कार्तिक ११, २०८१ आइतबार | १४:१९:१२
साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५–१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५–१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल

नेपाल र अमेरिका खेल्दै

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा नेपालले आज (आइतबार) घरेलु टोली अमेरिकासँग खेल्दैछ ।

डालासमा हुने लिग–२ को ३८औं खेल राति सवाँ ९ बजे सुरु हुनेछ । प्रतियोगितामा कमजोर सुरुआत गरेको नेपाल दोस्रो जित निकाल्न दाउमा छ । प्रतियोगितामा आठ खेल खेल्दा नेपालले मात्र एक जित निकालेको छ ।

आठ टोली सहभागी लिगमा युएईभन्दा माथि रहँदा नेपाल तालिकाको सातौँ स्थानमा छ । क्यानडा १२ खेलबाट १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

शृंखलामा नेपालले घरेलु टोली अमेरिकासँगै साबिक विजेता स्कटल्यान्डसँग खेल्ने तालिका छ । मंगलबार स्कटल्यान्डसँग दोस्रो खेल हुनेछ । त्यसपछि पुनः अमेरिका र स्कटल्यान्डसँगै खेल्ने तालिका छ ।

रोहितकुमार पौडेलको कप्तानीमा अघिल्लो वर्ष पछिल्लो १२ मध्ये ११ जित निकालेको नेपाल यसपटक कमजोर प्रदर्शन गरेको छ । पछिल्ला ६ मध्ये एक खेल अनिर्णित हुँदा पाँच खेलमा पराजित भएको छ ।

ब्याटिङ सल्लाहकारमा पूर्वप्रशिक्षक पुबुदु दसानायकेलाई अनुबन्ध गरेपछि नतिजा नेपालको पक्षमा आउने आशा गरिएको छ । अमेरिकासँग भएको तीन टी–२० शृंखलामा नेपालले ‘क्लिन स्विप’ गर्न सफल भयो ।

नेपाली टिमः रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ सेख, अनिलकुमार साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, ललित राजवंशी र सन्दीप लामिछाने 
 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar