कार्तिक ११, २०८१ आइतबार | १६:०९:१४
भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त भुटानमाथि फराकिलो जित हासिल गर्दै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा बंगलादेशविरुद्ध भुटान (फोटो फिचर) साफ च्याम्पियनसिपः भुटानविरुद्ध बंगलादेश ५-१ ले अगाडि नेपालले साउदी अरेवियालाई हरायो गण्डकीको सानदार जित सान्त्वना जितको लक्ष्यमा नेपाल नेपालका विजयलाई उसु विश्वकपमा कांस्य पदक नेपाल र अमेरिका खेल्दै बंगलादेशलाई भुटानको चुनौती हार्भे रेनार्ड पुनः साउदीको प्रशिक्षकमा नियुक्त
शनिबारको दिन नेपाल क्रिकेट संघ

एनपिएलका कुन-कुन टोलीले ल्याए विदेशी प्रशिक्षक ?

काठमाडौं ।  नेपाली क्रिकेटवृत्तमा यतिबेला नेपाल प्रिमियर लिग (एनपिएल)ले माहोल  बनाइरहेको छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आफैंले आयोजना गर्न लागेको फ्रेन्चाइज लिग क्रिकेटका प्रतिस्पर्धी टोलीहरू टिम तयार पार्न व्यस्त छन् ।

टोलीहरूले अक्सनबाट आधाभन्दा बढी खेलाडी भित्र्याइसके पनि विदेशी कोटा र ट्यालेन्ट हन्टका खेलाडी लिने क्रममा छन् । फ्रेन्चाइज टिमहरूले आफ्ना विदेशी खेलाडी धमाधम घोषणा गरिरहेका छन् । त्यसमा न्युजिल्यान्डका जिम्मी निसम, दक्षिण अफ्रिकाका मर्चेन्ट डी लाङ्ग जस्ता ठूला नामा पनि एनपिएल खेल्न नेपाल आउँदै छन् ।

पाँच विदेशीमध्ये तीन भारत तथा समान १ आयरल्यान्ड र क्यानाडाका छन् ।

मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले एनपिएलमा प्रतिस्पर्धा गर्नेछन् ।

आठवटै फ्रेन्चाइज टोलीले आफ्ना मुख्य प्रशिक्षक पनि सार्वजनिक गरिसकेका छन् । उनीहरूले स्वदेशीभन्दा पनि विदेशी प्रशिक्षकलाई बढी विश्वास देखाएका छन् । आठमध्ये तीन टोलीमा मात्र नेपाली प्रशिक्षक छन् । काठमाडौंले वसन्त शाही, कर्णालीले ज्ञानेन्द्र मल्ल र सुदूरपश्चिमले जगत टमाटालाई प्रशिक्षकका रूपमा नियुक्त गरेको छ ।  

पाँच विदेशीमध्ये तीन भारत तथा समान १ आयरल्यान्ड र क्यानाडाका छन् ।

एनपिएलमा आउने विदेशी प्रशिक्षक

पुबुदु दासानायके (क्यानाडा)

पुबुदु दासानायके  ।

जनकपुर बोल्ट्सले अनुभवी प्रशिक्षक पुबुदु दासानायकेलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ । क्यानाडाका दासानायकेले दुई कार्यकाल नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सम्हालिसकेका छन् । पहिलो पटक उनले सन् २०११ देखि २०१५ सम्म नेपाली राष्ट्रिय टोली हेरेका थिए ।  

दासानायकेको प्रशिक्षणमा नेपालले डिभिजन ५ हुँदै एकदिवसीय विश्वकपसम्मको यात्रा तय गरेको थियो । नेपालले पहिलो पटक सन् २०१४ को आइसिसी ट्वान्टी-२० विश्वकप खेल्दा पनि दासानायके नै प्रशिक्षक थिए ।

उनले सन् २०२१ देखि २०२२ सम्म दोस्रो पदक नेपाली टोलीको प्रशिक्षण सम्हाले । दासानयाकेको दोस्रो कार्यकाल भने यादगार रहन सकेन । उनले अमेरिका र क्यानडाको राष्ट्रिय टोली पनि हेरेका छन् । एमएडी ड्रिम्स प्रालिको स्वामित्व रहेको जनकपुरको मार्की खेलाडीमा राष्ट्रिय टोलीका विकेटकिपर÷ब्याटर आसिफ शेख छन् ।

उमेश पटवाल (भारत)

 उमेश पटवाल ।

चितवन राइनोजले भारतका उमेश पटवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । पटवालले नेपाली राष्ट्रिय पुरुष टोलीको प्रशिक्षण सम्हालिसकेका छन् । उनले एभरेस्ट प्रियिमर लिग (इपिएल) मा पोखरा राइनोजको प्रशिक्षण सम्हालेका थिए ।

उनीसँग अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीको ब्याटिङ तथा इन्डियन प्रिमियर लिग (आइपिएल) टोली कोची टस्कर केरलाको सहायक प्रशिक्षकको रूपमा काम गरेको अनुभव पनि छ ।

 चितवन मेडिकल कलेजको स्वामित्व रहेको चितवन राइनोजमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्ल मार्की खेलाडी छन् ।

केभिन ओ’ब्रायन (आयरल्यान्ड)

केभिन ओ’ ब्रायन

विराटनगर किंग्सले आयरल्यान्डका पूर्व खेलाडी केभिन ओ’ ब्रायनलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । उनी नेपाली क्रिकेट समर्थकका लागि परिचित नाम हो । उनले एभरेस्ट प्रिमियर लिगमा काठमाडौं किंग्सबाट खेलेका थिए । ओ’ब्रायनले पहिलो पटक प्रशिक्षण जिम्मेवारी सम्हाल्दै छन् ।

ड्रिम्स प्रालिको स्वामित्व रहेको विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने छन् ।

राजीव कुमार (भारत)

 राजिव कुमार ।

पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षकमा भारतका राजिव कुमारमाथि विश्वास गरेको छ । उनीसँग इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सको ब्याटिङ र फिल्डिङ प्रशिक्षकका रूपमा काम गरेको अनुभव छ । 

कुमारले हाल झारखण्ड क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा काम गरिरहेका छन् । उनीसँग झारखण्ड यु-१९ टोलीको प्रशिक्षण सम्हालेको अनुभव पनि छ । उनले पहिलो पटक नेपाली क्लबको प्रशिक्षण लिन लागेका हुन् ।  

नेपाल टी-२० प्रालिको स्वामित्व रहेको पोखराको मार्की खेलाडीमा राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल छन् ।

नन्दन फडनिस (भारत)

 नन्दन फडनिस ।

लुम्बिनी लायन्सले मुख्य प्रशिक्षकका रूपमा भारतका नन्दन फडनिसलाई ल्याएको छ ।  फडनिसले हाल नेपाली राष्ट्रिय क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकका रूपमा काम गरिरहेका छन् । उनले पहिलो पटक नेपाली क्लबको प्रशिक्षण सम्हाल्दै छन् । 

फडनिसले नेसनल क्रिकेट एकेडेमी, गोवा क्रिकेट संघ र मुम्बई क्रिकेट संघमा प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । उनीसँग विभिन्न कर्पोरेट तथा विश्वविद्यालयका टोलीसँग काम गरेको अनुभव पनि छ ।

फर्चुना हेल्थ केयर प्रालिको स्वामित्व रहेको लुम्बिनीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी छन् ।