कार्तिक ११, २०८१ आइतबार | १२:१३:०४
सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो सिटी सुनिरा र रितिक च्याम्पियन धार्पालाई मालिकादेवी कपको उपाधि सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो सिटी सुनिरा र रितिक च्याम्पियन धार्पालाई मालिकादेवी कपको उपाधि

सावित्रासम्मिलित गेङगाम्पको फराकिलो हार

फाइल तस्विर

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारीसम्मिलित एना भान गेङगाम्प फ्रेन्च महिला शीर्ष डिभिजन लिग डिभिजन वान फिमिनिनेमा पेरिस एफसीसँग घरेलु मैदानमै ४-० ले पराजित भएको छ ।

सेन्ट्रल फर्मेसन एजिए रंगशालामा शनिबार पेरिसलाई जित दिलाउन गेटाने थिनीले दुई तथा डाफ्नी कर्बो, केश्या बस्सीले समान एक गोल गरे ।

जितसँगै १७ खेलमा ३७ अंक जोडेको पेरिस तेस्रो स्थानमा छ । पराजित गेङगाम्प १७ खेलबाट १५ अंकका साथ १०औं स्थानमा छ ।

खेलको १९औं मिनेटमा आइसाता ट्राओरे पेनाल्टीमा चुक्दा गेङगाम्पले अग्रता लिने अवसर गुमायो ।

कर्बेले २८औं मिनेटमा गोल गर्दै पेरिसलाई अग्रता दिलाइन् । तीन मिनेटपछि नै थिनीले टोलीको अग्रता दोब्बर बनाइन् ।

३३औं मिनेटमा थिनीले ब्यक्तिग दोस्रो गोल गर्दा पेरिस ३-० ले अगाडि बढ्यो । ५४औं मिनेटमा बास्सीले गोल गरेपछि पेरिसले ४-० को सहज जित निकाल्यो ।

सावित्राले पहिलो पटक पहिलो रोजाइमै रहेर खेलेकी थिइन् । अब गेङगाम्पले अर्को शनिबार डिजोनसँग प्रतिस्पर्धा गर्नेछ ।

 

 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar