पुस १२, २०८२ आइतबार | १९:२६:२४
माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी समीक्षा र पूजाले बंगलादेशको लिग खेल्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा, यती एयरलाइन्सको साथ हेल्प नेपाल क्वार्टरफाइनलमा एन्फा कार्यसमिति बैठक बुधबार बस्ने लगातार दोस्रो जितपछि एपिएफको सेमिफाइनल सम्भावना बलियो आर्मीको लगातार दोस्रो जित एष्टन भिल्लाले चेल्सीलाई हरायो हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी समीक्षा र पूजाले बंगलादेशको लिग खेल्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा, यती एयरलाइन्सको साथ हेल्प नेपाल क्वार्टरफाइनलमा एन्फा कार्यसमिति बैठक बुधबार बस्ने लगातार दोस्रो जितपछि एपिएफको सेमिफाइनल सम्भावना बलियो आर्मीको लगातार दोस्रो जित एष्टन भिल्लाले चेल्सीलाई हरायो हेल्प नेपाल र पुलिसलाई सिधै क्वार्टरफाइनल पुग्ने अवसर शीर्ष स्थानमा फर्कियो आर्सनल

माछापुच्छ्रे कप पोखरा टेनिसमा कमल थापा विजयी

खलअघि प्रतिद्वन्द्वी विदुर बिष्टसँग फुटबलका पूर्व राष्ट्रिय खेलाडी एवं राप्रपा नेपालका अध्यक्ष थापा (दायाँ) । तस्बिर: सुदर्शन रञ्जित/खेलाडी

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा आइतबार विभिन्न समुहमा प्रतिस्पर्धा भएका छन् ।

आइतबार भएको पुरुष खुल्लातर्फ नेहाल जंग बहादुर थापाले जेयुन किमलाई ६–०, ६–०, राजबिर प्रधानले सोमज श्रेष्ठलाई ६–०, ६–०, उगेन शेर्पाले प्रकाश गुरुङलाई ६–०, ६–३, प्रितम परियारले सुरेन्द्र विकलाई ६–३, ६–४, आयुषमान हजुर घलेले सन्दिप विकलाई ६–३, ६–१, दर्शिल श्रेष्ठले आसव सम्राट हाडालाई ७–५, ६–१, करणबहादुर थापाले निशान श्रेष्ठलाई ७–५, ६–१ तथा प्रदीप खड्काले विकेक मगरलाई ६–१, ६–० को नतिजामा हराउँदै अगाडि बढे।

३५ वर्ष माथिको पुरुष एकलमा विकास खड्काले सम्दुक लामालाई ६–४, ६–०, पेमा नोर्गुले सिमान्त गुरुङलाई ६–४, ६–१, जितेन्द्र परियारले मनोक के.श्रेष्ठलाई ६–१, ६–०, अनिल शाहीले सन्जय श्रेष्ठलाई ६–१, ६–२, भिष्म गुरुङले दावा शेर्पालाई ६–४, ६–२ तथा सोम रानाले अनिल सेन्चुरीलाई ६–४, ६–२ ले पराजित गरे ।

४५ वर्ष माथिको पुरुष एकलमा अमृत गुरुङले कमल भण्डारीबाट वाकओभर पाए भने देव क्षेत्रीले मानबहादुर कटुवाललाई ६–१, ६–३ र रोहित सुनुवारले निरज थापालाई ६–१, ६–१ ले पराजित गरे ।

५५ वर्ष माथिको स्पर्धामा चन्द्र शाहीले महेन्द्र थापालाई ६–२, ६–१ ले पराजित गर्दा राप्रपा नेपालका कमल थापाले बिदुर विष्टलाई ४–१, ४–१ को सेटमा तथा पदम गुरुङले ध्रुव गुरुङलाई ५–४, ४–१ ले पराजित गरेका छन् ।

३५ वर्षको पुरुष युगलतर्फ कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले सञ्जय श्रेष्ठ र विकास खड्काको जोडीलाई ६–०, ६–१, तथा सिमान्त गुरुङ र अनिल शाहीको जोडीले दावा शेर्पा र गगन महर्जनको जोडीलाई ६–३, ६–२ ले पराजित गरेका छन् ।


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I