पुस १७, २०८२ शुक्रबार | १८:०१:०४
अञ्जिलाको सेथुको तेस्रो जित पुलिसलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा एन्फाविरुद्ध राखेपमा पूर्व अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको प्रारम्भिक टोली घोषणा एपिएफलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड फाइनलमा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा अञ्जिलाको सेथुको तेस्रो जित पुलिसलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा एन्फाविरुद्ध राखेपमा पूर्व अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउने एनभिए च्याम्पियनसिपः आर्मीलाई हराउँदै पुलिस फाइनलमा साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको प्रारम्भिक टोली घोषणा एपिएफलाई सोझो सेटमा हराउँदै न्यु डायमण्ड फाइनलमा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा

डब्लुकेएफओ बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनार सुरु

काठमाडौं  ।  विश्व फुल कन्ट्याक्ट किकबक्सिङ संगठन (डब्लुकेएफओ) काे आयोजनामा  बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनार शुक्रबारबाट सुरु भएकाे छ ।

उद्घाटन कार्यक्रममा डब्लुकेएफओका  अध्यक्ष ब्रायन डब्लु बेकको विशेष उपस्थितिमा थियो ।

यस अवसरमा डब्लुकेएफओ नेपालका महासचिव, चिफ रेफ्री तथा एसियाली किक बक्सिङकी स्वर्ण विजेता बिन्दा नेपालीको पनि उपस्थिति थियो ।

प्रशिक्षक, रेफ्री तथा विभिन्न डोजोबाट सहभागी खेलाडीले प्रशिक्षणमा भाग लिएका छन् । यस सेमिनारले नेपालको किकबक्सिङ खेलको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने संघले जनाएको छ ।

उक्त सेमिनारमार्फत प्राविधिक सीपको आदान–प्रदान, अन्तर्राष्ट्रिय नियमहरूको अध्ययन तथा प्रशिक्षकहरूको क्षमतावृद्धिमा केन्द्रित प्रशिक्षण प्रदान गरिनेछ ।
डब्लुकेएफओ अध्यक्ष बेकले भने, ‘नेपालमा किक बक्सिङप्रतिको लगाव र समर्पण अद्भुत छ । यो सेमिनारले नेपालको किकबक्सिङ प्रतिभालाई विश्व मञ्चमा पुर्याउने लक्ष्य लिएको छ ।

कार्यक्रमा बेल्ट परीक्षण, रेफ्री तालिम र प्रशिक्षक स्तरको सेसनहरू सञ्चालन हुँनेछ । शनिबारदेखि सुरु हुने चार दिने बेल्ट ग्रेडिङ, रेफ्री प्रशिक्षण तथा प्रशिक्षक तालिम सेमिनार किक बक्सिङ खेलको अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र मूल्यांकन विधिमा केन्द्रित रहनेछ । 

यस्तै सेमिनारमा सहभागी खेलाडीलाई ग्रेडिङ परीक्षा मार्फत प्राविधिक तथा शारीरिक क्षमताको मूल्यांकन गरिनेछ भने रेफ्रीहरूलाई प्रतिस्पर्धा सञ्चालन, निर्णय प्रक्रिया र खेल नियम सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक तालिम प्रदान गरिने संघले जनाएको छ । साथै, प्रशिक्षकहरूलाई प्रशिक्षण रणनीति, शारीरिक तालीम विधि र अनुशासन व्यवस्थापन सम्बन्धी विशेष प्रशिक्षण दिइनेछ ।

डब्लुकेएफओका अनुभवी अन्तर्राष्ट्रिय प्रशिक्षकहरूको सहकार्यमा हुने यस सेमिनारले नेपालभित्र किक बक्सिङ खेलको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास संघले लिएको छ ।


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC