फाल्गुन १, २०८२ शुक्रबार | १०:५०:०२
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

अस्ताए नेपाली बक्सिङका हस्ती थापा

फाइल फोटो/अजय फुयाल (खेलाडी)

काठमाडौं । नेपाली खेलकुद इतिहासका अग्रणी खेलाडीमध्ये एक– बक्सिङका हस्ती नामसिंह थापाको निधन भएको छ । नेपालका तर्फबाट ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएका प्रथम ओलम्पियनमध्येका एक थापा शनिबार बिहान हङकङस्थित ‘हेभन एण्ड होप’ अस्पतालमा अस्ताएका हुन् ।

शनिबार दिउँसो नेपाल बक्सिङ संघले फेसबुकमार्फत दीवंगत थापाको फोटो पोस्ट गर्दै श्रद्धाञ्जली व्यक्त गरेसँगै उनको अवसानका बारेमा आधिकारिक पुष्टि भएको हो । थापा लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।

थापा स्याङ्जा र पोखराको बीचमा रहेको दुर्गम पहाडी गाउँ मनकामना गाविसको बलेउ–५ मा जन्मिएका थिए । उनले १८ वर्षको उमेरमा सन् १९६४ मा टोकियोमा भएको ग्रीष्मकालीन ओलम्पिकमा सहभागिता जनाएका थिए । जतिबेला पुरुष फ्लाईवेट बक्सिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका उनी समग्रमा नवौं स्थानमा रहे ।

टोकियो ओलम्पिक्स नेपालले सहभागिता जनाएको पहिलो ओलम्पिक्स हो । ६ खेलाडीले एथलेटिक्स र बक्सिङमा प्रतिस्पर्धा गरेका थिए । थापासँगै ओमप्रकाश पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापाले बक्सिङमाा प्रनिनिधित्व गरेका थिए । त्यस्तै गंगाबहादुर थापामगर र भूपेन्द्र सिलवालले म्याराथनमा भाग लिएका थिए ।

दुर्गम क्षेत्रका खेलाडीहरुको पुस्तालाई अन्तर्राष्ट्रिय मञ्चमा जान प्रेरणा दिने थापाको निधनसँगै नेपाली खेलकुद शोकमा डुबेको छ ।

उनका श्रीमती, एक छोरा र चार छोरीहरु छन् ।
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026