चैत्र १३, २०८२ शुक्रबार | ०२:१६:३३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

हैदराबादले पञ्जाबलाई हरायो

काठमाडौं। इन्डियन प्रियिमर लिग (आइपिएल) मा लिग चरणको आफ्नो अन्तिम खेलमा घरेलु टोेली सनराइजर्स हैदराबादले पञ्जाब किंग्सविरद्ध चार विकेटको जित निकालेको छ ।

जितसँगै १४ खेलमा १७ अंक जोडेको हैदराबाद दोस्रो स्थानमा उक्लिएको छ । पराजित पञ्जाबले समान खेलबाट १० अंकका साथ नवौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

राजिब गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार पञ्जाबले प्रस्तुत गरेको २१५ रनको लक्ष्य हैदराबादले पाँच बल  बाँकी छँदा ६ विकेट गुमाउँदै पूरा गर्यो । 

हैदराबादका लागि अभिषेक शर्माले २८ बलमा ६ छक्का र पाँच चौकाको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी हेनरिक क्लासनले ४२, नितिश रेड्डीले ३, राहुल त्रिपाठीले ३३ र अब्दुल समादले अविजित ११ रन बनाए ।

अभिषेकले दोस्रो विकेटका लागि राहुलसँग ७२ र तेस्रो विकेटका लागि नितिशसँग ५७ रनको साझेदारी गरे । पञ्जाबका लागि अर्शदिप सिंह र हर्षल पटेलले समान दुई तथा हरप्रित ब्रार र शशांक सिंहले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २१४ रनको योगफल तयार पारेको थियो । 


पञ्जाबका लागि प्रभसिम्रन सिंहले ४५ बलमा सात चौका र चार छक्काको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी राइली रुसोले ४९, अर्थव टाइदेले ४६ र कप्तान जितेश शर्माले अविजित ३२ रन बनाए ।

प्रभसिम्रनले पहिलो विकेटका लागि अथर्वसँग ९७ र दोस्रो विकेटका लागि राइलीसँग ५४ रनको साझेदारी गरे । हैदराबादका लागि थाङ्गारसु नटराजनले दुई तथा विजयकान्त वियस्कान्त र कप्तान प्याट कमिन्सले समान एक विकेट लिए ।  
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो