कार्तिक २१, २०८२ शुक्रबार | १०:३२:५६
हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित

मिडजिल्यान्डको विजयी यात्रा जारी

काठमाडौं । एफसी मिडजिल्यान्डले युइएफए युरोपा लिगमा आफ्नो विजयी यात्रलाई लगातार चौथो खेलसम्म पनि कायम राखेको छ ।

मिडजिल्यान्डले बिहीबार सेल्टीकविरुद्ध ३-० को सहज जित निकाल्यो ।

जितसँगै चार खेलमा १२ अंक जोडेको मिडजिल्यान्ड शीर्ष स्थानमा छ । पराजित सेल्टीक समान खेलबाट चार अंकका साथ २७औं स्थानमा छ ।

एमसिएच एरिनामा घरेलु टोली मिडजिल्यान्डलाई जित दिलाउन मार्टिन एर्लिक, मिकेल गोगोर्जा र फ्रानकुलिनो जेउले गोल गरे । तीन गोल पहिलो हाफमा भएका थिए ।

खेलको ३३औं मिनेटमा एर्लिकको गोलमार्फत मिडजिल्यान्डले अग्रता लिएको थियो । दुई मिनेटपछि नै गोगार्जाले टोलीको अग्रता दोब्बर बनाए ।

जेउले ४१औं मिनेटमा गोल गर्दा मिडजिल्यान्डले पहिलो हाफमै ३-० को आरामदायी अग्रता बनायो । त्यसपछि खेलमा थप गोल निस्कन सकेन ।

बिहीबारै सम्पन्न अन्य खेलमा रोमाले रेन्जरर्स, आरबी साल्जबर्गले गो अहेड एन्जल्स र स्टुटगार्टले फेयनोर्डलाई समान २-०, फ्रेइबर्गले निसलाई ३-१, तथा सेल्टा भिगोले डिनामो जाग्रेबलाई ३-० ले हराए । 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?