पुस २३, २०८२ बिहीबार | १८:०२:२४
रोकियो म्यानचेष्टर सिटी सानदार जित निकाल्दै बार्सिलोना स्पेनिस फाइनलमा तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित रोकियो म्यानचेष्टर सिटी सानदार जित निकाल्दै बार्सिलोना स्पेनिस फाइनलमा तेक्वान्दोकी पलेशा बनिन् ट्रेलब्लेजर अफ दी इयर क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट पुरुष खेलाडी करातेकी एरिका बनिन् वर्षको उत्कृष्ट महिला खेलाडी रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड भलिबलका हिमाल सुनारीलाई पिपल्स च्वाइस अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले महिला कबड्डी विश्वकपको दोस्रो संस्करण खेल्न जाने नेपाली टोलीको बिदाई गरेको छ ।

शुक्रबार टोलीलाई एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले शुभकामनासहित बिदाई गरेका हुन् ।

बिदाई कार्यक्रममा श्रेष्ठले खेलाडीलाई प्रतियोगितामा शतप्रतिशत दिएर पूर्ण समर्पणका साथ देशको गौरवका लागि खेल्न सल्लाह दिए ।

महिला कबड्डी विश्वकपको दोस्रो संस्करण बंगलादेशको मिरपुरमा हुँदैछ । यसअघि यो प्रतियोगिता भारतमा हुने भनिएको थियो ।

महिला कबड्डी विश्वकप १३ वर्षको अन्तरालपछि पुनः हुन लागेको हो । यसअघि सन् २०१२ मा भारतको पटनामा पहिलो संस्करण आयोजना भएको थियो ।

नोभेम्बर १५ देखि २५ सम्म हुने प्रतियोगितामा आयोजक बंगलादेश, भारत र नेपालसहित इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना र इन्डोसियाले प्रतिस्पर्धा गर्दैछन् ।

समूह ‘ए’मा रहेको नेपालले नोभेम्बर १७ मा पहिलो खेल खेल्नेछ ।

नेपाली टोली
मानमति विष्ट (कप्तान), जयन्ती बडु, मेणुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, सिर्जना धानुक, मनीषा जोशी, उरुसा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी 
प्रशिक्षकः विष्णु दत्त भट्ट
सहायक प्रशिक्षकः हरिना थापा
व्यवस्थापकः सरद दर्शनधारी
 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA