काठमाडौं । नेपालको राष्ट्रिय महिला भलिबल टिमले गत महिना त्रिपुरेश्वरमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगमा दोस्रो स्थान हासिल गर्यो ।
भारतमाथि पहिलो पटक जित हासिल गर्नु प्रतियोगितामा नेपाली टोलीको उल्लेख्य सफलता थियो । सँगै इरानलाई सेमिफाइनलमा सोझो सेटमा हराउनु नेपाली महिला भलिबलले गर्व गर्न लायक अर्को नतिजा थियो । जसले समूह चरणमा इरान तथा फाइनलमा भारतसँग पाँच सेटसम्म प्रतिस्पर्धा गर्दै भोगेको पराजयलाई छायाँमा पार्यो ।
काभा भन्दा केही दिनअघि नेपाली टोलीले विश्व भलिबलको एउटा महारथी रुसको टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । दुवै खेलमा नेपाल पराजित भए पनि टोलीको प्रदर्शन तारिफ योग्य थियो । रुसी टिमसँगको मैत्रीपूर्ण खेल र काभामा महिला टिममा देखिएको अर्को उत्साहजनक पक्ष भनेको शारीरिक रुपमा अग्ला नयाँ खेलाडीको आगमन थियो ।
हामीले भारत र इरानसँग खेलेको खेल र हासिल गरेको नतिजाले गर्दा नयाँ पुश्ताका बहिनीहरुलाई प्रेरणा मिल्छ । हामीले भारत र इरानसँग हारेका दुवै खेल पाँचौं सेटमा हारेका छौं । बेस्ट अफ फाइभ पुगेर हार्नु भनेको जितेजस्तै हो ।
सुमित्रा रेग्मी नेपाली महिला भलिबलकी त्यस्तै आशालाग्दी खेलाडी हुन् । ५ फिट ११ इन्च उचाई भएकी सुत्राले काभाका ६ र रुसी टिमविरुद्धका दुई गरि सबै खेलमा उच्च प्रदर्शन गरिन । राष्ट्रिय टिमबाट गरेको उच्च प्रदर्शनका कारण आसन्न फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट भलिबल लिगअन्तर्गतको टोली कर्णालीले सुमित्रालाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको छ ।
भलिबल खेल्न थालेको दुई वर्षमै राष्ट्रिय टिममा परेकी २३ वर्षे सुमित्रासँग खेलाडी डटकमका लागि अजय फुयालले गरेको कुराकानीको सम्पादित अंशः
पहिलो पटक भारत र इरानलाई हरायो, अहिले सम्झँदा कस्तो लाग्छ ?
लिगमा इरानसँग हार्दा सोचेजस्तो प्रदर्शन गर्न सकेनौं । भारतलाई जित्दा निक्कै खुसी लाग्यो । लिगमा इरानको डिफेन्स निक्कै राम्रो थियो । हामीले त्यसलाई ब्रेक गर्न सकेनौं । हामीले गल्ती पनि गर्यौं ।
सेमिफाइनलमा आएपछि त्यो गल्ती सुधारेर जित्न सक्छौं भन्ने मनोबल लिएर त्यहीअनुसारको रणनीति बनाएर कोर्टमा उत्रियौं । समूह चरणको खेलबाट हामीलाई विपक्षीको स्तर जाच्न र आफ्ना गल्ती थाहा पाउन सहयोग मिल्यो । त्यसको फलस्वरुप सेमिफाइनलमा सोझो सेटमै जित्यौं ।
अहिले सम्झँदा निक्कै रोमाञ्च महशुष हुन्छ । त्यो दुई नतिजाका कारण हामीले अब अन्तर्राष्ट्रिय भलिबलमा सक्छौं भन्ने आत्मविश्वासको अनुभव गर्न सक्यौं । खुसी लाग्छ ।
फाइनलमा चाँही भारतसँग किन चुक्यो, टिम नेपाल ?
लिगमा पनि हामीले भारतसँग सजिलै जितेको होइन । बेस्ट अफ फाइभ पुगेर निक्कै मेहनतपछि जितेका थियौं । तर लिगमा जितिसकेपछि हामी सबैले पनि फाइनलमा फेरि जितेर उपाधि घरमै राख्ने भन्ने सोचेका थियौं । हामीले भारतलाई कमजोर चाँही आँकेका थिएनौं । तर जित्ने आशा बलियो थियो ।
लिगमा हामीले पाँच सेटसम्म खेलेर हरायौं, फाइनलमा उनीहरुले पाँच सेटसम्म खेलेर हराए । पाँच सेटसम्म पुग्नु भनेको आफैमा सानो कुरा होइन । त्यहाँ पुगिसकेपछि जित र हार भन्ने नतिजा जे पनि हुन सक्छ ।
फाइनलमा राम्रो गर्यो भने जितिन्छ भन्ने थियो । तर पाँचौं सेटमा खेल पुग्दा हामी हार्न पुग्यौं । उनीहरुले ब्लकमा र डिफेन्समा टाइट गरिदियो । हामीले लुज खेल्यौं भनौं न । भारत आफैमा एउटा बलियो टिम हो । हामी पनि कमजोर टिम त होइन ।
तर, उनीहरुसँग हामीभन्दा धेरै अनुभव छ । लिगमा हामीले पाँच सेटसम्म खेलेर हरायौं, फाइनलमा उनीहरुले पाँच सेटसम्म खेलेर हराए । पाँच सेटसम्म पुग्नु भनेको आफैमा सानो कुरा होइन । त्यहाँ पुगिसकेपछि जित र हार भन्ने नतिजा जे पनि हुन सक्छ । फाइनल हारे पनि हामी आगामी दिनमा भारतलाई हराउन सक्छौं भन्ने चाँही हामीले प्रमाणित गरेका छौं ।
भारत र इरानसँग दुई/दुई खेल खेल्दा एक/एक खेल जित्यौं । एक/एक खेल हार्यौं । यसलाई हेर्दा नेपाली महिला भलिबलको स्तर कहाँ देख्नुहुन्छ ?
पक्कै पनि माथि गएको भन्न सकिन्छ । इरान र भारत दुवै राम्रा टिम हुन् । उनीहरुसँग यो खालको प्रदर्शन र नतिजाले नेपालको भलिबल पनि माथि गएको भन्न सकिन्छ । उनीहरुलाई यसै पनि भलिबलमा हामीभन्दा हाइट एडभान्टेज छ । हाइटमात्र नभएर सबै कुरामा उनीहरु हामीभन्दा माथि छन् । तैपनि हामीले आफू पनि कमजोर छैनौं भन्ने देखायौं ।
काभा महिला नेशन्स लिगमा भारत र इरानसँगै माल्दिभ्स र श्रीलंकालाई पनि नेपाली टिमले हरायो । यसबाट नेपाली महिला भलिबल कसरी प्रेरित होला ?
हामीले भारत र इरानसँग खेलेको खेल र हासिल गरेको नतिजाले गर्दा नयाँ पुश्ताका बहिनीहरुलाई प्रेरणा मिल्छ । हामीले भारत र इरानसँग हारेका दुवै खेल पाँचौं सेटमा हारेका छौं । बेस्ट अफ फाइभ पुगेर हार्नु भनेको जितेजस्तै हो ।
त्योमात्र होइन । काभाभन्दा अगाडि रुसको टिमसँग दुई मैत्रीपूर्ण खेल पनि थियो । त्यहाँ नेपालले नजिते पनि प्रदर्शन राम्रो भयो । टिमको प्रदर्शन राम्रो भयो । यो सब नतिजाहरुले अब नयाँ पुश्ताका बहिनीहरुलाई ‘दिदीहरुले त सक्नुभयो । हामी पनि सक्छौं । भलिबलमा पनि भविश्य छ’ भन्ने सन्देश प्रवाह हुन्छ ।
व्यक्तिगत रुपमा तपाईंको प्रदर्शन कस्तो भयो जस्तो लाग्छ ?
मेरो विचारमा कही राम्रो भयो, कहीँ नराम्रो भयो । सर्विसमा मैले गल्ती गरेँ, फाइनलमा आएर । अनुभवको पनि कमी हो की जस्तो लाग्छ । यस्तै खेलहरु खेल्दै गए विस्तारै राम्रो हुँदै जान्छ । म त पहिलो पटक रुसी टिमविरुद्धको खेलमा राष्ट्रिय टिमबाट खेलेको हो । त्यसपछि राम्रै गरेर होला गुरुहरुले बाँकी सबै खेलमा मौका दिनुभयो ।
कोर्टमा पस्दा सधै भगवान सम्झेर पस्ने गर्थे । पहिलो पटक कोर्टमा पस्दा पनि भगवानलाई सम्झिएँ । चारैतिर आफ्नै समर्थक देख्दा प्राउड फिल भयो ।
पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर कोर्ट छिर्दा कस्तो अनुभव हुँदो रहेछ ?
राष्ट्रिय टिममा ‘डेब्यु’ गर्दा सबैजना खुसी हुन्छ । मैले पनि आफूलाई प्राउड फिल गरेँ । कुनै पनि खेलाडीसँग राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने सबैको रहर पनि हुन्छ नी । मैले पनि सुरुमा क्लबबाट मात्र खेल्दै आएको थिएँ । राष्ट्रिय टिमको जर्सी लगाएपछि चाँही ममा पनि जिम्मेवारी छ, मैले देशका लागि केही गर्नुपर्छ भन्ने भावना आयो ।
कोर्टमा पस्दा सधै भगवान सम्झेर पस्ने गर्थे । पहिलो पटक कोर्टमा पस्दा पनि भगवानलाई सम्झिएँ । चारैतिर आफ्नै समर्थक देख्दा प्राउड फिल भयो । राष्ट्रिय टिमको जर्सी लगाएर कोर्टमा पसेपछि छुट्टै इनर्जी आउँदो रहेछ । गर्नुपर्छ भन्ने भावना आउँदो रहेछ ।
भलिबल खेल्न थालेको दुई वर्षमै राष्ट्रिय टिममा आइपुग्नुको रहस्य के हो ?
कुमार सर (न्यु डायमण्ड एकेडेमीका प्रशिक्षक कुमार राई)का कारण नै हो । मैले भलिबल कुमार सरसँग भेट भएपछि मात्र पहिलो पटक छोएको हो । सरको सिकाइ, मेरो मेहनत र गुरुहरुको विश्वासका कारण होला जस्तो लाग्छ । हाइट एडभान्टेज भएर पनि होला ।
प्रशिक्षक कुमार राईसँग कसरी जोडिनुभयो ?
म बस्ने होस्टल पनि न्यु डायमण्ड एकेडेमीसँगै थियो । म त्यहाँ बस्न थालेको एक वर्षपछि कुमार सरले एकेडेमीमा भलिबल सिकाउनुहुन्छ भन्ने थाहा भयो । त्यसपछि युट्युबमा खोज्दा प्रतिभा दिदी (प्रतिभा माली), रमिला दिदी (पूर्व राष्ट्रिय खेलाडी रमिला तण्डुकार), ललिता दिदी (न्यु डायमण्ड एकेडेमीकी पूर्व खेलाडी एवं वर्तमान सहायक प्रशिक्षक ललिता नाथ)हरुको भिडियो हेरेँ । त्यसपछि आफू पनि एकेडेमीमा गएर सिक्न पाए भन्ने लाग्यो । मलाई मेरो दिदी र नवीन थापा मगर दाईंले सरलाई गएर भेट्ने सुझाव दिनुभयो । भाग्यले सरसँग भेट गरायो ।
सरले त्योबेला मेरो उमेर पनि सोध्नुभयो । मैले २० वर्ष भइसकेको बताएँ । मलाई मनदेखि चाहेर केही गर्यो भने उमेरले रोक्दैन भन्ने विश्वास थियो । सरले पनि मलाई निरुत्साहित गर्नुभएन । उहाँले ‘ठिकै छ । ढिला आयौं, तैपनि मेहनत गर्यो भने सक्छौं’ भन्नुभयो ।
म गएर भेट्ने वित्तिकै सर खुसी हुनुभयो । ‘ओहो कति अग्लो नानी हो । घर कहाँ हो’ भनेर सोध्नुभयो । मैले संखुवासभा भनेपछि सरले ‘मेरो पनि संखुवासभा हो’ भनेर गाउँ सोध्नुभयो । मैले चैनपुर त्रिशुली भनेँ । त्यसपछि सरले ‘हाम्रै गाउँको नानी रहेछौं, ठिक छ । यत्रो हाइट पनि रहेछ । खेल्यो भने राम्रै हुन्छ’ भनेर मोटिभेट गर्नुभयो । सरको घर चाँही संखुवासभामा खाँदबारी रहेछ । त्यो भनेको हाम्रो र उहाँको वारीपारी हो ।
सरले त्योबेला मेरो उमेर पनि सोध्नुभयो । मैले २० वर्ष भइसकेको बताएँ । मलाई मनदेखि चाहेर केही गर्यो भने उमेरले रोक्दैन भन्ने विश्वास थियो । सरले पनि मलाई निरुत्साहित गर्नुभएन । उहाँले ‘ठिकै छ । ढिला आयौं, तैपनि मेहनत गर्यो भने सक्छौं’ भन्नुभयो ।
न्यु डायमण्ड एकेडेमीबाट खेलेर स्टार खेलाडी हुनुभयो । अब क्लब भलिबल कहाँबाट खेल्ने ? की यही क्लबबाट खेलिरहने ?
मलाई यो ठाउँसम्म ल्याएको न्यु डायमण्डले नै हो । त्यसैले जति खेल्छु, न्यु डायमण्डबाटै खेल्छु ।
महिला फ्रेन्चाइज लिग हुँदैछ । तपाई कर्णालीको मार्की खेलाडी, कस्तो लागिरहेको छ ?
एकदमै खुसी लागेको छ । राष्ट्रिय टिममा गुरुहरुले विश्वास गरेर खेलाउनुभयो । त्यसपछि मार्की खेलाडी भनेर आउँदा म त ‘सरप्राइज्ड’ नै भएँ ।
टिम कर्णाली कस्तो बनेको छ, लिगमा लक्ष्य के हो ?
सबैजनाको लक्ष्य राम्रो टिम बनाउने र जिताउने नै हुन्छ । मेरो र हाम्रो टिमको पनि त्यही हो । हामीले नेपालमा भएका राम्रा खेलाडी अनुबन्ध गरेका छौं । तीन जना विदेशी राख्न पाइन्छ । विदेशी पनि राम्रै राख्छौं । जित्नु नै हाम्रो लक्ष्य हो ।
महिला भलिबलमा यो फ्रेन्चाइज लिगले खेलाडीलाई कस्तो अर्थ राख्छ ?
खेलाडीलाई धेरै सहयोग पुग्छ । पहिलो पटक नेपालमा महिला भलिबलको फ्रेन्चाइज लिग हुँदैछ । यसले देशमै बसेर केही गर्ने भावना बोकेका खेलाडीलाई उत्साहित गर्छ । खेलाडीलाई आम्दानी हुने, त्यो पनि झन महिलालाई भनेपछि त यो निक्कै महत्वपूर्ण छ नी । महिला खेलाडीलाई खेलमा टिकाइराख्न यसले धेरै ठूलो योगदान गर्छ ।
काभामा उपाधि जित्न सक्नुभएन, उपविजेता हुनुभयो । तैपनि तपाईंहरुलाई अचेल सम्मानको ओहिरो लागेको छ । रोचक कुरा काठमाडौं महानगरपालिकाले पनि सम्मान गर्यो । सधै उधारो सम्मान खाने बानी लागेको खेलाडीलाई महानगरपालिकाले नगदसहित सम्मान गर्दा कस्तो लाग्यो ?
बालेन सर (महानगरपालिकाका मेयर बालेन शाह) फाइनलको अघिल्लो दिन हाम्रो होटलमा आएर मोटिभेट गरेर जानुभएको थियो । त्योबेला हाम्रो अवस्था कस्तो छ भनेर पनि सोध्नुभएको थियो । तलबको पनि कुरा भयो । भलिबल खेलाडीलाई सरकारबाट त केही छैन । संघले उठाएर महिनाको पाँच हजार दिन्छ भन्ने कुरा सबैजनाले भन्नुभयो । त्यसपछि बालेन सरले सरप्राइज्ड भएर ‘यतिमा त कसरी गरिरहनुभएको छ ? म पनि सकेजति केही गर्छु’ भनेर जानुभएको थियो ।
तर बालेन सरले भोलीपल्टै अचानक बोलाएर सम्मान गर्दा त हामी सबै छक्कै पर्यौं नी । त्यसले हामीलाई धेरै प्रोत्साहन मिल्यो । सिल्भर मेडल जित्दा त उहाँहरुले यस्तो गर्नुभयो, गोल्ड नै जित्यौं भने अब झन राम्रो गर्नुपर्छ भन्ने प्रोत्साहन मिलेको छ ।
फाइनलमा पनि पनि सर पहिलो सेट चलिरहँदा आउनुभएको थियो । सरसँगै सुनीता डंगोल म्याम (महानगरपालिकाकी उपमेयर) पनि आउनुभएको थियो । खेल हारेपछि पनि भेटेर ‘ठिक छ, तिमीहरुले राम्रो खेलेको हो’ भनेर जानुभयो ।
तर बालेन सरले भोलीपल्टै अचानक बोलाएर सम्मान गर्दा त हामी सबै छक्कै पर्यौं नी । त्यसले हामीलाई धेरै प्रोत्साहन मिल्यो । सिल्भर मेडल जित्दा त उहाँहरुले यस्तो गर्नुभयो, गोल्ड नै जित्यौं भने अब झन राम्रो गर्नुपर्छ भन्ने प्रोत्साहन मिलेको छ । यसले आगामी प्रतियोगितामा झन राम्रो हुन्छ ।
यो काभा नेसन्स लिग सकिएपछि तपाईं अध्ययनरत कलेज जाँदा कस्तो प्रतिक्रिया पाउनुभयो ?
म कलंकीको एडमार्क एकेडेमीमा बिबिएस पहिलो वर्ष पढ्दैछु । प्रतियोगिता सकिएको तीन दिनपछि लगातार दुई दिन गएँ । प्रतियोगिताका कारण लामो समयदेखि कलेज जान भ्याएको थिइन । कलेज पुग्नेवित्तिकै सर, म्यामहरु र साथीहरु सबैजना आएर ‘बधाई छ, धेरै राम्रो गर्यौं । अझ राम्रो गर्दै जानुपर्छ । ‘वी आर प्राउड अफ यु’ भन्दा त ओहो जस्तो लाग्यो, नर्भस नभै भएँ । सलिना दिदी (सलिना श्रेष्ठ) पनि त्यहीँ पढ्नुहुन्छ । सरहरुले ‘हाम्रो कलेजमा पनि दु्ई जना छन् है, भलिबल खेलाडी’ भन्दा गौरव लाग्यो ।