माघ ८, २०८२ बिहीबार | १९:२०:१७
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए

काठमाडौं । इङ्लिस प्रिमियर लिग २०२५-०२६ मा भर्खर तीन चरणका खेल सकिएको छ । तर यत्तिकैमा एक प्रशिक्षक भने बर्खास्तगीमा परिसकेका छन् । यी अभाग्यशाली प्रशिक्षक हुन्, नुनो एस्पिरिटो सान्तो । अनि क्लब हो, नटिङघम फरेस्ट । अरू फरक परिस्थितिमा भएको भए  सान्तोले आफ्नो जागिर गुमाउने नै थिएनन् । सबैभन्दा पहिले अलिकति पृष्ठभूमि । यसका लागि सन् २०२३-०२४ को सिजन फर्किनुपर्ने हुन्छ ।

सिजन अन्त्यतिर थियो, सबैलाई लागिरहेको थियो, फरेस्ट अब रेलिगेसनमा पर्नेछ । यस्तोमा  सान्तोले क्लबको जिम्मेवारी पाए । उनी के आए क्लबले प्रिमियर लिगमा आफ्नो अस्तित्व बचायो । अब पोहोरको सिजन । त्यसमा त फरेस्टले गजब नै गर्यो भन्दा हुन्छ । सन् २०२४-२०२५ को पूरा सिजन फरेस्टले शीर्ष चारका लागि लगातार चुनौती पेस गरिरह्यो । अन्त्यमा सातौं स्थानमा रह्यो, सिजन सकिँदा ।

धेरै धेरैपछि फरेस्टले यसै कारण युरोपमा खेल्दै छ । यो त गजब उपलब्धि हो नि ? तर क्लबका मालिक इन्गगेलास मारिनाकिसलाई यस्तो लागेन । यी हुन्, ग्रिसका धनाढ्य । खासमा यी प्रशिक्षक र ती मालिकबीच धेरै कुरामा बेमेल थियो । दुवैको कुरै मिल्दैनथ्यो । पोहोरको सिजनको अन्त्यतिर यी क्लब मालिकले आफ्नो प्रशिक्षकसँग मैदानमै सबैको अगाडि झगडा गर्न खोजेका थिए ।

 सुरुदेखि नै अनुमान थियो,  सान्तो  बाहिरिँदा भित्रिने पोस्टकोग्लु नै हुनेछन् ।

त्यसैले अहिलेको सिजनको सुरुमै भनिएको छ,  सान्तो ढिलोचाँडो बर्खास्तगीमा पर्नेछन् । आखिरमा यस्तै भयो, उनले तीनै चरण मात्र फरेस्टलाई हेर्न भ्याए । यहाँनिर एउटा महत्त्वपूर्ण तथ्य के भने पोर्चुगाली सान्तो फरेस्टका समर्थकमाझ साह्रै लोकप्रिय छन् । सारमा कुरा के भने जतिबेला फुटबल धनीको खेल हुन्छ, मालिकले कुरा नमिल्दैमा प्रशिक्षकलाई बर्खास्त गर्न पाउँछ । भलै, ती प्रशिक्षकले राम्रै काम किन गरेको नहोस ?

नटिङघम फरेस्टका पूर्व प्रशिक्षक नुनो एस्पिरिटो सान्तो

अब नयाँ प्रशिक्षकको कुरा ।  सान्तोको बर्खास्तगीसँगै फरेस्टले नयाँ प्रशिक्षक पाइसकेको छ । उनी हुन्, एन्गे पोस्टेकोग्लु । सुरुदेखि नै अनुमान थियो, सान्तो बाहिरिँदा भित्रिने पोस्टकोग्लु नै हुनेछन् । यी अस्ट्रेलियाका प्रशिक्षक एक/दुई महिना जति समय बेरोजगार रहे । उनलाई पछिल्लो सिजनको अन्त्यमा टोटनहमले बर्खास्त गरेको थियो । उनको बर्खास्तगीको कथा पनि आफैमा अनौठो छ ।

पछिल्लो लिगमा टोटनहमको प्रदर्शन साँच्चै खराब रह्यो । यो उत्तरी लन्डन क्लब १७औं स्थानमा रहेको थियो, ठ्याक्कै रेलिगेसन क्षेत्रभन्दा माथि । तर त्यही सिजन टोटनहमले म्यानचेस्टर युनाइटेडलाई हराएर युरोपा लिगको उपाधि भने जित्यो । त्यसै कारण टोटनहम यस सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भयो । उपाधि जित्न बिर्सेको टोटनहमका लागि यो ठूलै उपलब्धि थियो ।

तर यति हुँदाहुँदै उनी पनि बर्खास्तगीमा परे । उनलाई हटाउनेमा निर्णायक रहे, टोटनहमका ड्यानिएल लेभी । उनी पनि धनाढ्य व्यवसायी नै हुन् । के यो अन्याय नै थियो त ? धेरै हदसम्म । तर यिनै पोस्टेकोग्लु लामो समय खालि बस्नुपरेन । लगभग तुरुन्तै जसो काम पाए फरेस्ट हेर्ने । टोटनहममा पनि एउटा तथ्य निश्चित भएको छ, फुटबल धनीको हुन्छ भने जे पनि हुनसक्छ ।