कार्तिक ११, २०८१ आइतबार | १६:०६:१७
भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त

भारतको लाइफ केयर च्याम्पियन

रुपन्देही। भारतको लाइफ केयर क्रिकेट क्लब बिपी कोइराला स्मृति कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

रुपन्देहीको भैरहवा स्थित सिद्धार्थ रंगशालामा सम्पन्न फाइनलमा लाइफ केयर क्रिकेट क्लबले नेपालको नेक्सस रुपन्देही ११ लाई २१ रनले पराजित गर्यो।

लाइफ केयरले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याएको नेक्ससले  २० ओभर नै ब्याटिङ गरे पनि सबै विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

नेक्ससका लागि  कप्तान कृष्ण कार्कीले सर्वाधिक ३५, बसिर अहमदले २५, शंकर रानाले २४, सुमित महर्जनले २० तथा मृनाल गुरुङले १५ रन बनाए।

लाइफ केयरका लागि सक्षम शर्माले तीन, जस्मित नैन र कप्तान योगेश कुमारले समान दुई तथा रोहित दांगवाल, शुभम लाम्बा, क्षितिज त्रिपाठीले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लाइफ केयरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पारेको थियो।

लाइफ केयरका शुभम लाम्बाले ३९, दीपक पुनियाले ३८, एकांश दोबलले २५, दिपांशु फोरेले २४, राजेश शर्माले १७ तथा विपुल कम्बोजले अविजित १० रन बनाए।

नेक्ससका लागि दिपेश कँडेलले दुई तथा शाहब आलम, बसिर अहमद, दिनेश अधिकारी र कृष्ण कार्कीले समान एक विकेट लिए।

विजेतालाइफ केयरले ५ लाख तथा उपविजेता नेक्ससले  ३ लाख रुपैयाँ प्रापत गरे ।

प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी घोषित भएका दीपक पुनियाले ३५ हजार रुपैयाँ पाए । यसैगरी नेक्ससका शाहब आलम उत्कृष्ट बलर र लाइफ केयरका दीपक नै घोषित भए । उनीहरुले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।

आठ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकका  क्लब सहभागी  थिए।


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar