मंसिर २७, २०८२ शनिबार | ००:२४:०६
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो

काठमाडौं । तेस्रो केभिआर समिट च्यालेन्जको दोस्रो चरणमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसन पहिलो भएका छन् ।

शनिबार ट्रेलमान्डु नेपालको आयोजनामा भएको २१ किलोमिटरको रेसमा दुई घण्टा ३१ मिनेटको समय लगाउँदै विशालले उपाधि जितेका हुन् । नेपालकै वीरेन्द्र पाण्डे दोस्रो र युगल राई तेस्रो स्थानमा रहे । वीरेन्द्रले दुई घण्टा ४२ मिनेट तथा युगलले तीन घण्टा ३७ मिनेटमा दौड पूरा गरे ।

महिलातर्फ मारिजेले तीन घण्टा ३७ मिनेटको समय लगाउँदै दौड पूरा गरिन् । दोस्रो स्थान हासिल गरेकी स्कटल्यान्डकी जर्जिया टिन्डलेले चार घण्टा सात मिनेट ५० सकेन्ड र तेस्रो भएकी फिनल्यान्डकी सोन्या मृइतारीले चार घण्टा नौ मिनेट ५१ सेकेन्ड लगाए ।

कूल २१ किलोमिटरको दौड स्युचाटारबाट सुरु भएर गुरजे भञ्ज्याङ, शिवरी पिक, डाँडा गाउँ, गुरजे भञ्ज्याङ हुँदै सुर्यचौरमा आएर सम्पन्न भएको थियो ।
ट्रेल रनिङमा नयाँ सहभागीहरुका लागि र विस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि सात किलोमिटरको फन रन–हाइक पनि राखिएको थियो । सो दौड सुर्यचौरमा सुरु भएर गुरुङ गाउँ, गुरजे भञ्ज्याङ हुँदै सुर्यचौरमै आएर सकिएको थियो ।

फन रन–हाइकमा पुरुषतर्फ ह्याभियर गोन्जालेज मोटा एक घण्टा १० मिनेटसहित पाहिलो हुँदा लबिन गुरुङ एक घण्टा ११ मिनेट र समीर कार्की एक घण्टा १२ मिनेटसहित क्रमशः दोस्रो र तेस्रो भए ।

महिला वर्गमा अनिमा शेर्पा एक घण्टा २८ मिनेटसहित पहिलो हुँदा फ्रोलियोर माउन्टजोय एक घण्टा ३० मिनेट र आमानडाइन फेमी एक घण्टा ३४ मिनेटसहित क्रमशः दोस्रो र तेस्रो भए ।

केभीआर समिट च्यालेन्जको दोस्रो चरणमा स्वदेशी र १० देशका विदेशी गरि २१ किलोमिटरतर्फ ११२ र सात किलोमिटरमा ३० धावक–धाविकाले सहभागिता जनाएका थिए ।

केभीआर समिट च्यालेन्जमा पाँच चरण हुनेछ । अब रेस ३ डिसेम्बर ८, रेस ४ अर्को वर्षको जनवरी १० र रेस ५ फ्रेब्रुअरी १ मा आयोजना हुनेछ ।
केभीरआर समिट च्यालेन्समा पाँच चरण हुनेछ । अब रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६ को जनवरी १० र रेस ५ फेबु्रअरी १ मा आयोजना हुनेछ ।

'स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं' नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गर्दैछ ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको नेपाल स्पोर्ट्स साइन्स एकेडेमीका उपनिर्देशक राजेन्द्र तुलाधर र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।
 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II