माघ १७, २०८२ शनिबार | ०९:००:४३
पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी

एटिएफ यु-१२ टिम याम्पियनसिपः पहिलो दिन नेपाल पराजित

प्रतियोगितामा सहभागी टोली

सातदोबाटो । नेपाल टेनिस संघको आयोजनामा एटिएफ यु-१२ टिम च्याम्पियनसिप (दक्षिण एसियाली छनोट) सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।

पहिलो दिन नेपालको ब्वाइज/गर्ल्स दुवै टोली पराजित भए । ब्वाइजमा श्रीलंकाले नेपाललाई ३-० ले पराजित गर्यो । ब्वाइजमै बंगलादेशले माल्दिभ्स तथा पाकिस्तानले भुटानलाई समान ३-० ले हराए ।

यसैगरी गर्ल्समा बंगलादेशले नेपाललाई २-० तथा श्रीलंकाले माल्दिभ्सलाई ३-० ले पराजित गरे ।

प्रतियोगिताको उद्घाटन नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले आइटिएफ सुपरभाइजर प्रवीणकुमार नायकलाई बल हस्तान्तरण गरी गरिन् ।

ब्वाइजमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मालदिभ्स, पाकिस्तान र भुटान गरी सात राष्ट्र सहभागी छन् । गर्ल्समा पाकिस्तान र भुटान बाहेक पाँच राष्ट्रको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन गरिँदै 

नेपालबाट ब्वाइजमा निश्चल ज्ञवाली, विश्वविशेष डल्लाकोटी र साहनवाज आलमले प्रतिस्पर्धा गरिरहेका छन् । गर्ल्समा अनुश्री धोजु, सारा पन्त र आयुशा जिसी सहभागी छन् ।

नेपालमा यो प्रतियोगिता चौथो पटक आयोजना गरिएको नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

ब्वाइज÷गर्ल्समा फाइनल पुग्ने राष्ट्र काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटिएफ यु-१२ टिम च्याम्पियनसिपका लागि छनोट हुनेछन् । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।