फाल्गुन ४, २०८२ सोमबार | २१:४६:४८
एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने आरएस पोखराविरुद्ध रश्मी एक्लैको ११ गोल, एपिएफ सेमिफाइनलमा जावलाखेल आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा नेपाललाई हराउँदै वेस्ट इण्डिज सुपर ८ मा नेपाल युएईसँग पराजित दीपेन्द्रको अर्धशतकमा नेपालको सम्मानजनक योगफल

सम्झनामा १९७०ः ‘इटाली विश्वका उत्कृष्ट फुटबलरहरुसँग हार्यो’

१९७०, मेक्सिको (नवौं विश्वकप) 

मे ३१ देखि जुन २१ सम्म
सहभागी टोली- १६
खेल संख्या- ३२
गोल संख्या- ९५ (प्रतिखेल ३ गोलऔसत)
दर्शक- १६ लाख ३ हजार ९ सय ७५(प्रतिखेल ५० हजार १ सय २४)
विजेता- ब्राजिल
उपविजेता- इटाली
तेस्रो- पश्चिम जर्मनी
चौथो- उरुग्वे
गोल्डेन जुत्ता- गर्ड मुलर (जर्मनी)

फिफा विश्वकपको इतिहासमा पहिलो पटक प्रतियोगिता रंगीन प्रविधिबाट टेलिभिजनमार्फत प्रसारण गरियो । ब्राजिलले आफ्नो फुटबलिङ क्षमतालाई थप परिस्कृत गरेर प्रस्तुत हुँदा विश्वभरका करोडौं दर्शकले प्रत्यक्ष रूपमा रंगीन विश्वकपको मजा लिए  । ब्राजिलले तेस्रो पटक उपाधि भित्र्याएको विश्वकप व्यापारिक रूपमा पनि सफल प्रतियोगिताको श्रेणीमा पर्यो । विश्व फुटबलका महान हस्ती पेलेको अन्तिम खेलमा इटालीलाई ४-१ को नतिजाले पराजित गर्दै ब्राजिल आफ्ना सर्वाधिक प्रिय स्टारलाई सुखद बिदाइ गर्न सफल भयो ।

इङ्ल्यान्डमा चार वर्षअघि सम्पन्न विश्वकपको निराशाका कारण पेलेले पुनरागमन नजनाउने बताएका थिए । तर १९७० को विश्वकपमा पनि उनले आक्रामणको धारिलो तेजका कारण संन्यास लिएनन् । आक्रमणको जिम्मा पाएका पेलेसहित जाइजिन्हो, गार्सन, टोस्टाओ र रिभेलिनो सबै ब्राजिली  टोलीमा १० नम्बर जर्सीका हकदार थिए । उनीहरूको संयुक्त प्रयासमा प्रतियोगिताभर ब्राजिलले निकै सुन्दर फुटबल प्रदर्शन गर्न सफल भयो ।

फाइनलमा एकपटक यी पाँच आक्रामक खेलाडीले कप्तान कार्लोस अल्बर्टोको साथ पाउँदा सात खेलाडी समावेश एउटा मुभ अझैसम्म विश्व फुटबलमा स्मरणीय छ । ब्राजिलले गरेका चार गोलभन्दा पनि स्मरणीय यो मुभमा कप्तान अल्बर्टोको अन्तिम पासलाई पेलेले प्रहार गर्दा विपक्षी गोलकिपर बिट भए पनि पोस्टको कुनामा लागेर फर्किएको थियो । यो प्रयासमा गोल नभए पनि यसले फुटबलमा टिमवर्कको राम्रो नमुना प्रस्तुत गर्न सफल भयो । सात खेलाडीको चलाखीपूर्ण र दर्शनीय संयुक्त प्रयासबाट यो मुभ सम्भव भएको थियो ।

मेक्सिकोमा भएको यो प्रतियोगिता सुरु हुनुअघि सबै सहभागी त्यहाँको उच्च तापक्रम र उच्च उचाईं (हाइअल्टिच्युट) का कारण तर्सिएका थिए । त्यसमा युरोपको टेलिभिजनका लागि समय मिलाउने बहानामा प्रतियोगिता दिउँसो मध्य घाममा हुने भएबाट सहभागीको तनाब झन थपियो ।

यही प्रतियोगिताबाट एउटा टिमले दुईसम्म खेलाडी परिवर्तन गर्न पाउने, रेफ्रीले रातो र पहेँलो कार्ड प्रयोग गर्ने चलन सुरु गरिएको थियो । यो प्रतियोगिता कालो र सेतो एडिडासको बलमा खेलाइएको थियो ।

पहिलो चरणमै साविक विजेता इङ्ल्यान्ड र यो प्रतियोगिताको विजेता ब्राजिलको भेट भयो । यो खेल प्रतियोगिताकै सर्वाधिक रोमाञ्चकमध्येको एक थियो । फिफा विश्वकपको इतिहासमै यो खेलमा सर्वाधिक लोकप्रिय बचाउहरू भए । जोर्डन ब्यांकले पेलेका केही उत्कृष्ट प्रहार बचाएर इङ्ल्यान्डको आशा जीवित राखेका थिए । जाइजिन्होको गोलमा खेल भने ब्राजिलले आफ्नो पक्षमा पार्यो । तर खेल ब्राजिलका लागि निकै कठिन चुनौतीका रूपमा रह्यो । इङ्ल्यान्डका कप्तान बबी मुरेले करियरकै उत्कृष्ट प्रदर्शन गरे पनि नतिजाको हकमा भने त्यो सफल भएन ।

उत्तर कोरियाले खेल्न अस्विकार गरेपछि सोझै छनोट भएको विश्वकपको नवप्रवेशी इजरायल प्रतियोगिताको सनसनीपूर्ण टोलीका रुपमा रहयो । इजरायलले पहिलो खेलमै महारथी इटालीलाई गोलरहित बराबरीमा रोकेर तहल्का मच्चायो । टोलीले मोरक्कोलाई पनि बराबरीमै रोक्यो ।

पश्चिम जर्मनीका स्टार गर्ड मुलर नायक बनेको संस्करणमा उनले लगातार दुई ह्याट्रिक गरे । पहिलो खेलमा पनि निर्णायक गोल गरिसकेका मुलरले त्यसपछि बुल्गेरिया र पेरुविरुद्ध लगातार ह्याट्रिक गरे । इङ्ल्यान्डविरुद्धको नाटकीय क्वार्टरफाइनलमा पनि उनैले अतिरिक्त समयमा गरेको गोलमा जर्मनी विजयी भयो ।

२३ मिनेट बाँकी रहँदासम्म २-० ले पछाडि रहेको जर्मनीका लागि फ्रान्ज बेकेनबाउर र उवे सिलरले गोल गर्दै निर्धारित समयमा खेल बराबरीमा ल्याए । संयोगवश चार वर्षअघि जर्मनीविरुद्धको फाइनलमा इङ्ल्यान्डका लागि विवादास्पद विजयी गोल गरेका जियोफ हर्स्टले गरेको गोल रेफ्रीले नलिएलगत्तै मुलरले जर्मनीका लागि विजयी गोल गरे । इङ्ल्यान्डले खेलमा बिरामी परेका गोलकिपर ब्यांकको अभाव महसुस गर्नुपर्यो भने जर्मनीका लागि १९६६ को मीठो बदला यही खेलबाट सम्भव भयो ।

जर्मनीको जुझारुपनले इटालीविरुद्धको सेमिफाइनललाई निकै रोमाञ्चक बनायो । प्रतियोगिताको इतिहासमै अतिरिक्त समयमा सर्वाधिक गोल भएको खेलमा जर्मनीका कार्ल हेइन्ज स्नाइलिंगरले अन्तिम मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयतर्फ डोर्याए । उनको गोलले खेललाई निर्धारित समयमा १-१ को बराबरीमा रोकेको थियो ।

अतिरिक्त समयमा मात्र पाँच गोल हुँदा मुलरले दुई गोल गरे भने इटालीले ४-३ को  विजय हासिल गरेको खेलमा युरोपेली वर्ष खेलाडी जियानी रिभेराले विजयी गोल ठोके । जर्मनीका कप्तान बेकेनबाउरले पाखुरामा लागेको चोटका बावजुद उक्त सेमिफाइनल खेलेका थिए ।

पश्चिम जर्मनी तेस्रो स्थानको प्लेअफमा धकेलिँदा इटालीलाई भने यो जितले १९३८ पछि पहिलो पटक विश्वकप फाइनल पुर्यायो । इटालीले क्वार्टरफाइनलमा मेक्सिकोलाई पराजित गरेको थियो । रक्षापंक्तिमा जियासिन्टो फाचेटी तथा आक्रमणमा गिगी रिभाको प्रेरणा हुनाका बावजुद इटाली फाइनलमा ब्राजिलसामु कमजोर रूपमै आँकिएको थियो ।

ब्राजिलले भने पूरा प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गर्यो। मारियो जागालोले पूर्वप्रशिक्षक जोआओ साल्डान्हालाई स्थानान्तरण गर्दै ब्राजिली टोलीको बागडोर सम्हालेको तीन महिनामात्र भए पनि ब्राजिलको सेट प्रदर्शन हेर्नलायक थियो । चेकोस्लोभाकिया, इङ्ल्यान्ड र रोमानियालाई पराजित गरेपछि ब्राजिल क्वार्टरफाइनल पुगेको थियो ।

क्वार्टरफाइनलमा ब्राजिलकै प्रशिक्षक डिडीको नेतृत्वमा रहेको पेरुलाई पराजित गर्दै ब्राजिलले अन्तिम चारको स्थान सुरक्षित गर्यो । डिडी र जागालोले ब्राजिली टोलीबाट १९५८ र १९६२ को विश्वकप सँगै खेलेका थिए । सेमिफाइनलमा उरुग्वेलाई निराश पार्दै फाइनल पुगेको टोलीले उपाधि उचाल्नका लागि भने युरोपको महारथी इटालीलाई सिकार बनायो ।

तेस्रो उपाधिको बाटोमा रहेका पेलेले सुरुमै कडा हेडमार्फत ब्राजिललाई अग्रता दिलाए । त्यसलाई इटालीका रोबर्टो बोनिन्सेग्नाले बराबरीमा ल्याए पनि ब्राजिललाई च्याम्पियन बनाउन दोस्रो हाफमा गेर्सन, जाइरजिन्हो र कार्लोस अल्बर्टोले गोल थपे । इटाली पराजित भएपछि रोमको लोकप्रिय पत्रिकाले छापेको थियो, ‘इटाली विश्वका उत्कृष्ट फुटबलरहरूसँग हार्यो ।’


भिडियो
रस्मीकुमारी घिसिङले एकै खेलमा यसरी गरेकी थिइन ११ गोल II APFFC II ANFA WOMENS CHAMPIONSHIP 2026
APF-19 Vs R.S POKHARA-0 II HIGHLIGHTS II ANFA WOMENS CHAMPIONSHIP 2026 II GAIGHAT II UDAYAPUR
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL