कार्तिक २२, २०८२ शनिबार | १९:१७:५८
टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा ‘असक्षम नेतृत्व’ले फुटबल ध्वस्त, अब हामी कतिञ्जेल मौन रहने ? १३ नम्बरसँग हरि खड्काको संयोग एनपिएलमा ९ देशका २६ खेलाडी खेल्ने पक्का भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर

दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा

काठमाडौं । सेन्ट्ल मिडफिल्डर दीपेश गुरुङ पहिलो पटक राष्ट्रिय टोलीमा छनोट हुँदा अट्याकिङ मिडफिल्डर आदित्य शाक्यले पुनरागमन जनाएका छन् ।

शनिबार मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियासँगकोे एएफसी एसियन कप छनोटका लागि अन्तिम २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

आदित्य र दीपेशबाहेक खड्काले पुरानै अनुहारलाई निरन्तरता दिएका छन् । यी दुईको टोलीमा आगमनसँगै रक्षक विमल पाण्डे र अट्याकिङ मिडफिल्डर कृतिशरत्न छुन्जु बाहिरिएका छन् ।

गत सेप्टेम्बरमा घरेलु भूमिमा सम्पन्न बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आदित्य राष्ट्रिय टोलीमा थिए । तर, त्यसपछि एसियन कप छनोट अन्तर्गत भियतनामविरुद्धको दुबै लेगका लागि भने आदित्य निवर्तमान मुख्य प्रशिक्षक म्याथ्यु रसको अन्तिम टोलीमा अटाएका थिएनन् ।

उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका उदीयमान मिडफिल्डर दीपेशले गत सेप्टेम्बरमा मात्र ताजकिस्तानमा सम्पन्न यु–२३ एसियन कप छनोट प्रतियोगिता खेलेका थिए ।

तीन दिनको प्रारम्भिक खुला छनोटपछि खड्काको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले १२ खेलाडीलाई बाहिर राख्दै अन्तिम टोली तयार पारेको हो ।

नेपालले नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । त्यसको पाँच दिनपछि नेपालले छनोट प्रतियोगितामा मलेसियासँग खेल्नेछ ।
एसियन कपमा छनोट हुने समीकरणबाट बाहिरिसकेको नेपालले छनोट प्रतियोगितामा बाँकी दुई खेल खेल्न बाँकी छ । पछिल्ला चार खेलमा नेपालले सबैमा हार बेहोरेको थियो ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।