कार्तिक ११, २०८१ आइतबार | १४:१५:५८
नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो सिटी नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल कठिन जित निकाल्दै शीर्ष स्थानमा उक्लियो सिटी

हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त

काठमाडौं । फिफा विश्वकप २०२२ च्याम्पियन अर्जेन्टिनाविरुद्ध स्तब्धपूर्ण नतिजा निकालेका हार्भे रेनार्ड पुनः साउदी अरेबियाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

५६ वर्षीय फ्रेन्च प्रशिक्षक यसअघि सन् २०१९ देखि २०२३ सम्म साउदीकै प्रशिक्षक थिए । उनको प्रशिक्षणमा साउदीले विश्वपकको पहिलो खेलमा अर्जेन्टिनालाई २–१ ले हराएको थियो । अब, उनी सन् २०२५ सम्म टिमसँग हुनेछन् ।

बिहिबार इटालियन प्रशिक्षक रोबर्टाे मान्सिनीले साउदी अरेबियाको मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि रेनार्डलाई झिकाइएको हो । ५९ वर्षीय प्रशिक्षक सन् २०२३ मा साउदी पुरुष फुटबलको मुख्य प्रशिक्षक भएका थिए । तर, उनी १४ महिनामै बाहिरिएका हुन् ।

साउदीले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट खेलिरहेको छ । टोली समूह ‘सी’ मा तेस्रो स्थानमा छ । पछिल्लो नतिजा आशा लाग्दो नभएपछि मान्सिनी पछि हटेका थिए ।  

समूहमा जापान भन्दा साउदी पाँच अंकले पछि छ । साउदी, अस्ट्रेलिया र बहराइनको समान पाँच अंक छ । यसअघि घरमै जापानसँग २–० ले हार्दा  अघिल्लो साता बहराइनसँग गोलरहित बराबरी खेलेको थियो ।

समूहबाट दुई टिम सिधै विश्वकप छनोटमा स्थान बनाउनेछन् । हरेक समूहका तेस्रो र चौथो टोलीले अर्काे चरण चरण पार गर्नुपर्ने हुन्छ ।
 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar