माघ १८, २०८२ आइतबार | १८:२९:४२
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

गुजरात शीर्ष स्थानमा उक्लियो, मुम्बईको विजयी यात्रामा पूर्णविराम

काठमाडौं । मुम्बई इन्डियन्समाथि डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा तीन विकेटको जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ ।

जितसँगै गुजरातको ११ खेलमा १६ अंक छ । यता लगातार ६ जितपछि हारको सामना गरेको मुम्बई १२ खेलबाट १४ अंकका साथ चौथो स्थानमा छ ।

मुम्बईले १५६ रनको लक्ष्य प्रस्तुत गरेकोमा दोस्रो इनिङमा पटक पटक पानी पर्दा खेल प्रभावित भएको थियो । गुजरातले १९ ओभरमा पाएको १४७ रनको नयाँ  लक्ष्य अन्तिम बलमा सात विकेट गुमाउँदै पूरा गरेको थियो ।

गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ४३, जोस बटलरले ३०, शेर्फान रदरफर्डले २८, जेराल्ड कोएट्जीले १२ र राहुल तेवाटियाले अविजित ११ रन बनाए ।

दोस्रो विकेटका लागि शुभमन र जोसले ७२ रनको साझेदारी गरेका थिए । मुम्बईका लागि ट्रेन्ट बोल्ट, जासप्रीत बुमराह र अविश्वनी कुमारले समान दुई तथा दीपक चहरले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५५ रनको योगफल तयार पारेको थियो ।

मुम्बईका लागि विल ज्याक्सले ३५ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी सूर्यकुमार यादवले ३५ र कोर्बिन बोशले २७ रन बनाए ।

विल र सूर्यबीच तेस्रो विकेटको लागि ७१ रनको साझेदारी भएको थियो । गुजरातका लागि साई किशोरले दुई तथा मोहम्मद सिराज, आवेश खान, प्रशिद्ध कृष्ण, जेराल्ड कोएट्जी र राशिद खानले समान एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।