चैत्र १८, २०८२ बुधबार | ०७:४३:५४
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

एटिएफ यु-१२ टिम याम्पियनसिपः पहिलो दिन नेपाल पराजित

प्रतियोगितामा सहभागी टोली

सातदोबाटो । नेपाल टेनिस संघको आयोजनामा एटिएफ यु-१२ टिम च्याम्पियनसिप (दक्षिण एसियाली छनोट) सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ ।

पहिलो दिन नेपालको ब्वाइज/गर्ल्स दुवै टोली पराजित भए । ब्वाइजमा श्रीलंकाले नेपाललाई ३-० ले पराजित गर्यो । ब्वाइजमै बंगलादेशले माल्दिभ्स तथा पाकिस्तानले भुटानलाई समान ३-० ले हराए ।

यसैगरी गर्ल्समा बंगलादेशले नेपाललाई २-० तथा श्रीलंकाले माल्दिभ्सलाई ३-० ले पराजित गरे ।

प्रतियोगिताको उद्घाटन नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले आइटिएफ सुपरभाइजर प्रवीणकुमार नायकलाई बल हस्तान्तरण गरी गरिन् ।

ब्वाइजमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मालदिभ्स, पाकिस्तान र भुटान गरी सात राष्ट्र सहभागी छन् । गर्ल्समा पाकिस्तान र भुटान बाहेक पाँच राष्ट्रको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन गरिँदै 

नेपालबाट ब्वाइजमा निश्चल ज्ञवाली, विश्वविशेष डल्लाकोटी र साहनवाज आलमले प्रतिस्पर्धा गरिरहेका छन् । गर्ल्समा अनुश्री धोजु, सारा पन्त र आयुशा जिसी सहभागी छन् ।

नेपालमा यो प्रतियोगिता चौथो पटक आयोजना गरिएको नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

ब्वाइज÷गर्ल्समा फाइनल पुग्ने राष्ट्र काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटिएफ यु-१२ टिम च्याम्पियनसिपका लागि छनोट हुनेछन् । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो