पुस १४, २०८२ मंगलबार | ००:२७:५९
एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एन्फा यु-१६ लिगः पुलिस च्याम्पियन, निर्णायक खेलमा मछिन्द्र फ्रेन्ड्ससँग हार्यो एनभिए च्याम्पियनसिपः न्यु डायमन्डको लगातार दोस्रो जित नेपाल ओलम्पिक कमिटीको २१औं साधारण सभा सम्पन्न आर्मी लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा अदालतमा हैन, मैदानमा खेल हुनुपर्योः एनओसी अध्यक्ष जीवनराम पश्चिम रुकुम क्वार्टरफाइनल पुग्ने तेस्रो टोली न्यु डायमन्ड र आर्मी भिड्दै, पश्चिम रुकुमलाई अवसर टोटनहम विजयी
शनिबारको दिन पाँच प्रश्न

मन छुने किताब पढ्नुपर्छः धाविका सन्तोषी

काठमाडौं । कसैले नभन्नु, खेलाडीले किताब पढ्दैनन् भनेर । त्यो पनि स्कुल, कलेजमा पढ्नुपर्ने किताब होइन । हामी कोर्स बाहिरका किताबको कुरा गरिरहेका छौं । हामी यस्तै कुरा गर्छौं भने किताब पढ्ने खेलाडीमध्ये सबैभन्दा अगाडि आउने नाम हो, सन्तोषी श्रेष्ठ । धाविकाको रूपमा उनी अब्बल छिन् । हाफ म्याराथन भन्ने बित्तिकै अचेल विजेता कोही हुन्छ भने तिनै सन्तोषीमात्रै हुन् । तर, हामीले अहिले उनीसँग गरेको कुराकानी भने खेललाई लिएर होइन, किताब र किताब पढ्ने बानीलाई लिएर हो । सन्तोषीसँगका पाँच प्रश्न ।

घरमा कति जति किताब होलान् ?– घरमा सानोतिनो लाइब्रेरी नै छ भन्दा हुन्छ । सायद चार हजार जति किताब हुँदो हो । यसमध्ये अधिकांश किताब दाइ केदार श्रेष्ठले किन्नुभएको हो । उहाँकै कारण मलाई पनि पढ्ने बानी बसेको हो भन्दा हुन्छ । उहाँ कस्तो भने कसैलाई भारी बोकाएर समेत किताब किनेर आउने मान्छे । त्यसैले मैले तिनै किताब पढ्ने अवसर पाएँ ।

कहिलेदेखि किताब पढ्ने बानी बस्यो त ?– काठमाडौं आएदेखि । त्यो भनेको दस वर्षजति भयो होला । त्यही बेला दाइले किन्नुभएका किताब घरमा धेरै हुन्थ्यो । त्यसैलाई पढ्ने गर्थें । १० वर्षदेखि म नियमित पढिरहेको छु । औपचारिक शिक्षामै जोड दिने मान्छे हुँ म । त्यसबाहेक पनि बाहिरका किताब पनि उत्तिकै पढ्नुपर्छ भन्छु म ।

तपाईं आफैं कत्तिको किताब किन्नुहुन्छ ?–किन्छु नि । तर अचेल मैले त्यस्तो किताब किन्छु, जुन दाइले किन्नु हुन्न । त्यसैले सबैभन्दा पहिले त्यस्तो किताब किन्नुपर्छ भनेर निश्चित हुन्छु, जुन दाइले किन्नु हुन्न । दाइले नकिन्ने खालका किताब म किन्छु । मज्जा लाग्छ किताब किनेर पढ्न । आजभोलि त साहित्यिक महोत्सवमा पनि भाग लिन्छु । मलाई पनि सहभागी हुन बोलाइरहनु हुन्छ । म त्यसमा किताबबारे बहसमा भाग पनि लिन्छु ।

कस्ता किताब पढ्नुहुन्छ ? –यस्तै किताब भन्ने हुन्न । सुरु–सुरुमा कथाका किताब पढें । पछि उपन्यास पनि पढें । फेरि तिनै किताबहरू आजभोलि दोहो¥याएर पढ्ने गर्छु । सुरुमा पढ्दा किताबले जे भन्न खोजेको थियो, त्यो फरक हुन्थ्यो । अहिले पढ्दा फरक पाउँछु । मैले राजनीतिक सिद्धान्तका किताबसम्म पनि पढेको छु ।

तपाईंलाई मनपरेका खास केही पुस्तक ?– यो चाहिँ निकै गाह्रो प्रश्न भयो । साहित्यिक महोत्सवमा मलाई यस्तै प्रश्न गरिएको थियो । तर, मैले उत्तर दिन सकिनँ । अहिले राम्रो लागेको पुस्तक केही समयपछि मलाई नलाग्न सक्छ । अर्कै पुस्तकले मलाई आकर्षित गर्न सक्छ । मुख्य कुरा म त्यस्तै किताब पढ्ने प्रयास गर्छु, जसले मेरो मन छुने गर्छ । पछिल्लो समय खेलाडी भएको नाताले कसैलाई प्रेरित गर्न सक्ने किताब बढी मन पराउन थालेको छु ।