काठमाडौं । आयोजक गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाले उपत्यकाव्यापी अन्तर पालिका खुला गोदावरी मेयर कपमा ११ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
यो नतिजासँगै समूह ‘ए’ का दुवै टोलीको समान चार अंक छ । यसअघि गोदावरीले महालक्ष्मी नगरपालिकालाई ६-१ तथा ललितपुरले बागमती गाउँपालिकालाई ७-३ ले पराजित गरेका थिए ।
गोदावरी-१० झ्यालुन्टारस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा गोदावरीका लागि अरुण लामा र ललितपुरका लागि निरोज महर्जनले गोल गरे ।
खेलको ६७औं मिनेटमा अरुणको गोलमार्फत गोदावरीले अग्रता लिएको थियो । तर ७५औं मिनेटमा निरोजले गोल गर्दै ललितपुरलाई हारबाट जोगाए ।
बिहीबारै सम्पन्न समूह ‘सी’ अन्तर्गतको खेलमा चन्द्रगिरी नगरपालिकासँग ४-० ले पराजित हुँदै कागेश्वरी नगरपालिका बाहिरिएको छ ।
यता मध्यपुर थिमी नगरपालिकाविरुद्ध १-० को कठिन जित निकाल्दै साबिक विजेता काठमाडौं महानगरपालिकाले समूह ‘बी’ बाट सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।