पोखरा । केशवबहादुर थापाले जिल्ला खेलकुद विकास समिति कास्कीको निमित्त अध्यक्षको जिम्मेवारी पाएका छन् ।
समिति अध्यक्ष तोरणबहादुर बानियाँ केही समयको लागि चीन भ्रमणमा जाने भएकोले सदस्य थापालाई उक्त जिम्मेवारी दिइएको हो ।

जेठ ८ मा जारी पत्रमा भनिएको छ, ‘उपाध्यक्षसँग सम्पर्क नभएकोले मेरो अनुपस्थितिमा यस कार्यालयको दैनिक कामकाजका लागि समितिको सदस्य तपाईं केशवबहादुर थापालाई २०८१।०२।०९ देखि म कार्यालयमा उपस्थित नभइञ्जेलसम्मका लागि निमित्त अध्यक्षको रुपमा रही कामकाज गर्नुहुनको लागि जिम्मेवारी दिएको छु ।’
थापा सहारा क्लब पोखराका पूर्व अध्यक्ष पनि हुन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
