फाल्गुन ६, २०८२ बुधबार | ०८:१५:५६
प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट १२ बर्ष पछि जित निकाल्ने लक्ष्यमा नेपाल

डब्लुकेएफओ बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनार सुरु

काठमाडौं  ।  विश्व फुल कन्ट्याक्ट किकबक्सिङ संगठन (डब्लुकेएफओ) काे आयोजनामा  बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनार शुक्रबारबाट सुरु भएकाे छ ।

उद्घाटन कार्यक्रममा डब्लुकेएफओका  अध्यक्ष ब्रायन डब्लु बेकको विशेष उपस्थितिमा थियो ।

यस अवसरमा डब्लुकेएफओ नेपालका महासचिव, चिफ रेफ्री तथा एसियाली किक बक्सिङकी स्वर्ण विजेता बिन्दा नेपालीको पनि उपस्थिति थियो ।

प्रशिक्षक, रेफ्री तथा विभिन्न डोजोबाट सहभागी खेलाडीले प्रशिक्षणमा भाग लिएका छन् । यस सेमिनारले नेपालको किकबक्सिङ खेलको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने संघले जनाएको छ ।

उक्त सेमिनारमार्फत प्राविधिक सीपको आदान–प्रदान, अन्तर्राष्ट्रिय नियमहरूको अध्ययन तथा प्रशिक्षकहरूको क्षमतावृद्धिमा केन्द्रित प्रशिक्षण प्रदान गरिनेछ ।
डब्लुकेएफओ अध्यक्ष बेकले भने, ‘नेपालमा किक बक्सिङप्रतिको लगाव र समर्पण अद्भुत छ । यो सेमिनारले नेपालको किकबक्सिङ प्रतिभालाई विश्व मञ्चमा पुर्याउने लक्ष्य लिएको छ ।

कार्यक्रमा बेल्ट परीक्षण, रेफ्री तालिम र प्रशिक्षक स्तरको सेसनहरू सञ्चालन हुँनेछ । शनिबारदेखि सुरु हुने चार दिने बेल्ट ग्रेडिङ, रेफ्री प्रशिक्षण तथा प्रशिक्षक तालिम सेमिनार किक बक्सिङ खेलको अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र मूल्यांकन विधिमा केन्द्रित रहनेछ । 

यस्तै सेमिनारमा सहभागी खेलाडीलाई ग्रेडिङ परीक्षा मार्फत प्राविधिक तथा शारीरिक क्षमताको मूल्यांकन गरिनेछ भने रेफ्रीहरूलाई प्रतिस्पर्धा सञ्चालन, निर्णय प्रक्रिया र खेल नियम सम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक तालिम प्रदान गरिने संघले जनाएको छ । साथै, प्रशिक्षकहरूलाई प्रशिक्षण रणनीति, शारीरिक तालीम विधि र अनुशासन व्यवस्थापन सम्बन्धी विशेष प्रशिक्षण दिइनेछ ।

डब्लुकेएफओका अनुभवी अन्तर्राष्ट्रिय प्रशिक्षकहरूको सहकार्यमा हुने यस सेमिनारले नेपालभित्र किक बक्सिङ खेलको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास संघले लिएको छ ।


भिडियो
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS SANKATA FC || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||