चैत्र ५, २०८२ बिहीबार | १७:५८:५७
विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल

बागमती प्रदेशस्तरीय महांकाल भलिबल च्याम्पियनसिप फागुन पहिलो साता हुने

काठमाडौं । बागमती प्रदेशस्तरीय अन्तरपालिका खुला पुरुष महाङ्काल भलिबल च्याम्पियनसिप फागुन पहिलो सातादेखि सुरु हुने आयोजना हुने भएको छ । ललितपुर महांकाल गाउँपालिकाको सहयोग तथा महांकाल क्लबको आयोजनामा प्रतियोगिता फागुन ६ देखि १० गतेसम्म हुनेछ ।

प्रतियोगिताको सबै खेलहरु महांकाल वडा ४ को बागभैरव प्राविधिक माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ५० हजार ५५ पाउनेछ । यस्तै, उपविजेताले ७५ हजार ५५५ तथा तेस्रो हुनेले ३५ हजार ५५५ पाउनेछन् । चौथो स्थानमा रहने टोलीलाई २० हजार ५५ प्रदान गरिने प्रतियोगिताका संयोजक लाल बहादुर स्याङ्तानले जानकारी दिए ।

क्लबका अध्यक्ष डम्बर बहादुर स्याङ्तानले प्रतियोगितामा सहभागिता जनाउने ७ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने बताए । प्रतियोगितामा सहभागिता जनाउन फागुन ४ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । अध्यक्ष स्याङ्तानले यसअघि ह्यान्डबल र सेपाताक्रो आयोजना गर्दै आए पनि यसपटक भलिबल हुन लागेको जानकारी गराए ।

महांकाल गाउँपालिकाका अध्यक्षमा गणेशबहादुर केसी र खेलकुद विकास समितिका अध्यक्ष राजवीर थोकर छन् । अध्यक्ष स्याङ्तानले सरोकारवाला पक्षको सहयोगले प्रतियोगिता आयोजन गर्न हौसिएको जानकारी गराए ।

प्रतियोगितामा २० देखि ५० टिमको सहभागिता रहने अपेक्षा छ । हरेक टिममा १० जना खेलाडी रहने छन् । जसमा हरेक टिमले राष्ट्रिय टिमबाट खेलेका २ खेलाडी समावेश गर्न पाउनेछन् ।

महांकाल भलिबल क्लबका कप्तान दार्जे तामाङले आयोजकको टिम खुला छनोटबाट गरिने बताए । खुला छनोट १६ देखि १८ माघ सम्म हुनेछ । 
 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।