भाद्र २७, २०८२ शनिबार | १०:५०:०५
यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने यु-२३ एसियन कपमा किन ल्याउन सकिएन सकारात्मक नतिजा ? असाधारण ‘स्पेसल अवार्ड’ फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए एसिया कप क्रिकेट खेल्ने टोलीहरू जेनजी आन्दोलनमा पिल्सिएको फ्रेन्चाइज भलिबल लिग युरोपका लिग कस-कस्ले जित्लान् ? प्रशान्त यु-१७ फुटबल टोलीका कप्तान नेपाल आइपुग्यो यु-२३ फुटबल टोली यु-१७ फुटबल टोलीको बिदाइ डेलाप कम्तिमा पनि १० साता मैदान बाहिर रहने

नेपाल आइपुग्यो यु-२३ फुटबल टोली

 काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोट प्रतियोगिता खेल्न ताजकिस्तान पुगेको नेपाली टोली शुक्रबार स्वदेश आइपुगेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले टाेलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

हवाई उडानको समस्याका कारण युवा टोलीको स्वदेश फर्कने तालिका एक दिन पर धकेलिएको हो ।

मंगलबार जेन जी प्रदर्शनका कारण विषम परिस्थिति उत्पन्न हुँदा त्रिभुवन विमानस्थलका सबै उडान बन्द गरिएको थियो । बुधबार अन्तर्राष्ट्रिय विमानस्थल सुरुक्षा समिति बैठकले दिउँसो ३ः३० बजे देखि हवाई उडानहरु पुनः सञ्चालन गरेको थियो । नेपाली टोली बुधबार राति नै दुबई ट्रान्जिट हुँदै काठमाडौं फर्कने तालिका थियो ।

दुबई विमानस्थलमा नेपाल फर्कने यात्रीको चाप अत्याधिक रहेकाले ‘फ्लाई दुबाई’ एयरलाइनले टोलीको हवाई उडान ‘रि-सेड्युल’ गर्यो । जसका कारण टोलीले सास्ती भोग्नु परेको थियो । 

बुधबार उडान स्थगित भएसँगै टोली रातभर विमानस्थलमा बस्न बाध्य भयो । ताजकिस्तानको राजधानी दुशान्बेका कुनै पनि होटल खाली नभएका कारण यो परिस्थिति सृजना भएको हो ।

नवीन न्यौपानेको प्रशिक्षणमा रहेको नेपाली टोलीले छनोट प्रतियोगितामा सबै तीन खेलमा हार बेहोरेको थियो । समूह ‘के’ अन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४-० ले पराजित भएको नेपाल त्यसपछि सिरियासँग ४-२ ले निराश बनेको थियो । अन्तिम खेलमा फिलिपिन्सले नेपाललाई ४-० ले हराएको थियो ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS