चैत्र ७, २०८२ शनिबार | ००:२४:११
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

सहाना प्रधान स्मृति यु-१९ भलिबल असारमा हुने

काठमाडौं । नेपाल भलिबल संघको व्यवस्थापन तथा सहाना प्रधान प्रतिष्ठानको आयोजनामा प्रथम सहाना प्रधान स्मृति पुरुष तथा महिला भलिबल प्रतियोगिता असार ९ देखि १५ गतेसम्म हुने भएको छ ।

प्रतियोगिताका लागि प्रतिष्ठान र भलिबल संघबीच बुधबार सम्झौता भएको छ । प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाक्री र भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार भलिबल संघले प्रतियोगिताको व्यवस्थापन गर्ने छ भने प्रतिष्ठानले आर्थिक पक्षमा सहयोग गर्नेछ ।
 

प्रतियोगितामा पुरुष/ महिलातर्फ सात प्रदेशको टोली  सहभागी हुनेछन् । त्यसका लागि सातै प्रदेश भलिबल संघलाई टिम निर्माण गरी सहभागी गराउन आग्रह गर्ने अध्यक्ष चन्दले बताए ।

पुरुष/ महिला दुवैमा सहभागीलाई दुई  समूहमा विभाजन गरी लिग कम नकआउट आधार खेल खेलाइने छ ।

दुवैतर्फका विजेताले ३ लाख, उपविजेताले २ लाख र तेश्रो हुनेले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई २५/२५ हजार रुपैयाँ प्रदान गरिने छ । विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउने छन् ।

अध्यक्ष चन्दले कुनैपनि खेलको विकास गर्न ग्रासरुट प्रतियोगिता महत्वपूर्ण हुने बताउदै प्रतिष्ठानको सहयोगका लागि आभार प्रकट गरे । उनले प्रतियोगितालाई संघको वार्षिक क्यालेन्डरमा समावेश गर्ने बताउदै प्रतियोगिताले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानकी अध्यक्ष झाक्रीले उमेरसमूहको यो प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा समावेश गरेकोमा संघलाई धन्यवाद दिदै नेपाली राजनीतिकी अग्रज स्व। सहानाको योगदानको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागेको बताइन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने बताइएको छ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा खेलाइने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो