माघ ६, २०८२ मंगलबार | १७:०२:०२
साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने

सुनिरा र रितिक च्याम्पियन

सातदोबाटो । सुनिरा थापा र रितिक राणा चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताकोर च्याम्पियन बनेका छन् ।

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा सुनिराले महिला र रितिकले पुरुष सिंगल्सको उपाधि जिते । विजेता दुवैले १ लाख रुपैयाँ प्राप्त गरे ।

नेपाल टेनिस संघको कोर्टमा भएको सुनिराले अभिलाशा बिष्टमाथि ६-४, ७-५ को जित रचिन् । रितिकले राजवीर प्रधानलाई ६-१, ६-३ ले हराए ।

उपविजेता दुवैले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पुरुष सिंगल्समा प्रणव मानन्धर र आयुषमान हजुर घले तथा महिला सिंगल्समा भने प्राज्ना मानन्धर र स्वस्तिका बिष्ट तेस्रो भए ।

दुवैतर्फ तेस्रो स्थान हासिल गर्नेलाई १२ हजार ५०० रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

पुरुष ४५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारी च्याम्पियन भए । कमलले फाइनलमा छेवाङ लामामाथि ६-१, ६-२ को जित निकाले। च्याम्पियन कमलले ३७ हजार पाँच सय र छेवाङले १८ हजार ७५० रुपैयाँ प्राप्त गरे ।

सुकमान तामाङ र महेश श्रेष्ठ तेस्रो स्थानमा रहे । उनीहरुले ३ हजार १२५ रुपैयाँ प्राप्त गरे ।

पुरुष डबल्समा आयुष्मान घले र प्रदीप खड्का च्याम्पियन बने । पुरूष ३५ वर्षमाथि सिंगल्समा सन्तोष खत्री तथा डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडी, ५५ वर्षमाथि सिंगल्समा कमल थापा र डबल्समा उत्तम शेर्पा र चन्द्र शाहीको जोडी, ६५ वर्षमाथि सिगंल्समा कमल थापा र डबल्समा विदुर बिष्ट र भिक्टोर राणाको जोडीले  पहिलो स्थान हासिल गरे ।

३५ वर्षमाथि सिगंल्सका शीर्ष तीनले ५० हजार, २५ हजार र १२ हजार ५०० रुपैयाँ पाए ।

३५ वर्षमाथि डबल्सको विजेताले ३१ हजार २५०, उपविजेताले १८ हजार ७५० र तेस्रो हुनेले १२ हजार ५०० रुपैयाँ प्राप्त गरे ।

४५ वर्षमाथि सिंगल्सका शीर्ष तीनलाई ३७ हजार ५००, उपविजेताले १८ हजार ७५० र तेस्रोले ६ हजार २५० रुपैयाँ प्रदान गरियो ।

यसैगरी उमेरसमूहमा डबल्सका शीर्ष तीनले २५ हजार, १२ हजार पाँच सय र तेस्रो हुनेले १२ हजार ५०० पाउनेछन् । जुनियरतर्फ ब्वाइज र गर्ल्स यु-८, यु-९, यु-१०, यु-१२, यु-१४ सिंगल्स र खुला डबल्समा प्रतिस्पर्धा भयो ।

प्रतियोगिताको विजेतालाई उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गणेशमान सिंह फाउन्डेसनका सदस्य तथा प्रतियोगिताका संयोजक भाष्करमान सिंह र नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले लगायतले पुरस्कृत गरे ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको सिनियर, भेट्रान र जुनियर गरि २२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate