो सखी सिफान हसनको न्यानो अँगालोलाई अनुभूत गर !

तिमीले आठौं राष्ट्रिय खेलकुदमा १५०० मिटर, ५००० मिटर र १००० मिटरमा पदक जित्दा ‘छोटो दूरी र मध्यम दुरी एउटै खेलाडीले खेल्न र मेडल लगाउन कसरी सम्भव छ ?’ भन्ने खालका प्रश्नहरुको सामना गरेकी थियौ ।

तर त्यसको केही दिनमै आज तिमिलाई अँगालो हाल्ने तिम्रो प्रेरणादायी खेलाडी सिफानले त्यस्तै गरेर आफूलाई प्रमाणित गरेकी थिइन्, साथै तिमीमाथि आएका खराब प्रश्नको जवाफ भएकी थिइन् । त्यसअघिसम्म उनको फलोअर मात्र रहेकी तिमीले त्यही दिनदेखि सिफानलाई आत्मीय रुपमा चिनेकी थियौ । यही संयोगले म पनि सिफानसँग परिचित भएको थिएँ ।

संयोगहरु सुन्दर हुन्छन्, तिमीले नेदरल्यान्ड्सको ग्लोबल कम्युनिकेशनको प्रशिक्षण अवसर र आघात उपचारको चाँजोपाँजो पाउँदा एसियाली खेलाडीका लागि यो विरलै पाइने यो संयोग त थियौ नै । तिमीले यही अवसरमा इथियोपियामा जन्मेका नेदरल्यान्ड्सकी उत्कृष्ट धावक सिफानलाई भेट्न मात्र पाएनौ, सँगै प्रशिक्षण लिन पनि पायौं ।

ओलम्पिक स्वर्ण विजेता सिफान हसन र सन्तोषी

तिमीले आफ्नो आत्मा भरेकी धावकसँग सुख-दुःख साट्न मात्र पाएनौं, सुन्न र महसुस गर्न पनि पायौं । तिमीहरुले मध्यरातमा जुन हेर्दै घण्टौं कुराकानी गरेका पलहरु मलाई पनि सुनाउँदा मेरा कान मात्र होइन रौंहरु पनि ठाडा भएका थिएँ । आज उनी र तिमी एउटै यात्रामा थियौ, एउटै सडकमा थियौ, एउटै ओलम्पिकमा थियौ । हो आज उनको अँगालो तिमीलाई कुरिरहेको थियो ।

बंगलादेशमा म्याराथन डेब्युमै राखेको आफ्नै राष्ट्रिय कीर्तिमान तोड्न सकेनौं, यसमा तिम्रो मन हुँडलिइरहेको होला । तर यो लक्ष्य सामान्य थिएन । यसपालीको म्याराथन कोर्स त्यति सहज पनि थिएन, सहरको भित्री भागहरु घुम्दै दौडनुपर्ने यो कोर्स आकर्षक थियो । तर वारम्बार आइरहने घुम्ति र उकाली(ओरालीले कोर्सलाई निक्कै चुनौतीपूर्ण बनाएको थियो ।

यी सबै थाहा हुँदाहुँदै पनि हामी भने आफ्नै राष्ट्रिय कीर्तिमान भङ्ग गर्नुपर्छ भनेर दवाव दिन्थ्यौं । अझ २ घण्टा ४० मिनेटभित्रै सकिन्छ भनेर उकासिरहन्थ्यौं । ती सब उक्साहट तिमीलाई उत्साह भर्नका लागि थिए ।

हामी यता बसेर लाइभ हेरिराख्दा विभिन्न देशका ११ खेलाडीलेबीचबाटै खेल छाड्दा तिमीले चाहिँ पक्कै पूरा गर्नेछौ भनेर विश्वासका साथ मुटु बाँधेर बसिरहेका थियौं । तिमीले आफ्नो कीर्तिमानभन्दा बढी समयमा दुरी पार गरे पनि ओलम्पिक कोर्स पूरा गरेकोमा हामी खुशी भइरहेका छौं र भनिरहेका छौं, बधाई नानी ।

दुई दिनअघि मात्र पुरानो आघातमा अलिकति दुखेको भन्थ्यौं, अनि सिफानका प्रशिक्षक र फिजियो टिमले नै केही उपचार पनि गरिदिए भन्ने सुन्दा चिसो पसेको थियो । ती सहृदयी टिमलाई अथाह धन्यवाद सुनाइदेऊ ।

ओलम्पिकमा प्रतिस्पर्धा गर्दै सन्तोषी

सिफानलाई बधाई र माया र सुनाइदेऊ ।हामी तिमीलाई दुःखाईमा ध्यान नजाओस् भनेर खुट्टा कस्तो छ ? भनेर पनि नसोधी अमानवीय रुपमै कठोर भएर बस्यौं । अब सोध्न मन छ, ‘ओलम्पिक दौड पूरा गरेको खुट्टालाई कस्तो छ नानी ? ’

यो सँगै ओलम्पिक यात्राका लागि साथ दिने मुख्य प्रशिक्षक रघुराज वन्तलगायत सम्पूर्ण प्रशिक्षकहरु, खेलकुद परिषद्, ओलम्पिक कमिटी, एथलेटिक्स एसोसिएसन र प्रशिक्षणका सहयात्री धावकहरु, सञ्चारकर्मी तथा सञ्चारमाध्यम, सम्पूर्ण शुभेच्छुक मनहरुलाई परिवारको तर्फबाट हृदयभरीको धन्यवाद । यो यात्रा सफल बनाउन यहाँहरुको पनि उत्तिकै मेहनत, लगाव र भवनाहरु जोडिएका छन्, नमन ।

तिम्रो दाजु । 
२०८१ साउन २७

(सन्तोषीका दाजु केदार श्रेष्ठले फेसबुकमा पोष्ट गरेका भावना र तस्बिर सामान्य सम्पादनसहित प्रकाशन गरिएको हो ।)


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH