यसपालि वाफ च्याम्पियनसिपमा दाबेदार, यस्तो छ नेपालको १० फाइनल हार

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोली यति बेला वेस्ट एसियन फुटबल महासंघ (वाफ)ले आयोजना गरेको वाफ महिला च्याम्पियनसिप खेलिरहेको छ ।

आठौं पटक आयोजित प्रतियोगितामा नेपाल पहिलो पटक सहभागी भएको हो । वाफ क्षेत्रमा महिला फुटबल निकै कमजोर छ । त्यस क्षेत्रका महिलाप्रति राज्यको हेर्ने दृष्टिले पनि महिला फुटबल बलियो हुन नसकेको हो ।

यस्तोमा दक्षिण एसियाली फुटबलमा बलियो रहेको नेपाललाई प्रतियोगिताको दाबेदार मानिएको छ । नेपाल लगातार दुई खेल जित्दै एक खेलअघि नै सेमिफाइनलमै प्रवेश गरिसकेको छ । दुई खेलमा नौ गोल गर्दा जम्मा एक गोल बेहोरेको छ ।

युरोपमा खेलिरहेकी सावित्रा भण्डारी र भारतको स्तरीय लिग खेलिरहेका ६ खेलाडीको साथ पाएर नेपाली महिला टोली हौसिएको छ । सावित्राले इरानविरुद्ध पाँच गोल गर्दै ५० गोल पूरा गर्ने कीर्तिमान बनाएकी छन् । 

जोर्डनले पाँच पटक उपाधि जितेको छ । दुई पटकको च्याम्पियन युएईले खेलेको छैन । नेपालसहित आमन्त्रित टोलीमा ग्वाम रहेको छ । यसपालि लेवनान, प्यालेस्टाइन, इराक, सिरिया र आयोजक साउदी अरेबिया अन्य प्रतिस्पर्धी हुन् ।

युरोपमा खेलिरहेकी सावित्रा भण्डारी र भारतको स्तरीय लिग खेलिरहेका ६ खेलाडीको साथ पाएर नेपाली महिला टोली हौसिएको छ । सावित्राले इरानविरुद्ध पाँच गोल गर्दै ५० गोल पूरा गर्ने कीर्तिमान बनाएकी छन् । कुनै पनि नेपाली फुटबलरले अन्तर्राष्ट्रिय खेलमा ५० गोल पूरा गरेको पहिलो पटक हो । राजेन्द्र तामाङको प्रशिक्षण तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाल उपाधि जित्ने योजनामा छ ।

तर, नेपाली महिला फुटबलको ३८ वर्षको अन्तर्राष्ट्रिय यात्रामा १० फाइनल खेल्दा महिला टोली सधैं अभागी साबित हुँदै आएको छ । नेपाल सातपल्ट छिमेकी भारत (पाँच साफ च्याम्पियनसिप, दुई साग खेलकुद), बंगलादेश, म्यानमार र उज्वेकिस्तानसँग समान एक पटक फाइनलमा पुगेर उपाधिबाट वञ्चित भएको इतिहास छ ।

नेपाली महिला टोलीले सन् १९८६ मा पहिलो पटक आधिकारिक प्रतियोगिता खेलेको थियो । लामो समयको विश्रामपछि सन् २०१० मा मात्रै अर्को प्रतियोगिता खेल्यो । यसपछि भने महिला फुटबलले निरन्तर अन्तर्राष्ट्रिय खेल खेलिरहेको छ । यस वर्ष नेपालले दुई ठुला प्रतियोगिता खेल्यो । यसपछि मात्रै महिला फुटबल टोलीले लगातार प्रतियोगिता खेल्न थालेको हो ।

सन् २०१० मा भएको दक्षिण एसियाली खेलकुद (साग) को दसौं संस्करणबाट महिला फुटबलले पनि स्थान पायो ।

बंगलादेशको ढाकामा सन् २०१० मा पहिलो पटक साफ महिला च्याम्पियनसिप आयोजना भयो । १२ देखि २४ डिसेम्बरसम्म भएको प्रतियोगितामा आठ टोली प्रतिस्पर्धी थिए । समूह ‘बी’ मा तीन खेलमा ३१ गोल गरेको नेपाल समूह विजेता बन्दै सेमिफाइलनमा पुगेको थियो । बंगलादेशलाई ३-० ले हराउँदै पहिलो अवसरमै फाइनलमा स्थान बनाएको नेपाल उपाधि भिडन्तमा भने १-० ले पराजित भयो ।

सन् २०१० मा भएको दक्षिण एसियाली खेलकुद (साग) को दसौं संस्करणबाट महिला फुटबलले पनि स्थान पायो । राउन्ड रोबिन पद्धतिमा आयोजना भएको प्रतियोगितामा पाँच टोली सहभागी हुँदा नेपाल समूहमा दोस्रो भएर फाइनलमा पुग्यो । लिग चरणमा भारतसँग ५-० ले पराजित नेपाल फाइनलमा पनि भारतसँगै ३-१ ले हार बेहोर्न बाध्य भएको थियो ।

सन् २०१२ श्रीलंकामा सेप्टेम्बर ७ देखि १६ सम्म भएको साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी थियो । १५ खेल हुँदा ७५ गोल भएको थियो । समूह ‘बी’मा नेपालले पाकिस्तान र अफगानिस्तानलाई समान ८-० र माल्दिभ्सलाई ५-० ले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।

सेमिफाइनलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । लगातार दोस्रो पटक फाइनलमा पुगेको नेपाल पुनः भारतसँग ३-१ ले पराजित भएर उपाधि जित्न वञ्चित भयो  । नेपालबाट जमुना गुरुङले सर्वाधिक आठ गोल गरेकी थिइन् ।

साफ च्याम्पियनसिपको तेस्रो संस्करण पाकिस्तान आयोजना थियो । सन् २०१४ को ११ देखि २१ सेप्टेम्बरसम्म भएको प्रतियोगिता दक्षिण एसियाका आठै टोली सहभागी थिए । फाइनलमा पुनः नेपाल र भारत नै प्रतिद्वन्द्वी थिए । १५ खेलमा ७४ गोल भएको थियो ।

समूह ‘बी’ मा नेपालसहित आयोजक पाकिस्तान, श्रीलंका र भुटान थिए । नेपालले तीन खेलमा १३ गोल गर्दा कुनै गोल सामना गरेको थिएन ।

सन् २०१९ मा महिला फुटबल टोलीले चार प्रतियोगिता खेल्यो । पहिलो पटक साफ क्षेत्रबाट माथि उठेर किर्गिस्तान पुगेर नादेझ्दा कप खेलेको हो । साग, साफ च्याम्पियनसिप र भारतमा आयोजित हिरो गोल्डकप पनि खेल्यो ।

सेमिफाइनलमा बलियो बन्दै गरेको बंगलादेशलाई १-० ले हराएको थियो । तेस्रो पटक फाइनलमा खेलेको नेपाल फेरि भारतसँग ६-० ले स्तब्ध हुन पुग्यो । भारतकी बालादेवीले नेपालविरुद्ध ह्याट्रिक गरेकी थिइन् ।

सन् २०१६ मा महिला टोलीले दुई ठूला प्रतियोगिता खेल्यो । साफ च्याम्पियनसिपको चौथो संस्करण र साग गेम्स भारतमा आयोजना भयो । साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेन । साग गेम्समा भने दोस्रो पटक पनि उपविजेता भयो ।

सात टोली सहभागी साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरियो । भारतसँग ३-१ ले पराजित भएपछि नेपालको यात्रा चौथो संस्करणमा अन्तिम चारभन्दा अघि जान सकेन । यसै प्रतियोगितामा डेब्यु गरेकी स्ट्राइकर सावित्रा भण्डारीले सर्वाधिक १२ गोल गरेकी थिइन् ।

१२औं सागमा पाँच टोली सहभागी हुँदा राउन्ड रोबिन पद्धतिमा आयोजना भयो  । नेपाल विजेता र भारत उपविजेता हुँदै फाइलनमा पुगेका थिए । लिग चरणमा गोलरहित बराबरी खेलेको नेपाल फाइनलमा भने भारतसँग ४-० ले पराजित भयो । सागमा सावित्रा, अनु लामा र निरु थापाले समान दुई गोल गरेका थिए ।

सन् २०१९ मा महिला फुटबल टोलीले चार प्रतियोगिता खेल्यो । पहिलो पटक साफ क्षेत्रबाट माथि उठेर किर्गिस्तान पुगेर नादेझ्दा कप खेलेको हो । साग, साफ च्याम्पियनसिप र भारतमा आयोजित हिरो गोल्डकप पनि खेल्यो ।

सधैं साफ च्याम्पियनसिप र साग गेम्समा तगारो बन्ने भारत सन् २०२२ काठमाडौंमा आयोजना भएको साफ च्याम्पियनसिपमा भने नेपालसँग पराजित भयो । 

हरि खड्काको प्रशिक्षणमा रहेको नेपाली महिला टोली चारै प्रतियोगितामा उपविजेतामा सीमित हुन पुग्यो । साग र साफ च्याम्पियनसिपको फाइनलमा नेपाल उही भारतमा चुकेको थियो । नेपाली टोली नादेझ्दा कपमा उज्वेकिस्तान र हिरो कपमा म्यानमारसँग पराजित भएको थियो । पहिलो पटक नेपालले घरेलु टोली भारतलाई हराउन पनि सफल भयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक विराटनगरमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गरेको गरेको थियो । ६ टोली सहभागी प्रतियोगितामा नेपाल फाइनलमै स्तब्ध भयो । सेमिफाइलनमा श्रीलंकालाई ४-० ले हराएको नेपाल फाइनलमा भारतसँग ३-१ ले पराजित भयो । नेपालकी सावित्रा र भारतकी इन्दुमथी काथिरेसनले समान चार गोल गरेका थिए ।

१३ औं साग गेम्सको महिला फुटबल भने पोखरामा भएको थियो । नेपाल, भारत, माल्दिभ्स र श्रीलंका सहभागी प्रतियोगिताको शीर्ष दुईमा रहँदै नेपाल र भारत फाइनलमा पुगेका थिए । लिग चरणमा १–० ले हारेको नेपाल स्वर्ण पदकको प्रतिस्पर्धामा २-० ले पराजित भयो ।

सधैं साफ च्याम्पियनसिप र साग गेम्समा तगारो बन्ने भारत सन् २०२२ काठमाडौंमा आयोजना भएको साफ च्याम्पियनसिपमा भने नेपालसँग पराजित भयो । सेमिफाइलनमा पराजित भारतको इतिहासमै कमजोर प्रदर्शन थियो ।

दशरथ रंगशालामा रश्मिकुमारी घिसिङले गोल गर्दा नेपाल १-० ले विजयी भएको थियो । तर, फाइनलमा बंगलादेशसँग ३-१ ले पराजित हुँदा नेपाली महिला टोलीको दसौं पटकको फाइनल यात्रा उपविजेतामै टुंगिएको थियो ।