मंसिर २७, २०८२ शनिबार | ००:५४:१८
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी

काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगमा विजयी स्पोर्टस क्लब र चित्लाङ फुटबल क्लबले १–१ को बरबारी खेल्दै अंक बाँडेका छन् ।

शुक्रबार प्रतियोगिताको तेस्रो दिन समूह ‘ए’ अन्तर्गतको खेलमा विजयी स्पोर्टसले अग्रतालाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो ।

विजयी स्पोर्टसले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो । विजयी स्पोर्टसका लागि आरोन थापाले पेनाल्टीलाई सदुपयोग गरेका थिए । चित्लाङका लागि खेलको ७२औं मिनेटमा विज्ञान खड्काले बराबरी गोल फर्काए ।

प्रतियोगितामा विजयी स्पोर्टसका लगातार दोस्रो बराबरी हो । विजयी स्पोर्टसले यसअघि लालीगुँरास एसोसिएसन क्लबसँग गोलरहित बराबरी खेलेको थियो । चित्लाङले भने यसअघि देउराली युथ क्लबलाई ४-१ ले पराजित गरेको थियो ।

दिनको पहिलो खेलमा देउरालीले जन जागृति युथ क्लबमाथि ३-१ को पुनरागमन जित हासिल गरेको थियो ।

प्रतियोगिताको चौथो दिन शनिबार समूह ‘बी’का दुई खेल हुनेछन् । बिहान १२ः१५ बजे हुने पहिलो खेलमा काँक्रे बिहार युथ क्लबले नव जागृति क्लबसँग खेल्नेछ । दोस्रो खेलमा टाइगर्स टिमले हैरान्स क्लबको सामना गर्नेछ । यो खेल दिउँसो ३ः१५ बजे हुनेछ ।

प्रतियोगिताका सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन खेलपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइलनमा प्रवेश पाउने प्रावधान छ । दुबै टोलीबाट शीर्ष दुई टोली राष्ट्रिय लिगका लागि पनि छनोट हुनेछन् ।
 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II