पुस ८, २०८२ बुधबार | ०५:१६:१५
एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित अफ्रिका कप अफ नेशन्समा कंगोको विजयी सुरुआत थन्डरबोल्ट्स कप टेनिसमा जेम्सको वर्चस्व म नेपाली महिला क्रिकेटको जुनून देखेर आएको हुँः पाठक एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित दुई पदक कास्य पदक विजेता रेनुलाई राखेपको बधाई प्रज्वल चित्लाङ एफसीको मुख्य प्रशिक्षक टाइगर कपमा हेल्प नेपाल नखेल्ने एन्फा यु-१६ युथ लिगः फ्रेन्ड्सले मनाङलाई हरायो, पुलिस र एपिएफको जित अफ्रिका कप अफ नेशन्समा कंगोको विजयी सुरुआत थन्डरबोल्ट्स कप टेनिसमा जेम्सको वर्चस्व म नेपाली महिला क्रिकेटको जुनून देखेर आएको हुँः पाठक एनभिए खेल्ने खिल्जीको टिम घोषणा समीर सातदोबाटोमा आवद्ध एसियन च्याम्पियनसिपमा नेपाललाई स्वर्णसहित दुई पदक कास्य पदक विजेता रेनुलाई राखेपको बधाई प्रज्वल चित्लाङ एफसीको मुख्य प्रशिक्षक टाइगर कपमा हेल्प नेपाल नखेल्ने
शनिबारको दिन

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली क्रिकेट संकटतिर

काठमाडौं । नेपालले जितविहीन हुँदै आइसिसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखला अन्त्य गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न शृंखलामा नेपालले अमेरिका र घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग समान दुई खेल गुमायो । नेपालले अमेरिकासँग १०६ रन र ४ विकेट तथा युएईसँग ५ र ४ विकेटको हार बेहोरेको थियो ।

यो शृंखलामा नेपालको ब्याटिङ र बलिङ दुवैमा कमजोर देखियो । नेपालका लागि रोहितकुमार पौडेलले एक शतक र दीपेन्द्रसिंह ऐरीले एक अर्धशतक प्रहार गर्नुबाहेक अन्य ब्याटरको उल्लेखनीय प्रदर्शन रहन सकेन ।

नेपाली कप्तान रोहित पौडेल पनि शृंखलामा टोलीले राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार्छन्  ।

यसपालि पनि नेपाली ओपनिङ जोडी ‘फ्लप’ नै रह्यो । नेपालले कुनै पनि खेलमा पहिलो विकेटका लागि गतिलो साझेदारी गर्न सकेन ।

नेपालले ४ खेलमा नेपालले एक पटक पनि विपक्षीलाई अलआउट गर्न सकेन । समयमै साझेदारी तोड्न नसक्नु बलिङमा नेपालको सबैभन्दा कमजोरी रह्यो ।

आइसिसी विश्वकप लिग-२ मा युएईविरुद्ध ब्याटिङ गर्दै रोहितकुमार पौडेल, तस्विरः क्यान । 

युएईविरुद्धको दोस्रो खेलमा चौथो विकेटका लागि मोहम्मद वासिम र मोहम्मद शेहदादले १४७ रनको साझेदारी गरेका थिए । यस्तै अमेरिकाविरुद्धको दोस्रो खेलमा चौथो विकेटका लागि मिलिन्द कुमार र साइतेजा मक्कामल्लाले १ सय २३ रनको साझेदारी गरेका थिए ।

नेपाली कप्तान रोहित पौडेल पनि शृंखलामा टोलीले राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार्छन् । ‘यो शृंखलामा हामीले राम्रो प्रदर्शन गर्न सकेनौं । ब्याटिङ र बलिङ दुवैमा कमजोरी देखिएको छ । राम्रो पार्टनरसिप हुन सकेन । हामी ९०-१ को बलियो स्थितिमा थियौं तर १० रन जोड्दा थप तीन विकेट गुमायौ । बलिङमा पनि सही समयमा विपक्षीको पार्टनरसिप तोड्न नसक्दा हार बेहोर्न पुग्यौं । स-साना गल्तीले गर्दा हामी यो शृंखलामा जितविहीन बन्न पुग्यो,’ रोहितले युएईसँगको दोस्रो खेलपछि भनेका थिए ।

नेपालले अब चार शृंखलामा १६ खेल खेल्न बाँकी छ । त्यसमा समान दुई शृंखला घरेलु र विदेशी मैदानमा हुनेछ ।

रोहित आगामी शृंखलामा गल्तीहरू सुधार्दै उत्कृष्ट प्रदर्शन गर्ने बताउँछन् । ‘नेपाल फर्किएपछि हामी यो शृंखलाबारे छलफल गर्नेछौं । यहाँ भएका गल्तीलाई सुघार्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रयास हुनेछ । हामी राम्रो योजनाका साथ बलियो भएर फर्किन्छौं । एकदिवसीय मान्यता जोगाउनु नै अबको मुख्य उद्देश्य हुनेछ,’ रोहितले भनेका थिए ।

आइसिसी विश्वकप लिग -२ मा नेपालको प्रदर्शन

सन् २०२६ सम्म हुने आइसिसी विश्वकप लिग-२ मा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल २० खेलमा १२ अंकसहित सातौं स्थानमा छ । नेपालभन्दा पछाडि युएई (१० अंक) मात्र छ । शृंखलाको शीर्षस्थानमा अमेरिका (३६) छ । स्कटल्यान्ड (३०), नेदरल्यान्ड्स (२८), ओमान (२४), क्यानडा (२१) र नामिबिया (१९) क्रमशः दोस्रोदेखि छैटौं स्थानमा छन् ।

लिग २ बाट शीर्ष चार टोलीले सिधै सन् २०२७ को आइसिसी एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाउने छन् । पुछारका चार टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्नेछ ।

आइसिसी विश्वकप लिग-२ मा अमेरिकाविरुद्ध ब्याटिङ गर्दै दीपेन्द्रसिंह ऐरी, तस्विरः क्यान । 

नेपालले अब चार शृंखलामा १६ खेल खेल्न बाँकी छ । त्यसमा समान दुई शृंखला घरेलु र विदेशी मैदानमा हुनेछ ।

नेपालले आगामी मार्चमा घरेलु मैदानमै ओमन र युएईसँग शृंखला खेल्नेछ । अगस्टमा घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।

शीर्ष चारमा रहेर सिधै विश्वकप खेल्नु नेपालका लागि कठिन देखिन्छ । अब टोलीको सम्पूर्ण ध्यान एकदिवसीय मान्यता जोगाउनुमै हुनुपर्छ ।

यता अक्टोबरमा नेपालको भेट घरेलु टोली ओमान र क्यानडासँग हुनेछ । नेपालले प्रतियोगिताको अन्तिम शृंखला आगामी नोभेम्बरमा स्कटल्यान्ड र अमेरिकासँग घरेलु मैदानमा हुनेछ ।

संकटमा परेको नेपालको अबको एकदिवसीय अन्तर्राष्ट्रिय यात्रा सहज भने छैन । नेपालले बाँकी खेलमा आफूभन्दा माथि रहेका (युएईबाहेक) टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । त्यसमाथि दुई शृंखला नेदरल्यान्ड्स र ओमानमा छ । यहाँका मैदान नेपालका लागि त्यति सहज मानिदैन ।

घरेलु मैदानमा पनि नेपालले स्कटल्यान्ड र अमेरिकाजस्ता बलिया टोलीको सामना गर्नुपर्नेछ । यस्तो अवस्थामा शीर्ष चारमा रहेर सिधै विश्वकप खेल्नु नेपालका लागि कठिन देखिन्छ । अब टोलीको सम्पूर्ण ध्यान एकदिवसीय मान्यता जोगाउनुमै हुनुपर्छ ।

एकदिवसीय मान्यता गुमाउँदाको असर

यदि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गुमायो भने खेलाडीले खेल्न अवसर कम पाउनुका साथै आइसिसी र एसिसीबाट प्राप्त हुने बजेटमा पनि कमी आउँछ ।

नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएपछि नै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाली क्रिकेटमा निकै परिवर्तन देखिएको थियो । क्यानले आइसिसीबाट पाउने बजेटमा वृद्धि भएको छ । यसले क्रिकेटको विकासमा सहयोग पुगेको छ ।

अहिले नेपाली खेलाडीले आइसिसी विश्वकप लिग २ मा मात्रै दुई वर्षमा ३६ खेल खेल्न अवसर पाएका छन् । यदि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गुमेको खण्डमा खेलाडीले खेल्ने मौका कम पाउनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ मा आइसिसीबाट ९ करोड ३२ लाख ९० हजार रुपैयाँ प्राप्त गरेको छ । यो वर्ष क्यानले एसिसीबाट ३ करोड ९६ लाख रुपौयाँ प्राप्त गरेको छ । समग्रमा भन्नुपर्दा एकदिवसीय मान्यता गुमाएको खण्डमा नेपाली क्रिकेटको विकासमा असर गर्न सक्छ ।