कार्तिक ११, २०८१ आइतबार | १८:१५:२६
भारतविरुद्ध पहिलो रोजाई सार्वजनिक, सरुको ठाउँमा पूजा चितवनले भित्र्यायो दोस्रो विदेशी खेलाडी लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक भारतविरुद्ध पहिलो रोजाई सार्वजनिक, सरुको ठाउँमा पूजा चितवनले भित्र्यायो दोस्रो विदेशी खेलाडी लुम्बिनीको विजयी सुरुआत भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक

भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा

भुटानविरुद्ध गोल गरेपछि खुसीयाली मनाउँदै बंगलादेशी खेलाडी, तस्विरः सरोज सापकोटा/ खेलाडी ।

काठमाडौं । भुटानलाई ७-१ गोल अन्तरले पराजित गर्दै साबिक विजेता बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगाशालमा सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनलमा तोहुरा खातुनको ह्याट्रिकप्रेरित बंगलादेशले स्ट्राइकर भुटानमाथि फराकिलो जित हासिल गरेको हो ।

बंगलादेश लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको छ । २०२२ मा बंगलादेशले यही मैदानमा फाइनल खेलेको थियो । बुधबार हुने फाइनल खेल, समग्रमा बंगलादेशको तेस्रो फाइनल हुनेछ । बंगलादेशले २०१६ मा पहिलो पटक फाइनल खेलेको थियो । बंगलादेशले फाइनलमा भारत र नेपालबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो हाफमा ५-१ गोल अन्तरको अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा दुई गोल थपेको हो । बंगलादेशका लागि अन्य गोल कप्तान सवीता खातुन, रितु पोर्ना चक्मा र सेउली अजिमले गरे । सवीनाले दुई तथा रिनु र मसुरा प्रविनले  समान एक गोल गरे । भुटानका लागि एक मात्र गोल देकी लाजोमले गरिन् ।

भुटानविरुद्ध ह्याट्रिक गरेकी ताहुरा खातुन, तस्विरः सरोज सापकोटा/ खेलाडी  ।

खेलको सातौं मिनेटमै बंगलादेशले विंगर रितुको गोलमा अग्रता लियो । फरवार्ड तोहुराको पासमा रितुले बक्स नजिकैबाट गरेको लेफ्ट फुटेड प्रहार गोलमा परिणत भएको थियो । त्यसको पाँच मिनेटपछि बंगलादेशले अर्को गोल थप्यो । यसपालि रक्षक सेउली अजिमको पासलाई तोहुराले सदुपयोग गरिन् । उनको लेफ्ट फुटेड फितलो प्रहारले पनि पहिलो बारको जाली चुमेको थियो ।

खेलको २४औं मिनेटमा भुटानले सुनौलो अवसरमा गोल गर्न सकेन । मिडफिल्डर देकी याङ्दोनको थ्रु पासमा फरवार्ड नामगेल देमा गतिलो प्रहारबाट चुकिन् । उनको फितलो प्रहार बंगलादेशकी गोलकिपर रुप्ना चक्माले सहजै नियन्त्रणमा लिइन् । एक मिनेटपछि क्विक काउन्टर आक्रमणमा सवीनाको प्रहार दोस्रो बारको लोअर कर्नरमा ठोक्किँदा बंगलादेशले अग्रता बढाउन सकेन । लगत्तै एक मिनेट पनि बित्न नपाउँदै सवीनाले नै बंगलादेशको अग्रतालाई तीन गोलमा पुर्याइन् । उनले राइट साइडबाट मोनिका चक्माले प्रदान गरेको क्रसलाई सदुपयोग गरिन् र वान टचमा गोल गरिन् ।

खेलको ३५औं मिनेट तोहुराले विपक्षी रक्षक सुकमाया घलेलाई छक्याउँदै चलाखीपूर्ण ढंगबाट फेरि एक गोल थपिन् । त्यसको दुई मिनेटपछि नै सवीनाको दोस्रो गोलमा बंगलादेशले पाँच गोलको अग्रता लियो । सवीनाले यसपालि वान भर्सेस वानमा भुटानी गोलकिपर संगीता मोंगेरलाई बिट गरिन् ।

गोलको खुसीयाली मनाउँदै बंगलादेशकाी कप्तान सवीना खातुन, तस्विरः सरोज सापकोटा/खेलाडी ।

खेलको ४१औं मिनेटमा देकीले भुटानका लागि एक गोल फर्काइन् । प्रतियोगितामा देकीको यो आठौं गोल हो । यस गोलसँगै देकी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएकी छन् । नेपालकी फरवार्ड रेखा पौडेलले देकीलाई पछ्याइरहेकी छन् । रेखाले सात गोल गरिसकेकी छन् ।

तोहुराले ५८औं मिनेटमा सवीनकाे पासलाई पाेस्टकाे दिशा दिँदै  ह्याट्रिक पूरा गरिन् । मसुराले ७२औं मिनेटमा कर्नरलाई सन्जिदा अख्तरको कर्नरलाई हेडरमार्फत जाली चुमाउँदै बंगलादेशलाई ७-१ को सानदार जित दिलाइन् । 

आइतबार दोस्रो सेमिफाइनलमा भारतले आयोजक नेपालको सामना गर्नेछ । खेल साँझ ६ः३० बजे सुरु हुनेछ ।


भिडियो
SAFF Women's Championship मा INDIA बिरुद्दको SEMIFINAL खेलका लागी अभ्यास गर्दै TEAM NEPAL
सावित्रा र रेनुका जोडिँदा टिम बलियो छ । फेरि घरमै भारतलाई हराउँछौ : Anjila Tumbapo Subba
भारतसँग खेल्न सबै खेलाडी तयार छौं : REKHA POUDEL
भारतीय खेलाडीलाई नजिकैबाट चिनेका छौं, जित्न गाह्रो हुन्न् : Sabitra Bhandari
भारतको रणनीति बुझेका छौं । सावित्रालाई सहजै खेल्न दिँदैनन् : Rajendra Tamang Coach, Nepal
KHELADI TALKS WITH AJAY PHUYAL II BIVEK BIKRANT ADHIKARI II ATHLETIC TRAINER
NEPAL 6 - 0 SRI LANKA । POST-MATCH PRESS CONFERENCE | COACH RAJENDRA TAMANG | Sabita Rana magar