राष्ट्रिय किक बक्सिङ

राष्ट्रिय किक बक्सिङ जेठ ११ र १२ गते हुने

सांकेतिक तस्विर

काठमाडौं ।  किक बक्सिङ संघ काठमाडौंको आयोजनामा दोश्रो मंगलादेबी राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ ।  

जेठ ११ र १२ गते घट्टेकुलोमा हुने प्रतियोगितामा महिला/पुरुषतर्फ प्रो फाइट र एमेच्योर विधा समावेश गरिएको छ ।

प्रो फाईटतर्फ विजेताले ५० हजार तथा उप विजेजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी एम्योचरतर्फ विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले ८ हजार रुपैयाँ पाउनेछन् ।

उत्कृष्ट महिला र पुरुष खेलाडीलाई २० हजार रुपयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको अघिल्लो दिन रेफ्री सेमिनार समेत आयोजना हुने अन्तराष्ट्रिय रेफ्री बिन्दा नेपालीले जानकारी दिइन् ।