चैत्र १०, २०८२ मंगलबार | ०३:३३:३७
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

मञ्जुश्री ट्रेल रेसः आफ्नै रेकर्ड तोड्दै अर्जुन च्याम्पियन

काठाडौं ।  नेपालकै लामो ट्रेल रेस प्रतियोगिता मञ्जुश्री ट्रेल रेसको चौथो संस्करण शनिबार सम्पन्न भएको छ । प्रतियोगिताको सबैभन्दा लामो १०० माइलको रेसमा आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ राई च्यामिपयन बने ।

 अर्जुनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा रेस पूरा गरेको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवाश थापाले जानकारी दिए । अर्जुनले सन् २०२२ मा बनाएको ३१ घन्टा १० मिनेट ५७ सेकेन्डको रेकर्ड तोडेका हुन् ।

बेलायतका अलिस्टेयर मेस्सन २८ घण्टा २८ मिनेट ३५ सेकेन्डका साथ दोस्रो तथा विजय मगर ३३ घण्टा ५७ मिनेट ४० सेकेन्डको समय निकाल्दै तेस्रो स्थानमा रहे । 

१०० किलोमिटर रेस १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा पार गर्दै  मनकुमार रोका मगर विजेता बने । यसैगरी १६ घण्टा ४६ मिनेट ४८ सेकेन्डका साथ फुर्पासिंह तामाङ दोस्रो तथा १६ घण्टा ५४ मिनेट १७ सेकेन्डमा रेस पूरा गरेर अविनाश देवकोटा तेस्रो भए ।

५० किलोमिटर रेसमा पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ प्रिया राई च्याम्पियन बने ।  

हरिलालाले निर्धारित दूरी पार गर्न ७ घण्टा १७ मिनेट २५ सेकेन्ड खर्चिए । निम्साङ लिम्बु ८ घण्टा २२ मिनेट ५ सेकेन्डका दोस्रो तथा दिपेश तामाङ ८ घण्टा ४ मिनेट ३६ सेकेन्डको समय निकाल्दै तेस्रो स्थानमा रहे ।

प्रियाले निर्धारित दूरी पार गर्न ९ घण्टा १३ मिनेट ६ सेकेन्ड लगाइन् । रसिला तामाङ ९ घण्टा १३ मिनेट ६ सेकेन्डका साथ दोस्रो तथा छोकी शेर्पा ९ घण्टा १६ मिनेट ४५ सेकेन्डको समय निकाल्दै तेस्रो स्थानमा रहे । 

यस संस्करणमा १०० माइल, १०० किमि र ५० किमिका खेलको पाँचौँ स्थान भित्र आउने खेलाडी स्वतः एसिया ट्रेल मास्टर्समा क्वालिफाइ भएको समेत अध्यक्ष थापाले जानकारी दिए ।  उनका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल रेसमा प्रतिष्पर्धा गर्नेछन् ।

३० किलोमिटर रेस ४ घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै उबिन मल्ल विजेता बने । ४ घण्टा ५७ मिनेट २९सेकेन्डमा रेस पूरा गरेर लुकास सेर्डन दोस्रो तथा बन्दा ४ घण्टा ५७ मिनेट ४५ सेकेन्डका साथ  एण्ड्रियु एलकक तेस्रो भए ।

यसै स्पर्धाको महिलातर्फ अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले ६ घन्टा ४५ मिनेट २१ सेकेण्डमा रेस पूरा गर्दै विजेता बनिन् ।  

बेलायतकी जेन्नी चाप्लिनले ७ घन्टा १९ मिनेट ४८ सेकेन्डका साथ दोस्रो तथा अमेरिकाकी एरिका मिक्सले ७ घण्टा २० मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो बने । 

१० किलोमिटर रेस १ घण्टा २ मिनेट ५ सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम भए । १ घण्टा २ मिनेट ६ सेकेन्डको समय निकालेको रेम बुढा मगर दोस्रो तथा १ घण्टा २ मिनेट ८ सेकेन्डका साथ प्रविन लिम्बु तेस्रो भए। 

अध्यक्ष थापाका अनुसार रेसलाई थप समावेशी बनाउन शनिबार २ किलोमिटरको विशेष रेस समेत सम्पन्न गरिएको छ । जसमा भिन्न रुपले सबल बालबालिकाको रेस भएको थियो ।

५० किलोमिटरमा महिलातर्फका विजेता
 

नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सम्पन्न गरिएको सो रेसमा १३ बालबालिका सहभागी थिए । जसमा सत्यम थापा विजेता बन्दा रुकुस मैनाली उपविजेता र सिर्जना राई तेस्रो बने ।

शुक्रबार बिहान ८ बजे इचंगुनारायण स्थित सिंगल ट्रीस्थित हिमालय क्वीन बी रिसोर्टबाट १०० माइलको रेस सुरु भएको थियो ।

१०० किलोमिटरको रेस झुले, ५० किलोमिटरको रेस बडिखेल र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस फर्पिङको डोल्लुबाट सुरु भएको थियो ।

ट्रेलमाण्डुको यो रेस ५ स्टेज रेसको फाइनल रेस हो । शनिबार बिहान कालुपाँडे डाँडाबाट सुरु भएर सिंगल ट्रीमै सकिएको १० किमिको रेसमा १०० जना धावक सहभागी भएको अध्यक्ष थापाले जानकारी दिए ।

प्रतियोगितामा नेपाल सहित १६ मुलुकका ३२४ धावकहरू सहभागी थिए । जसमा ४० विदेशीसहहित २८९ जना र ३५ पुरुष धावक थिए। १०० माइलको दौडमा भने चार महिलासहित १८ धावक सहभागी भए ।

यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, भारत, बेलारुस, इन्डोनेसियाका धावक सहभागी भएको रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए  ।

अध्यक्ष थापाका अनुसार, १०० माइलको रेसमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।

यसैगरी किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र ५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पाए ।

विजेतालाई नेपाल ट्रायथलन संघका कोषाध्यक्ष निरज श्रेष्ठले पुरस्कार प्रदान गरे ।



 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो