मंसिर २७, २०८२ शनिबार | ००:०१:१९
एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत नुवाकोटमा ‘स्वाथ्यका लागि खेलकुद’ तालिम कार्यक्रम सम्पन्न सिन्धुपाल्चोक र नेपालगञ्ज स्पोर्टिङ सी डिभिजन लिगमा छनोट इन्ट्रा म्याड्रिस्टा फुटसलको तयारी पूरा महिला भलिबल प्रशिक्षण क्लिनिक सुरु एनपिएलः ब्राउन्ड्रीको हिसाब गरेर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने
शनिबारको दिन

भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’

काठमाडौं । विश्व क्रिकेटको एक मात्र महाशक्ति भारत रहेकोमा कुनै शंका छैन नै । त्यसपछि भारतले भर्खरै महिलाको एकदिवसीय विश्वकप क्रिकेट उपाधि जितेको छ । कुनै समय महिला विश्व क्रिकेट भन्नु नै अस्ट्रेलिया थियो, होइन भने इङ्ल्यान्ड । तर जसरी भारतले महिलाको विश्वकप जितेको छ, त्यसले देखाउँछ सम्भवतः अब यसमा पनि भारतको एकाधिकार सुरु हुन बेर छैन ।

तर भारतले महिलाको विश्वकप जितेकै यो पहिलो पटक हो । यो एउटा उपलब्धिका लागि भारतीय क्रिकेटले पर्खिरहेको पनि धेरै भइसक्यो । जति बेला यो उपलब्धि चुमेको छ, अब भारतीय महिला क्रिकेट आर्थिक रूपमा अझ बलियो हुनेछ, जसरी पुरुष क्रिकेट छ । यस्तो हो भने यो सबैको श्रेय कसलाई दिने त ? यस भागीदार अनेक होलान्, तर एउटा व्यक्तिलाई कुनै हालतमा बिर्सन सकिने छैन ।

उनी हुन्, अमोल मजुमदार । जसले सन् नब्बेको दशकतिर क्रिकेट हेरेको छ, तिनका लागि उनी निकै परिचित नाम हो । उनले भारतको घरेलु क्रिकेटमा लगातार तहल्का मच्चाइरहे । विशेषतः रणजी ट्रफीमा उनले जसरी एकपछि अर्को सिजन राम्रो खेले, सबैले एउटै अनुमान गरेका थिए, भारतीय क्रिकेटका लागि अर्को कोही ठूला खेलाडी हुनेछ भने ती यिनै मजुमदार हुनेछन् ।

भारतका लागि एकपल्ट खेल्ने लोभले मजुमदारले घरेलु क्रिकेटमा लगातार मिहिनेत गरिरहे । 

सायद उनी जत्तिको अभाग्यशाली खेलाडी हुने छैन । कतिसम्म भने उनको तुलना सचिन तेन्दुलकरसँग हुन्थ्यो । तेन्दुलकर जस्तै उनी पनि मुम्बईबाट खेल्थे । त्यो समयको मुम्बई क्रिकेट आफैमा निकै समृद्ध थियो । यो टिममा एकसेएक खेलाडी थियो । तेन्दुलकर त भइहाले, सँगै सञ्जय मञ्जरेकर, विनोद काम्बली, प्रवीण आम्रे, वासिम जाफर र अरू धेरै खेलाडी थिए ।

यिनै खेलाडीबीच पनि मजुमदारले खेलिरहे, टिममा परिरहे । तर उनी कहिल्यै भारतीय टिममा भने परेनन् । त्यसैले भन्ने गरिन्छ, महान भारतीय क्रिकेट खेलाडीको सूची बनाउने हो, जसले कहिल्यै भारतका लागि खेल्न पाएनन् भने त्यसमा सबैभन्दा अगाडि रहने छन्, मजुमदार । भारतका लागि कस्ता कस्ता खेलाडीले खेले, कति खेलाडी आए र गए । औसत खेलाडीसम्म पनि एकैपल्ट सही, भारतका लागि खेले, तर मजुमदारले कहिल्यै खेल्न पाएनन् ।

भारतका लागि एकपल्ट खेल्ने लोभले मजुमदारले घरेलु क्रिकेटमा लगातार मिहिनेत गरिरहे । उनले भारतको प्रथम श्रेणीको क्रिकेटमा ११ हजार १६७ रन बनाए । त्यसमा ३० शतक सामेल छ अनि ६० अर्धशतक । लिस्ट ‘ए’ को क्रिकेटमा पनि उनले ३ हजारभन्दा बढी रन बनाए । यो आँकडाले नै भन्छ, उनी कति राम्रा खेलाडी थिए भनेर । उनको जस्तो प्रदर्शन धेरै कम खेलाडीमा मात्र रहेको छ ।

अहिले भारतीय महिला क्रिकेटलाई मजुमदारले त्यस्तो सफलता दिलाएका छन्, जुन अहिलेसम्म कसैले पनि सकेनन् । 

खेल्न छाडे पछि उनी लगभग केही समयका लागि हराए । यसबीच आफूलाई विस्तारै प्रशिक्षकका रूपमा स्थापित गरे । अहिले उनी नै मुख्य प्रशिक्षक रहेको भारतीय महिला टिमले विश्वकप जितेको छ । के यो भगवान भनौं वा भाग्यले जुराइदिएको मीठो अवसर हो त ? सायद हो नै पनि । तर मजुमदार आफैं यस्तो केही पनि मान्दैनन् । उनी आफ्नो टिमले विश्वकप जितेर पनि चुपचाप छन् ।उनले यति भनेका छन्, ‘पुराना कुरा नकोट्यौं ।’ सायद उनी पुराना दिन सम्झन चाहँदैनन् र यही प्रश्नको फेरि सामना गर्न चाहँदैनन्, आखिरमा उनले किन भारतका लागि खेल्न पाएनन् त ? बरू भारतीय मिडियाले लेख्न थालेको छ, अहिले भारतीय महिला क्रिकेटलाई मजुमदारले त्यस्तो सफलता दिलाएका छन्, जुन अहिलेसम्म कसैले पनि सकेनन् । त्यसैले अन्तमा जित उनकै भएको छ ।