चैत्र १८, २०८२ बुधबार | १२:१७:०६
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

गुजरात शीर्ष स्थानमा उक्लियो, मुम्बईको विजयी यात्रामा पूर्णविराम

काठमाडौं । मुम्बई इन्डियन्समाथि डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा तीन विकेटको जित निकाल्दै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ ।

जितसँगै गुजरातको ११ खेलमा १६ अंक छ । यता लगातार ६ जितपछि हारको सामना गरेको मुम्बई १२ खेलबाट १४ अंकका साथ चौथो स्थानमा छ ।

मुम्बईले १५६ रनको लक्ष्य प्रस्तुत गरेकोमा दोस्रो इनिङमा पटक पटक पानी पर्दा खेल प्रभावित भएको थियो । गुजरातले १९ ओभरमा पाएको १४७ रनको नयाँ  लक्ष्य अन्तिम बलमा सात विकेट गुमाउँदै पूरा गरेको थियो ।

गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ४३, जोस बटलरले ३०, शेर्फान रदरफर्डले २८, जेराल्ड कोएट्जीले १२ र राहुल तेवाटियाले अविजित ११ रन बनाए ।

दोस्रो विकेटका लागि शुभमन र जोसले ७२ रनको साझेदारी गरेका थिए । मुम्बईका लागि ट्रेन्ट बोल्ट, जासप्रीत बुमराह र अविश्वनी कुमारले समान दुई तथा दीपक चहरले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५५ रनको योगफल तयार पारेको थियो ।

मुम्बईका लागि विल ज्याक्सले ३५ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरे । यसैगरी सूर्यकुमार यादवले ३५ र कोर्बिन बोशले २७ रन बनाए ।

विल र सूर्यबीच तेस्रो विकेटको लागि ७१ रनको साझेदारी भएको थियो । गुजरातका लागि साई किशोरले दुई तथा मोहम्मद सिराज, आवेश खान, प्रशिद्ध कृष्ण, जेराल्ड कोएट्जी र राशिद खानले समान एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो