कार्तिक ११, २०८१ आइतबार | १६:०८:५३
भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त

साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को पहिलो सेमिफाइनलमा साबिक विजेता बंगलादेशले भुटानविरुद्ध पहिलो हाफमा ५-१ को अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालमा जारी खेलमा बंगलादेशका लागि तोहुरा खातुन र कप्तान सवीना खातुनले समान दुई गोल गरे । एक गोल रितु पोर्ना चक्माको नाममा रह्यो । भुटानका लागि एक गोल देकी लाजोमले गरिन् ।

खेलको सातौं मिनेटमै बंगलादेशले विंगर रितुको गोलमा अग्रता लियो । फरवार्ड तोहुराको पासमा रितुले बक्स नजिकैबाट गरेको लेफ्ट फुटेड प्रहार गोलमा परिणत भएको थियो । त्यसको पाँच मिनेटपछि बंगलादेशले अर्को गोल थप्यो । यसपालि रक्षक सेउली अजिमको पासलाई तोहुराले सदुपयोग गरिन् । उनको लेफ्ट फुटेड फितलो प्रहारले पनि पहिलो बारको जाली चुमेको थियो ।

खेलको २४औं मिनेटमा भुटानले सुनौलो अवसरमा गोल गर्न सकेन । मिडफिल्डर देकी याङ्दोनको थ्रु पासमा फरवार्ड नामगेल देमा गतिलो प्रहारबाट चुकिन् । उनको फितलो प्रहार बंगलादेशकी गोलकिपर रुप्ना चक्माले सहजै नियन्त्रणमा लिइन् । एक मिनेटपछि क्विक काउन्टर आक्रमणमा सवीनाको प्रहार दोस्रो बारको लोअर कर्नरमा ठोक्किँदा बंगलादेशले अग्रता बढाउन सकेन । त्यसकाे एक मिनेट पनि बित्न नपाउँदै सवीनाले नै बंगलादेशको अग्रतालाई तीन गोलमा पुर्याइन् । उनले राइट साइडबाट मोनिका चक्माले प्रदान गरेको क्रसलाई सदुपयोग गरिन् र वान टचमा गोल गरिन् ।

तोहुराले  ३५औं मिनेटमा विपक्षी रक्षक सुकमाया घलेलाई छक्याउँदै चलाखीपूर्ण ढंगबाट फेरि एक गोल थपिन् । त्यसको दुई मिनेटपछि नै सवीनाको दोस्रो गोलमा बंगलादेशले पाँच गोलको अग्रता लियो । सवीनाले यसपालि वान भर्सेस वानमा भुटानी गोलकिपर संगीता मोन्गरलाई बिट गरिन् ।

खेलको ४१औं मिनेटमा देकीले भुटानका लागि एक गोल फर्काइन् ।
 


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar