कार्तिक ११, २०८१ आइतबार | १४:१८:५६
साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५–१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५–१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त रियालको पोष्टमा बार्सिलोनाको ४ गोल साफ महिला च्याम्पियनसिपः बालादेवीविरुद्ध सावित्रा, हेर्नलायक सेमिफाइनल

बंगलादेशलाई भुटानको चुनौती

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२२ को पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गरेको थियो । बंगलादेशले त्यतिबेला पहिलो पटक अन्तिम चारसम्मको यात्रा गरेको भुटानविरुद्ध त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ८–० को फराकिलो जित हासिल गरेको थियो ।

दुई वर्षपछि यी दुई टोलीको फेरि भेट भएको छ । बंगलादेशले आइतबार साफ च्याम्पियनसिपको सातौं संस्करणको पहिलो सेमिफाइनलमा भुटानको सामना गर्दैछ । भुटान र बंगलादशबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।

मैदान त्यही हो, प्रतिद्धन्द्धी पनि त्यही । तर, बंगलादेशलाई यसपालि भुटानलाई हराउन त्यति सहज भने हुनेछैन । अघिल्लो संस्करण बंगलादेश भुटानविरुद्ध एकपक्षीय रुपमा हाबी भएको थियो । यसपालि कम्तिमा पनि यस्तो हुनेछैन । अझ अप्रत्याशित नतिजा आउँदो हो त, भुटानले नाटकीय जित हासिल गर्ने सम्भावना पनि छ ।

साफ महिला च्याम्पियनसिप सातौं संस्करण पार गर्ने क्रममा छ । तर, च्याम्पियनसिपमा अहिलेसम्म पनि स्तब्धतापूर्ण खेलहरु भएका छैनन् । आइतबार यो इतिहास फेरिन सक्ने झिनो आशा राख्न सकिन्छ । कम्तिमा पनि व्यावहारिक रुपमा । कागजमा भने बलियो बंगलादेश नै हो । 

यी दुईको पछिल्लो भेटले पनि यहि नै भन्छ । गत जुलाईमा भुटानले राजधानी थिम्पुमा बंगलादेशी टोलीलाई दुई मैत्रीपूर्ण खेलका लागि स्वागत गरेको थियो । जसमा बंगलादेशले भुटानलाई सहजै पराजित गर्यो । बंगलादेशले पहिलो खेल ५–१ र दोस्रो खेल ४–२ ले आफ्नो पक्षमा पार्यो । यस्तोमा भुटानप्रति झिनो आशा राख्नु कत्तिको सहि कत्तिको गलत ?

समूह चरणको पहिलो खेलमा भुटानले आयोजक नेपालविरुद्ध ऐतिहासिक बराबरी खेल्यो । अन्तर्राष्ट्रिय मञ्चमा भुटानले नेपालसँग इतिहासमै पहिलो पटक अंक खोसेको हो । पहिलो खेलपछि निकोला डेमिनले भनेकी थिइन्, ‘हामी धेरैभन्दा धेरै गोल गरेर अंकतालिकाको शीर्ष स्थानमा रहेर सेमिफाइनलको यात्रा गर्न चाहन्छौं । हामी यसपालि फाइनल खेल्न चाहन्छौं ।’

डेमिनले बोल्न मात्र बोलिनन्, गरेरै देखाइन् । दोस्रो खेलमा श्रीलंकालाई ४–१ ले निराश पारेको भुटान तेस्रो खेलमा माल्दिभ्समाथि १३–० को जित हासिल गर्न सफल रह्यो । अन्त्यमा एक गोलले पछाडि रहँदै भुटानले दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो । उनले बढीभन्दा बढी गोल गर्ने प्रतिक्रिया साँचिक्कै पूरा गरिन् । अब पालो फाइनलमा प्रवेश गर्ने । यसका लागि टोली तयार छ ।

बंगलादेश प्रतियोगिताकै सबैभन्दा राम्रो टोली देखिएको छ । पहिलो खेलमा पाकिस्तानविरुद्ध १–१ को बराबरी खेलेको बंगलादेशले दोस्रो खेलमा पाँच पटकको च्याम्पियन भारतलाई ३–१ ले हरायो । पहिलो खेलमा बंगलादेशले पाकिस्तानविरुद्ध गोलका लागि संघर्ष गर्नुपरेको थियो । तर, बंगलादेशले च्याम्पियन शैलीमा कमब्याक गर्यो । पहिलो हाफमा पछाडि परेको उसले च्याम्पियन शैलीमा इन्जुरी समयमा गोल फर्काएको थियो । दोस्रो खेलमा त बंगलादेशले पहिलो हाफमै तीन गोल गर्यो, त्यसपछि बाँकी ४५ मिनेट उसले भारतको आक्रमणलाई रोक्यो ।

च्याम्पियन शैली, हेड टु हेड र पछिल्ला नतिजाका आधारमा बंगलादेश भुटानविरुद्ध जितको बढी दाबेदार देखिन्छ ।

बंगलादेशका लागि विंगर रितु पोर्ना चक्मा र मिडफिल्डर मोनिका चक्मा हेर्नलायक खेलाडी हुन् । यी दुईको संयोजन पछिल्ला दुई खेलमा बंगलादेशले प्राप्त गरेका अंकमा महत्वपूर्ण रह्यो । बंगलादेशविरुद्ध भुटानी फरवार्ड देकी ल्हाजोम खतरा बन्न सक्छिन् । प्रतियोगितामा देकीले सात गोल गरिसकेकी छन् । सर्वाधिक गोलकर्ताको दौडमा उनी नेपाली फरवार्ड रेखा पौडेलसँगै सूचीमा पहिलो स्थानमा छन् ।
 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar