कार्तिक ११, २०८१ आइतबार | १४:१९:३७
साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५–१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५–१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल

रियालको पोष्टमा बार्सिलोनाको ४ गोल

काठमाडौं । स्ट्राइकर रोबर्ट लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले एल क्लासिकोमा रियाल मड्रिडलाई ४–० ले हराएको छ ।

शनिबार राति रियालको घरेलु मैदान सान्तियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले चारै गोल दोस्रो हाफमा गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

लेवान्डोस्कीले खेलमा दुई गोल गरेका थिए । उनले तीन मिनेटभित्र दुई गोल गरेपछि घरेलु टोली दबाबमा आएको थियो । थप गोल लामिन यमल र राफिन्हाले गरे ।

जितपछि बार्सिलोनाले तालिकामा ६ अंकको अग्रता बनाएको छ । ११ खेलमध्ये १० खेल जितेको बार्सिलोनाको ३० अंक छ । रियाल २४ अंकसहित दोस्रो स्थानमा रह्यो ।

खेलको ३०औं मिनेटमा रियालका केलियन एम्बाप्पेले पहिलो गोल गरेका थिए । तर, पहिलो एल क्लासिको खेलिरहेका एम्बाप्पेको गोललाई भिडियो असिस्टेन रेफ्री (भिएआर)ले मान्यता दिएन । उनी खेलबाट ६ भन्दा बढी अफसाइड रहे । एम्बाप्पेसँगै रियालका भिनिसियस जुनियर, जुड वेलिंघम खेलमा गोलविहिन भएका थिए ।

मार्क कासाडोको पासमा लेवान्डोस्कीले ५४औं मिनेटमा अग्रता बनाए । एलेजान्द्रो बाल्डेको पासमा दुई मिनेटपछि नै लेवान्डोस्कीले अर्काे गोल थपेका थिए ।

७७औं मिनेटमा राफिन्हाको पासमा यमलले प्रभावशाली गोल गरेका हुन् । इनिगो मार्टिनेजको पासमा राफिन्हाले ८४औं मिनेटमा बार्सिलोनाको लागि ४–० को अग्रता बनाएका हुन् ।

ह्यान्सि फ्लिक प्रशिक्षक भएपछि बार्सिलोनाले लगातार उच्च प्रदर्शन गरिरहेको छ । पछिल्लो खेलमा बायर्न म्युनिखलाई पनि च्याम्पियन्स लिगमा ४–१ ले हराएको थियो ।
 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar