चैत्र १, २०८२ आइतबार | ०१:२८:०८
अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा अञ्जनको गोलमा श्री भगवतीविरुद्ध हारबाट जोगियो एनआरटी सन्तोषी र निर्मलालाई पिंक केयराथनको उपाधि हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट तन्डुकर सम्मानित सोनुको अलराउण्ड प्रदर्शनमा काठमाडौं फाइनल नजिक जन जागृतिलाई पहिलो अंक, सातदोबाटो सातौं खेलमा जितविहीन 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा

एन्फा, समर्थकलाई सम्मान गर

दर्शक र समर्थक कुनै पनि खेलको सुन्दरता हुन् । कुनै पनि खेल विकासमा समर्थकको उपस्थिती, समर्थन र सहयोगको महत्वपूर्ण योगदान हुन्छ । नेपालको सन्दर्भमा पनि यही लागू छ, अरु दक्षिण एसियाली देश र समग्र विश्व खेलकुदको हकमा पनि लागु हुने कुरा यही हो । एक वाक्यमा भन्ने हो भने, समर्थकविनाको खेलकुद कल्पनीयसम्म हुँदैन ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) विश्व क्रिकेटको सबभन्दा धनी क्रिकेट बोर्ड हो । यस्तै, इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’ वा जर्मन बुन्डेशलिगा यी सबै युरोपका मुख्य घरेलु फुटबल लिग विश्व खेलकुदका ‘ग्लोवल ब्रान्ड’ हुन् ।

भारतमा क्रिकेटको वृद्धि निसन्देह रुपमा त्यहाँका जनतामा रहेको लोकप्रियतासँग जोडिएको छ, चाहे त्यो होस् फ्रेन्चाइज क्रिकेट होस् वा अन्य कुनै अन्तर्राष्ट्रिय शृंखला । बिसिसिआई वा माथि उल्लेख गरिएका अन्य युरोपियन लिगलाई धनी र प्रभावशाली बनाउने प्रमुख स्रोत भनेकै समर्थक हुन् ।

नेपालको सन्दर्भमा, केही हप्ताअघि राष्ट्रिय महिला फुटबल टिमले पहिलो पटक ‘नेपाली फुटबलको घर’ दशरथ रंगशालामा आधिकारिक प्रतियोगिता खेल्यो । जसमा नेपाल सँधैझै उपविजेता बन्यो । यसअघि भारतसँग जस्तै यसपाली चाँही फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित भयो ।

साढे तीन दशकभन्दा लामो समयअघि अन्तर्राष्ट्रिय खेल यात्राको थालनी गरेको भए पनि नेपाली महिला टिमले ‘आफ्नो घर’मा आधिकारिक प्रतियोगिता खेल्न पाएको यो पहिलो पटक थियो । रंगशालामा फुटबलप्रेमी समर्थकहरुले नेपाली टिमलाई उत्साहपूर्ण स्वागत गरे, जोशिलो समर्थन गरे । जसले फुटबल व्यवसायिक बन्न नसकेको देशमा नयाँ दृष्टिकोणको सुरुआत गर्यो ।

नयाँ दृष्टिकोण

महिला टिमको असाधारण क्षमताको योजनावद्द र सही मार्गनिर्देश हुनुपर्छ । अहिले यसको जिम्मेवारी देशको फुटबल अभिभावक अखिल नेपाल फुटबल संघ (एन्फा) सँग छ । तर, उनीहरुले कसरी यसलाई अघि लैजान्छन् भन्ने प्रश्नलाई महिला फुटबल टोलीको गर्विलो यात्राले थप सान्दर्विक बनाएको छ ।

तर, दुःखद सत्य के भने, नेपालमा पुरुष फुटबल पनि व्यवसायिक बन्न सकेको छैन । यद्यपि, हरेक अवसरअघि चुनौतीहरु हुन्छन् । आशा छ, सम्बन्धित निकायले यसबारे चासो देखाउने मात्र नभई केही ठोस कदम चाल्नेछ । स्पष्ट खाका अगाडि ल्याउनेछ । नेपाली महिला फुटबलको हक लाग्ने एसियाली स्तरसम्मको यात्रामा सारथी बन्नेछ ।

समर्थकको बारेमा यसअघि नै चर्चा गरिएको भए पनि एन्फा उनीहरुको ‘ह्यान्डलिङ’ मा निक्कै लापरवाह र असम्वेदनसिल देखियो । नेपाल–बंगलादेशबीचको खेल समाप्त भएपछि साधारण प्यारापिटका केही समर्थक आफ्ना प्रिय खेलाडीलाई भेट्न मैदानमा उत्रिए । जसलाई उनीहरुले टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा देखेका थिए ।

समर्थक मैदानमा उत्रिने घटना नेपालमा मात्र होइन । विश्वभर नै यस्ता घटनाहरु हुने गर्छन । यो भन्दा धेरै माथिल्लो स्तरका प्रतियोगिताहरु, जस्तै विश्वकप र युरोपियन च्याम्पियनसिपमा पनि आफ्ना प्रिय स्टारसँगको एक सेल्फी वा नजिकबाट पाइने एक झलकको आशामा समर्थकहरु मैदान ओर्लिएका दृष्यहरु सामान्य तरिकाले नै देखिइरहन्छन् । तर, मैदानमा सुरक्षाका लागि रहेको गार्डले समर्थकलाई त्यसरी कहिल्यै पिटदैनन्, जसरी दशरथ रंगशालामा मंगलबार नेपाली फुटबलका एक समर्थकले पिटाई खानुपर्यो ।

गार्डले मैदानमा ओलिएका ती समर्थकलाई कुटपिट मात्र गरेनन्, कुट्दै रंगशालाको एक कुनामा लगे र निर्दयी रुपमा बाहिर हुत्याइदिए ।

रंगशालाको सुरक्षा व्यवस्थापन कडा हुनुपर्छ । यसमा प्रश्न गर्न खोजिएको होइन । तर, यसो भन्दैमा एन्फा वा गार्डहरुलाई समर्थकमाथि कुटपिट गर्ने कुनै पनि अधिकार छैन । फेरि समर्थक कुटेर सुरक्षा दिएँ भन्नु भन्दा वाहियात तर्क पनि अरु केही हुन सक्दैन ।

एन्फा, अब उठ र आफ्ना गार्डहरुलाई शिक्षा देउ । भविष्यमा यस्ता घटना पुनः नदोहोर्याउ । त्योभन्दा पहिला आफै शिक्षा लेउ । समर्थकहरुको सम्मान गर । समर्थक पिटाई होइन, मात्र सम्मानको हकदार हुन् । उनीहरु कुनै पनि खेललाई जिवन्तता प्रदान गर्ने सुन्दर सारथी हुन् ।

(अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ एआइपिएसबाट २०१९ मा विश्वकै सर्वोत्कृष्ट स्तम्भ लेखकको पुरस्कार पाएका पत्रकार ओली दी काठमाडौं पोष्टमा कार्यरत छन् । नेपाली खेल पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव ओलीको ब्लगबाट साभार) 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||