ट्वान्टी २० शृंखला

वेस्ट इन्डिजविरुद्ध फिल्डिङ गर्दै नेपाल, रोहितलाई विश्राम

तस्विरः क्यान

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको तेस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिले ब्याटिङको निर्णय लिए। खेल १२ः१५ बजे सुरु हुनेछ ।

पाँच खेलको शृंखला १-१ को बराबरीमा छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा वेस्ट इन्डिजले १० रनको जित निकालेको थियो ।

टोलीमा आज चार परिवर्तन भएको छ । नियमित कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आकाश चन्द र सोमपाल कामीलाई विश्राम दिइएको छ । उनीहरुको स्थान विनोद भण्डारी, विवेक यादव, कमलसिंह ऐरी र करण केसीले लिएका छन् ।

रोहितको अनुपस्थितीमा दीपेन्द्रसिंह ऐरीले कप्तानी कप्तानी सम्हाल्ने छन् ।

नेपाली टोली

दीपेन्द्रसिंह ऐरी( कप्तान), विनोद भण्डारी, अनिल शाह, आरिफ शेख, कुशल मल्ल, करण केसी, कमलसिंह ऐरी, गुल्सन झा, विवेक यादव, लोकेश बम, सागर ढकाल