काठमाडौं । नेपाल हङकङ सुपर सिक्सेसको पहिलो खेलमा अफगानिस्तानसँग १७ रनले पराजित भएको छ ।
शुक्रबार मिसन रोड ग्राउन्डमा अफगानिस्तानले प्रस्तुत गरेको ११३ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ६ ओभर नै ब्याटिङ गरे पनि दुई विकेट गुमाउँदै ९५ रन बनायो ।
नेपालका लागि सन्दीप जोरा १४ बलमा आठ छक्का र एक चौकासहित ५३ रन बनाएर रिटायर्ड हर्ट भए । यसैगरी मोहम्मद आदिल आलमले अविजित ११, राशिद खानले ११ र लोकेश बमले १० रन बनाए ।
अफगानिस्तानका लागि फरानुल्लाह सफी र इजाज अहमदजाईले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा पाँच विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको थियो ।
अफगानिस्तानका लागि करिम जन्नतले ३५, फरानुल्लाह सफीले अविजित ३०, कप्तान गुल्बदिन नइब २२ र सेदिकुल्लाह पचाले १३ रन बनाए ।
नेपालका लागि राशिद खानले ह्याट्रिकसहित चार विकेट लिए । उनले पाँचौं ओभरको सुरुआती तीन बलमा क्रमशः सेदिकुल्लाह पचा, अराफुदिन अशरफ र इजाज अहमदजाईलाई पभेलियनको बाटो देखाएका थिए ।
यसैगरी लोकेश बमको नाममा एक विकेट रह्याे ।
