वैशाख २६, २०८२ शुक्रबार | १०:२३:५१
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

दुर्गाको कारण वेष्ट इन्डिजसँगको शृंखला रद्ध हुन सक्छः सदस्य अन्सारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य दाउद अन्सारीले कार्यवहाक सचिव दुर्गानाथ पाठकका कारण वेष्ट इन्डिजविरुद्धको शृंखला रद्ध हुनसक्ने वातावरण सृजना भएको आरोप लगाएका छन् ।

क्यानको म्यासेन्जर ग्रुपमा अन्सारीले यो आरोप लगाएका हुन् । अन्सारीले दुर्गालाई अवैधानिक कार्यवहाक सचिव नै भनेर सम्बोधन गरेका छन् । ‘अवैधानिक कार्यवाहक सचिवको अवैधानिक कर्तुतले वेष्ट इन्डिजसँग सेप्टेम्बरमा हुने एकदिवसीय र ट्वान्टी २० शृंखला रद्ध हुन सक्ने वातावरण सृजना भएको छ,’ अन्सारीले लेखेका छन् ।

घरेलु मैदानमा नेपालले सेप्टेम्बरमा वेष्ट इन्डिजसँग दुई एकदिवसीय तथा तीन ट्वान्टी-२० शृंखला खेल्ने तालिका छ । यद्यपि औपचारिक निर्णय भने भएको छैन । कागजी प्रक्रिया बाँकी रहेकोले क्यानले यसबारेमा केही प्रष्ट पारेको थिएन ।

तर, कार्यवहाक सचिवले एक अनलाइन पत्रिकामा वेष्ट इन्डिज, जिम्बाव्वे र नेदरल्यान्ड्ससँगै अन्य टेष्ट राष्ट्रसँग त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता हुने बताएको आरोप छ ।

अन्सारीले चुनावअघि सस्तो लोकप्रियता प्राप्त गर्न मिडियाबाजी गरेको पनि आरोप लगाएका छन् ।

‘यस्ता ठुला टिमहरुसँग कुनै पनि किसिमको लिखित सम्झौता नै नभएको तर, औपचारिक भेटघाटमा मौखिक आश्वासन मात्र पाएको भरमा गरिएको मिडियाबाजीलाई त्यस्ता राष्ट्रहरुले नकारात्मक रुपले लिने गरेको दृस्टान्तलाई मनन नगरी मिडियामार्फत क्यानको आसन्न चुनावलाई प्रभावित गर्न, आफ्नो लागि सस्तो लोकप्रियता प्राप्त गर्न तथा आफुले प्राप्त गरेको अवैधानिक सचिव पदलाई सार्थक देखाउन दिइएको वक्तव्य हो,’ अन्सारीले लेखेका छन् ।

यस्तै, अन्सारीले सस्तो लोकप्रियताको लागि भ्रामक समाचारले वेष्ट इन्डिजको नेपाल भ्रमण नै खतरामा परेको बताएका छन् ।

‘दुई एकविदसीय र तीन ट्वान्टी-२० नेपालमै खेल्ने सम्भावनालाई यस अनौपचारिक मिडियाबाजी कर्तुतले वेष्ट इन्डिजको नेपाल भ्रमण खतरामा परेको महसुस गरेको छु,’ अन्सारीले थपे,‘अवैधानिक सचिवको अक्षमता, अदूरदर्शिता र कार्यशैलिको कच्चापनले यदि शृंखला रद्ध भयो भने यसको सम्पूर्ण दोष उनीमाथि जाने जानकारी गराउँछु ।’


 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP