माघ ९, २०८२ शुक्रबार | ००:२७:५७
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

मञ्जुश्री ट्रेल रेसः आफ्नै रेकर्ड तोड्दै अर्जुन च्याम्पियन

काठाडौं ।  नेपालकै लामो ट्रेल रेस प्रतियोगिता मञ्जुश्री ट्रेल रेसको चौथो संस्करण शनिबार सम्पन्न भएको छ । प्रतियोगिताको सबैभन्दा लामो १०० माइलको रेसमा आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ राई च्यामिपयन बने ।

 अर्जुनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा रेस पूरा गरेको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवाश थापाले जानकारी दिए । अर्जुनले सन् २०२२ मा बनाएको ३१ घन्टा १० मिनेट ५७ सेकेन्डको रेकर्ड तोडेका हुन् ।

बेलायतका अलिस्टेयर मेस्सन २८ घण्टा २८ मिनेट ३५ सेकेन्डका साथ दोस्रो तथा विजय मगर ३३ घण्टा ५७ मिनेट ४० सेकेन्डको समय निकाल्दै तेस्रो स्थानमा रहे । 

१०० किलोमिटर रेस १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा पार गर्दै  मनकुमार रोका मगर विजेता बने । यसैगरी १६ घण्टा ४६ मिनेट ४८ सेकेन्डका साथ फुर्पासिंह तामाङ दोस्रो तथा १६ घण्टा ५४ मिनेट १७ सेकेन्डमा रेस पूरा गरेर अविनाश देवकोटा तेस्रो भए ।

५० किलोमिटर रेसमा पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ प्रिया राई च्याम्पियन बने ।  

हरिलालाले निर्धारित दूरी पार गर्न ७ घण्टा १७ मिनेट २५ सेकेन्ड खर्चिए । निम्साङ लिम्बु ८ घण्टा २२ मिनेट ५ सेकेन्डका दोस्रो तथा दिपेश तामाङ ८ घण्टा ४ मिनेट ३६ सेकेन्डको समय निकाल्दै तेस्रो स्थानमा रहे ।

प्रियाले निर्धारित दूरी पार गर्न ९ घण्टा १३ मिनेट ६ सेकेन्ड लगाइन् । रसिला तामाङ ९ घण्टा १३ मिनेट ६ सेकेन्डका साथ दोस्रो तथा छोकी शेर्पा ९ घण्टा १६ मिनेट ४५ सेकेन्डको समय निकाल्दै तेस्रो स्थानमा रहे । 

यस संस्करणमा १०० माइल, १०० किमि र ५० किमिका खेलको पाँचौँ स्थान भित्र आउने खेलाडी स्वतः एसिया ट्रेल मास्टर्समा क्वालिफाइ भएको समेत अध्यक्ष थापाले जानकारी दिए ।  उनका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल रेसमा प्रतिष्पर्धा गर्नेछन् ।

३० किलोमिटर रेस ४ घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै उबिन मल्ल विजेता बने । ४ घण्टा ५७ मिनेट २९सेकेन्डमा रेस पूरा गरेर लुकास सेर्डन दोस्रो तथा बन्दा ४ घण्टा ५७ मिनेट ४५ सेकेन्डका साथ  एण्ड्रियु एलकक तेस्रो भए ।

यसै स्पर्धाको महिलातर्फ अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले ६ घन्टा ४५ मिनेट २१ सेकेण्डमा रेस पूरा गर्दै विजेता बनिन् ।  

बेलायतकी जेन्नी चाप्लिनले ७ घन्टा १९ मिनेट ४८ सेकेन्डका साथ दोस्रो तथा अमेरिकाकी एरिका मिक्सले ७ घण्टा २० मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो बने । 

१० किलोमिटर रेस १ घण्टा २ मिनेट ५ सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम भए । १ घण्टा २ मिनेट ६ सेकेन्डको समय निकालेको रेम बुढा मगर दोस्रो तथा १ घण्टा २ मिनेट ८ सेकेन्डका साथ प्रविन लिम्बु तेस्रो भए। 

अध्यक्ष थापाका अनुसार रेसलाई थप समावेशी बनाउन शनिबार २ किलोमिटरको विशेष रेस समेत सम्पन्न गरिएको छ । जसमा भिन्न रुपले सबल बालबालिकाको रेस भएको थियो ।

५० किलोमिटरमा महिलातर्फका विजेता
 

नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सम्पन्न गरिएको सो रेसमा १३ बालबालिका सहभागी थिए । जसमा सत्यम थापा विजेता बन्दा रुकुस मैनाली उपविजेता र सिर्जना राई तेस्रो बने ।

शुक्रबार बिहान ८ बजे इचंगुनारायण स्थित सिंगल ट्रीस्थित हिमालय क्वीन बी रिसोर्टबाट १०० माइलको रेस सुरु भएको थियो ।

१०० किलोमिटरको रेस झुले, ५० किलोमिटरको रेस बडिखेल र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस फर्पिङको डोल्लुबाट सुरु भएको थियो ।

ट्रेलमाण्डुको यो रेस ५ स्टेज रेसको फाइनल रेस हो । शनिबार बिहान कालुपाँडे डाँडाबाट सुरु भएर सिंगल ट्रीमै सकिएको १० किमिको रेसमा १०० जना धावक सहभागी भएको अध्यक्ष थापाले जानकारी दिए ।

प्रतियोगितामा नेपाल सहित १६ मुलुकका ३२४ धावकहरू सहभागी थिए । जसमा ४० विदेशीसहहित २८९ जना र ३५ पुरुष धावक थिए। १०० माइलको दौडमा भने चार महिलासहित १८ धावक सहभागी भए ।

यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, भारत, बेलारुस, इन्डोनेसियाका धावक सहभागी भएको रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए  ।

अध्यक्ष थापाका अनुसार, १०० माइलको रेसमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ६० हजार, ४० हजार र २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाए ।

यसैगरी किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र ५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम,द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र पाए ।

विजेतालाई नेपाल ट्रायथलन संघका कोषाध्यक्ष निरज श्रेष्ठले पुरस्कार प्रदान गरे ।



 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate