माघ २४, २०८२ शनिबार | ०९:१४:३२
विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित विश्वकप क्रिकेट महासंग्राम आजदेखि, सन्तुलित टोली बोकेर नेपाल मैदानमा पहिलो पटक विश्वकप खेल्ने ५ नेपाली खेलाडी पाकिस्तानले भारतविरुद्ध खेल्छ वा खेल्दैन ? यस्ता छन् आइसिसी ट्वान्टी-२० विश्वकपको ढाँचा, नियम र प्रतिस्पर्धी नेपालको यात्रा कहाँसम्म ? आहारारा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी दोस्रो स्थानमा उक्लियो लालिगुराँस, मछिन्द्रको पाँचौं जित राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता आइतबारबाट पाकिस्तानी टिमले सरकारी आदेश कुर्ने पुलिसविरुद्ध चर्च ब्वाइजको सहज जित
शनिबारको दिन इन्डियन प्रिमियर लिग

भारतीय क्रिकेटमा कहिल्यै नभएको घटना

काठमाडाैं । साँच्चै भारतीय क्रिकेटमा कहिल्यै यस्तो भएको थिएन । भएको के भन्दा अहिले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ चलिरहेको छ । भर्खर सुरु भयो भन्दा हुन्छ । यसबीच यस्तो एउटा प्रवृत्ति देखिएको छ, जुन यसअघि कहिल्यै भारतीय क्रिकेटमा देखिएको थिएन । यो हो कोही भारतीय खेलाडीमाथि अविश्वसनीय रूपमा गिज्याउने र खिल्ली उडाउने काम । यसको सिकार भएका छन्, मुम्बई इन्डियन्सका कप्तान हार्दिक पान्डे्य ।

उनीमाथि समर्थकको विष वमन कति साह्रो रहेको छ भने भारतकै मात्र होइन, विदेशी पूर्वखेलाडीले पनि यसमा घोर आश्चर्य मात्र देखाएका छैनन्, यो प्रवृत्ति रोकिनुपर्छ भनेर माग गरेका छन् ।

अहिलेसम्म मुम्बईले ३ खेल खेलेको छ । तीनैमा पराजित छ । कुल १० टिमसम्मलित प्रतियोगिताको अंकतालिकामा मुम्बई विना कुनै अंक पुछारमा छ । अब भोलि आइतबार हुने खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको सामना गर्नेछ ।

मुम्बई टिमको नेतृत्व धेरै कमले गरेका छन् । त्यसमा शर्मासँगै सचिन तेन्दुलकर र रिकी पोन्टिङ छन् । धेरैको आरोप के छ भने पान्डे्य मुम्बई टिमको कप्तान हुन अझै योग्य छैनन् । अनि जसरी शर्मालाई कप्तानीबाट हटाइएको छ, त्यसमा धेरैको रोष छ । 

यो खेल हुनेछ मुम्बईको वाङ्खडे स्टेडियममा । यही मैदानमा मुम्बईले एक खेल खेलिसक्यो । अर्को दुई खेल अहमदाबाद र हैदराबादमा खेलेको थियो । यही मैदानमा दर्शकले पान्डे्यलाई गिज्याउने काम गरिररहे, खिल्लीमात्रै उडाइरहे । एक प्रकारले भन्दा भारतीय क्रिकेट समर्थकलाई पान्डे्य मुम्बई टिमको कप्तान भएको मात्र होइनन्, फेरि मुम्बई टिममा फर्केको चित्त बुझिरहेको छैन । तिनै समर्थकको भाषामा पान्डे्य बैगुनी हुन्, विश्वासघाती हुन् ।  

पछिल्लो सिजन पान्डे्यले गुजरात टाइटन्सबाट खेलेका थिए । उनी त्यो टिमका कप्तान थिए । त्यसअगाडि उनी मुम्बईकै खेलाडी थिए । कप्तान हुने लोभले गुजरात गए । फेरि मुम्बईको कप्तानी पाउने भएपछि गुजरात छाडे । यसक्रममा उनले भारतीय टिमकै कप्तान रहेका रोहित शर्माको स्थान लिए । मुम्बईले पाँचपल्ट आइपिएल जितेको छ । ती पाँचै अवसरमा कप्तान शर्मा थिए । तर, विना कुनै कारण उनलाई हटाएर पान्डे्य आएकामा कसैलाई पनि चित्त बुझिरहेको छैन ।

मुम्बई टिमको नेतृत्व धेरै कमले गरेका छन् । त्यसमा शर्मासँगै सचिन तेन्दुलकर र रिकी पोन्टिङ छन् । धेरैको आरोप के छ भने पान्डे्य मुम्बई टिमको कप्तान हुन अझै योग्य छैनन् । अनि जसरी शर्मालाई कप्तानीबाट हटाइएको छ, त्यसमा धेरैको रोष छ । अम्बानी परिवारको लगानी रहेको मुम्बईले किन रोहित शर्मा हटाएर हार्दिक पान्डे्य नेतृत्वमा ल्याउनुपरेको हो, त्यो बुझ्न सकिएको छैन । त्यसैले पनि पान्डे्य सबैको कोपभाजनमा परेका छन् ।

जे जस्तो भइरहेको छ, यसलाई धेरेले निको मानेका छैनन् । भारतीय टिमकै एक खेलाडी हुन्, रविचन्द्रन अश्विन । उनी भन्छन्, आखिरमा पान्डे्य भारतीय खेलाडी नै हुन् । भारतीय टिमकै एक महत्त्वपूर्ण खेलाडी हुन् । उनी जत्तिको खेलाडीलाई यसरी दर्शकले उडाउनु ठीक हुन्न । उनको तर्क छ, सौरभ गांगुलीले तेन्दुलकरको कप्तानीमा खेले र फेरि तेन्दुलकरले पनि गांगुलीमुनि रहेर खेले । यी गांगुली र तेन्दुलकर दुवैले राहुल द्रविडको नेतृत्वमा पनि खेले ।

यी गांगुली, तेन्दुलकर र द्रविड तीनैले अनिल कुम्बलेको नेतृत्वमा पनि खेलेका छन् । त्यतिमात्र होइन, यी सबैले कुनै न कुनै समय महेन्द्रसिंह धोनीको कप्तानीमा पनि खेले । कुरा केभन्दा कप्तान फेरिनु सामान्य हो ।

तर्क जत्तिकै राम्रो भए पनि यी सबै कुरा भारतीय समर्थकलाई बुझाउन सकिएको छैन । मूल कुरा यही हो । यस्तो यसअघि भारतीय क्रिकेटमा भएकै थिएन । भोलि वाङ्खडेमा हुने खेलमै के हुने हो, त्यो उत्तिकै हेर्नलायक रहनेछ ।