काठमाडौं । रक्षक मथाइस डि लाइटले इन्जुरी समयमा गोल गरेपछि इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले हार टारेको छ ।
शनिबार लन्डन हटस्पर्श रंगशालामा सम्पन्न ११औं चरणको खेलमा टोटेनहम हटस्पर्शले युनाइटेडसँग २–२ को बराबरी खेल्यो ।
युनाइटेडले अट्याकिङ मिडफिल्डर ब्रायन एमबुएमोको गोलमार्फत खेलको ३२औं मिनेटमा अग्रता लिएको थियो । ८४औं मिनेटमा विंगर म्याथिस टेलले टोटेनहमका लागि बराबरी गोल फर्काए ।
इन्जुरी समयमा स्ट्राइकर रिचार्लिसनले टोटेनहमलाई अग्रतामा ल्याए । पछि डि लाइटको गोलमा युनाइटेड हारबाट जोगियो ।
यो नतिजासँगै युनाइटेडले अपराजित यात्रालाई कायम राखेको छ । तर, युनाइटेडले तेस्रो स्थानमा उक्लिने अवसर भने गुमायो । पछिल्ला पाँच खेलमा अपराजित युनाइटेडको यो लगातार दोस्रो बराबरी हो । यसअघि युनाइटेडले नटिङघम फोरेस्टसँग पनि २–२ को बराबरी खेलेको थियो । हाल युनाइटेड १८ अंक जोड्दै सातौं स्थानमा छ ।
समान अंकका साथ टोटेनहम चौथो स्थानमा छ ।
