माघ १४, २०८२ बुधबार | २१:३८:१५
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

अन्तिम अभ्यास खेलमा नेपाल विजयी

फाइल तस्विर ।

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अभ्यास शृंखलामा  सान्त्वना जित निकालेकाे छ । नेपाल मंगलबार दिल्लीमा भएको आरपिसिए गर्ल्ससँगको दोस्रो अभ्यास तथा अन्तिम अभ्यास खेलमा चार रनले विजयी भयो ।

नेपालले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको आरपिसिएले २० ओरभ नै ब्याटिङ गरे पनि ६ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो ।

आरपिसिएकी नजमा खानले अविजित ४७, वारुले २९, मान्वीले २० रन बनाए । नेपालका लागि पूजा महतोले दुई तथा कविता कुँवर, शवनम राई र रिया शर्माले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२९ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि राजमती ऐरीले सर्वाधिक २९ रन बनाउँदा रुबी पोदारले २०, कविता जोशीले अविजित १९, कविता कुँवरले १८, पूजा महताले १६ र कप्तान इन्दु बर्माले १५ रन बनाए ।

आरपिसिएका लागि दिक्षा शर्मा र मेधवीले समान दुई तथा तारणी जोशी र पारले समान एक विकेट लिए ।  

यसअघि नेपालले दिल्लीको टोलीसँग तीन बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । यस्तै आरपिसिएसँगको पहिलो खेल पनि गुमाएको थियो ।

नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको तयारीस्वरुप दिल्लीका टोलीसँग अभ्यसा शृंखला खेलेको हो ।

अब टोली दिल्लीबाट सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड जाने छ ।

विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् ।

नेपालले मे ९ र १३ मा हङकङ तथा १० र १५ मा बहराइको समान गर्नेछ ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।