चैत्र १६, २०८२ सोमबार | १४:३४:२८
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

अन्तिम अभ्यास खेलमा नेपाल विजयी

फाइल तस्विर ।

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले अभ्यास शृंखलामा  सान्त्वना जित निकालेकाे छ । नेपाल मंगलबार दिल्लीमा भएको आरपिसिए गर्ल्ससँगको दोस्रो अभ्यास तथा अन्तिम अभ्यास खेलमा चार रनले विजयी भयो ।

नेपालले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको आरपिसिएले २० ओरभ नै ब्याटिङ गरे पनि ६ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो ।

आरपिसिएकी नजमा खानले अविजित ४७, वारुले २९, मान्वीले २० रन बनाए । नेपालका लागि पूजा महतोले दुई तथा कविता कुँवर, शवनम राई र रिया शर्माले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२९ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि राजमती ऐरीले सर्वाधिक २९ रन बनाउँदा रुबी पोदारले २०, कविता जोशीले अविजित १९, कविता कुँवरले १८, पूजा महताले १६ र कप्तान इन्दु बर्माले १५ रन बनाए ।

आरपिसिएका लागि दिक्षा शर्मा र मेधवीले समान दुई तथा तारणी जोशी र पारले समान एक विकेट लिए ।  

यसअघि नेपालले दिल्लीको टोलीसँग तीन बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । यस्तै आरपिसिएसँगको पहिलो खेल पनि गुमाएको थियो ।

नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया छनोटको तयारीस्वरुप दिल्लीका टोलीसँग अभ्यसा शृंखला खेलेको हो ।

अब टोली दिल्लीबाट सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड जाने छ ।

विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् ।

नेपालले मे ९ र १३ मा हङकङ तथा १० र १५ मा बहराइको समान गर्नेछ ।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो